नेभिगेशन
समाज

गृहमन्त्री अर्याल भन्छन्ः सुशासनको पक्षमा शुद्ध चित्तले काम हुँदैछ, धैर्य गर्नु

‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो। कतिपय विषयमा के गर्दैछौं त भन्नै मिल्दैन'

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार सुशासनको बाटोमा हिडेकाले धैय गर्न आग्रह गरेका छन् । जेनजी समुहरुबाटै गृहमन्त्रीमाथि प्रश्न उठ्न थालेपछि गृहमन्त्री अर्यालले फेसबुकमा प्रतिक्रिया दिएका हुन् । 
उनले पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत् निकाससम्म डोर्‍याउने यस सरकारको अभिभारालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले लेखेका छन्,‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो। कतिपय विषयमा के गर्दैछौं त भन्नै मिल्दैन, के गर्‍यौं समेत भन्न नमिल्ने अवस्था हुन्छ,’। 
साथै उनले आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक सरकारसँग अरू विकल्प नभएको उल्लेख गर्दै भनेका छन्,‘कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ। पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत निकाससम्म डोर्‍याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौं,’ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कृष्ण जन्माष्टमीमा हिराशोभालाई मिलेको थामिनसक्नुको खुसी

कृष्ण जन्माष्टमीमा हिराशोभालाई मिलेको थामिनसक्नुको खुसी

आज कृष्ण जन्माष्टमी पर्व । मध्यरात भगवान् कृष्ण जन्मने भन्दै व्रतालु पानीसमेत नखाइ व्रत गर्छन् । उपासना गर्छन् । अनुष्ठानसमेत गर्छन् । भगवानभक्त हिराशोभा महर्जन पनि आज कृष्ण...
भोटेकोशी बाढी : मृतकको संख्या १,२९५ पुग्यो

भोटेकोशी बाढी : मृतकको संख्या १,२९५ पुग्यो

आज दिउँसो २ बजेसम्म १,२९५ शव संकलन भएको प्रहरीले जनाएको छ ।
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।
भोटेकोशी बाढीपीडितलाई पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न बन्यो समिति

भोटेकोशी बाढीपीडितलाई पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न बन्यो समिति

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति...