नेभिगेशन
समाज

ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

काठमाडौँ । ठगी तथा आपराधिक विश्वासघातको कसुरमा नेपाल ट्रष्टको कार्यालय, दरबारमार्ग, काठमाडौँमा सहसचिव पदमा कार्यरत (हाल अवकाशप्राप्त) कर्मचारी चितवनको भरतपुर महानगरपालिका–१५ बस्ने ६६ वर्षका लेखबहादुर कार्की पक्राउ परेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

Marvel
Extreme Energy

उनका अनुसार उनको संलग्नतामा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिको बीचमा लिजमा दिने÷लिने करार सम्झौता हुँदा सूचनामा उल्लेख भएको कित्ता नं ४६०६ को जग्गाभन्दा बढी अर्को कित्ता नं. ४६०५ समेत थपगरी लिजमा दिने÷लिने सम्बन्धमा सञ्चालक समितिको निर्णय र आधारविना बद्नियतपूर्वक नेपाल ट्रष्टका नाममा रहेको जग्गा बोट मोडलका लागि निर्माण अवधि तीन वर्षसमेत तोकी ३० वर्षका लागि लिजमा दिने÷लिने सम्झौता गरेको पाइएको हो । 

विसं २०७४ जेठ १४ गते नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानिनोक्सानी हुनेगरी उक्त करार सम्झौता भएको पाइएको उनले बताए। 

सिआइबीले आज सार्वजनिक गरेको विवरणमा भनिएको छ, “नेपाल ट्रष्टको जग्गा लिजमा लिने लाभग्राहीले सहयोग गर्ने अधिकारी सम्बद्ध रहेको विभिन्न ओहोदा र पदमा रहेका व्यक्तिहरुले गैरकानुनी तवरले लाभ लिइ ठगी, आपराधिक विश्वासघात गरेको, उल्लेखित कार्यबाट नेपाल ट्रष्टमार्फत नेपाल राष्ट्रलाई नै ठूलो हानिनोक्सानी पु¥याइ विभिन्न पद तथा ओहोदामा रहेका व्यक्ति, सरकारी कर्मचारी तथा अन्य व्यक्ति, सहयोगी तथा मतियार समेतले लाभ लिएको पाइएको छ ।” 

एसएसपी श्रेष्ठले सोही कसुरमा उनलाई पक्राउ गरी ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पक्राउ गरी उनीमाथि अनुसन्धान थालिएको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विभिन्न दलका नेता तथा युवासहित १२ जना रास्वपामा प्रवेश

विभिन्न दलका नेता तथा युवासहित १२ जना रास्वपामा प्रवेश

विभिन्न राजनीतिक दलका नेता, व्यवसायी तथा युवासहित १२ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
गौतम बुद्ध क्रिकेट रङ्गशालामा अर्काे वर्ष होला एनपिएल ?

गौतम बुद्ध क्रिकेट रङ्गशालामा अर्काे वर्ष होला एनपिएल ?

एनपिएलको तेस्रो संस्करण सकिएका दिन प्रधानमन्त्री वालेन्द्र शाहले आठ वटा क्रिकेट क्लबलाई ‘होम एण्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरिसकेका छन् । यससँगै मङ्गलबार पूर्वाधार विकासमन्त्री सुनिल...
गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगलाई गर्‍यो अद्यावधिक

गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगलाई गर्‍यो अद्यावधिक

निर्वाचन आयोगले नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पुनः आधिकारिक मान्यता दिएको छ।