नेभिगेशन
समाज

डा.तोसिमाले रास्वपाको विस्तारित बैठकमा पेस गरेको रिफर्मेसनको मार्गचित्रमा के छ ?

चीतवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य डा तोसिमा कार्कीले विस्तारित बैठकमा चार बुँदे मार्गचित्र पेश गरेकी छन्। जेनजी आन्दोलनपछि अवस्था पहिलेको जस्तो नरहने उल्लेख गर्दै उनले उनले पार्टी पुनःगठनको मागसहित चार बुँदे रोडम्याप पेस गरेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले केन्द्रीय समिति तथा सचिवालय भंगको माग गर्दै मंसिरमै पार्टीको महाधिवेशन गर्न समेत माग गरेकी छिन् । यस्तो छ हुने बैठकमा पेस गरेको रिफर्मेसनको मार्गचित्रः

CG

"श्री केन्द्रीय समितिको विस्तारित बैठकमा पेश गरेको

रिफर्मेसन मार्गचित्र

------------------

पृष्ठभूमि

उपस्थित सम्पूर्ण सहभागि घण्टीमित्रहरु,

मिति २०८२।०६।०२ मा मैले पार्टीको केन्द्रीय कार्यालयमा एउटा पत्र दर्ता गराई पार्टी रिफर्मेसनका लागि औपचारिक तवरले नै माग अगाडि सारेको सर्वविदितै छ । वर्तमान संवेदनशील परिस्थितिमा नेपाली जनताले आशा र भरोसापूर्वक हाम्रो पार्टीलाई हेरिरहेका हुनाले अग्रगामी निकासका लागि आफ्नो धारणा निम्नानुसार बुँदागत रूपमा पेश गरिएको थियो:

(१) सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा उभिएको जेनजी क्रान्तिमा तत्कालीन सरकारले नृशंस दमन गरी कम्तीमा ७६ जनाको ज्यान लिईएको, २३०० बढी घाइते भएको र देशभरि विभिन्न तत्वको घुसपैठका कारणले भएको तोडफोड, आगजनी तथा लुटपाटका कारणले देशले भोग्नु परेको अकल्पनीय क्षतिका कारणले नेपाल आज ठूलो संकट र संक्रमणको दोसाँधमा उभिएको छ । यस्तो अवस्थामा देशका कुनै पनि जिम्मेवार सामाजिक र राजनैतिक संरचनाहरु यथास्थितिवादमा रुमलिरहनुहुँदैन सबैले आफ्नो कार्यशैली, संरचना र विचारमा समिक्षा र पुनरावलोकन सहित स्पष्ट सुधार गर्न आवश्यक छ।हामीले जेनजी लगायत सबै उमेर समूह, सबै जातजाति, सबै भाषाभाषी, सबै भौगोलिक क्षेत्रका बासिन्दा एवं सबै वर्गका पीडा र भविष्यका अपेक्षालाई तत्कालै सम्बोधन गर्नु आवश्यक छ ।

(२) जेनजीको आह्वानमा भएको आन्दोलनपछिको अवस्थामा समग्रमा नेपाल राष्ट्र पहिलेजस्तै अवस्थामा रहन सक्दैन र रहनु पनि हुँदैन किनभने सबै क्षेत्रमा आमूल सकारात्मक परिवर्तन उक्त आन्दोलनले माग गरेको छ । यस क्रममा राजनीतिक पार्टीहरूले समेत पुरानो अवस्थालाई चिरेर महत्वपूर्ण सुधारात्मक परिवर्तन गर्ने सोचलाई आत्मसात् गर्नै पर्दछ ।

(३) देशको वर्तमान र भविष्यलाई साँच्चिकै नेतृत्व गर्न सक्ने राजनीतिक शक्ति निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो । यसका लागि हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको पनि रूपान्तरण आवश्यक हुन्छ । पार्टीको नेतृत्व, सिद्धान्त, नीति, कार्यक्रम आदि सबै आयामको पुनरावलोकन, पुनःमूल्यांकन र पुनर्संरचना गरेर आजको समयले खोजेको मध्यमार्गी राजनैतिक शक्ति निर्माणको लागि अहिले नै उपयुक्त समय हो ।

(४) उपरोक्त पृष्ठभूमिमा पार्टीको अर्थपूर्ण रूपान्तरणका लागि तत्काल प्रक्रिया सुरु गरियोस् भनी माग गर्दछु । साथै, यसै क्रममा अन्य राजनीतिक दल, विचार समूह तथा स्वतन्त्र व्यक्तिहरूसँग समेत वार्ता गरी जेनजी आन्दोलनको आकांक्षा बमोजिमको परिवर्तन संस्थागत गर्न सक्ने मध्यमार्गी राजनीतिक शक्तिको निर्माण गर्न अग्रसर हुन पनि हार्दिक अनुरोध गर्दछु ।

पार्टीलाई वैकल्पिक होइन, मूलधारको शक्ति बनाउने उद्देश्यले उक्त पत्र मार्फत आवाज उठाइएको हो भन्ने तथ्य पार्टीका आम सदस्यहरूले बुझ्नुभएको छ । रिफर्मेसनको एजेण्डा बारे केन्द्रीय समिति र सचिवालयमा समेत छलफल भई पार्टीको विस्तारित बैठक बोलाउनुपर्ने आवश्यकता बोध गरिएअनुसार विस्तारित बैठक आयोजना हुन लागेको छ । यस बिचमा पार्टीको सचिवालय विस्तार गर्ने र सचिवालयमा मलाई पनि समावेश गर्ने प्रस्ताव आउँदा मैले मिति २०८२।०६।३१ मा लिखित असहमति पेश गरेको तथ्य पनि यहाँ स्मरण गराउन चाहन्छु । पार्टीमा पदको बाँडफाँडको नभई सिद्धान्त, नीति, कार्यक्रम, एजेण्डा आदिको विचार विमर्शलाई प्राथमिकता दिनुपर्छ भन्ने भावनाले सो पत्र पेश गरिएको थियो । यदि मैले उठाएको आवाज केवल आफूले कुनै पद पाउनुपर्ने भन्ने भएको भए सचिवालय विस्तारमा आफू पर्ने भएपछि त्यसलाई स्वीकार गरेर म चुपचाप रहने थिएँ होला, तर मैले त पदको लागि नभई "सबै अट्ने सबै खट्ने" अग्रगामी पार्टी बनाउन रिफर्मेसनको एजेण्डा उठाएको हो । रास्वपाको रिफर्म अब केवल संगठनात्मक सुधारमा सीमित हुँदैन र हुनु पनि हुँदैन । यो एक सैद्धान्तिक, वैचारिक र व्यावहारिक परिवर्तनको पूर्ण रूप हो । यसले पार्टीलाई वैकल्पिक आवाजबाट देशको मुख्यधार राजनीतिक शक्ति मा परिणत गर्न मद्दत पुर्याउनेछ । अब हाम्रो दिशा देशको मूलधारको राजनीति शक्ति भएर स्थापित हुने हो ।

मार्गचित्र

रिफर्मेसनका लागि निम्नानुसारको मार्गचित्र पेश गरिएको छ :-

(१) महाअधिवेशन भनेको पार्टीको अक्सिजन हो। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन २०८२ मंसिरमै गर्नु पर्दछ । महाधिवेशनले पार्टीमा व्यापक सहभागिता, पार्टीको संगठन विस्तार, वैचारिक स्पष्टता एवं नयाँ उर्जा थप्ने हुनाले आगामी चुनावमा पार्टीको विजयका लागि ढोका खोल्दछ ।

(२) म स्मरण गराउन चाहन्छु, १ वर्ष अघि भएको राष्ट्रीय भेलाबाट पार्टी सभापति मार्फत अहिलेको विध्यमान केन्द्रीय समितिलाई महाअधिवेशन आयोजक समितीको रुपमा घोषणा भएको थियो।महाअधिवेशन आयोजक समिती घोषणा पछि पनि केन्द्रीय सचिवालय र पदाधिकरी रहिरहनु र सचिवालय विस्तार समेत गरीनुको आधार स्पष्ट नभएको मेरो बुझाई छ। महाधिवेशनका लागि सकारात्मक वातावरण निर्माण गर्न पार्टीको मौजुदा कार्यकारी नेतृत्व (पदाधिकारी तथा सचिवालय) भंग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नु पर्दछ । महाधिवेशन आयोजक समितिमा जेनजी, विभिन्न वैकल्पिक शक्तिहरू एवं बौद्धिक वर्गलाई पनि समावेश गर्नु पर्दछ । पार्टीको हालको कार्यकारी नेतरत्व समूह/ सचिवालय समावेशी हुन नसकेको भनी जुन आलोचना भइरहेको छ, त्यसबाट पाठ सिकी महाधिवेशन आयोजक समिति र महाधिवेशनबाट गठन हुने केन्द्रीय समिति, सचिवालय तथा पदाधिकारीको संरचना नेपालको विविधतालाई वास्तविक प्रनिधित्व गर्ने गरी समावेशी बनाउनु पर्दछ ।

(३) विचार मिल्नसक्ने विभिन्न राजनीतिक पार्टीहरूसँग घण्टी चुनाव चिह्न साझा रहने गरी एकता गर्नु पर्दछ । यस क्रममा रास्वपाले उच्चतम उदार चरित्र देखाउदै ठूला वा साना, दुवै खालका पार्टीहरूलाई एकता प्रक्रियामा स्वागत गर्नु पर्दछ ।

(४) वैचारिक र सैद्धान्तिक रिफर्म

रास्वपाले अब राष्ट्र निर्माणको वैचारिक नेतृत्व गर्नुपर्छ । नेपालको हालसम्मको राजनीतिक परिदृश्यमा वामपन्थी र दक्षिणपन्थी ध्रुवीकरण नै प्रबल रहेको देखिन्छ । तीमध्ये पनि कम्युनिज्म, समाजवाद, सोसल डेमोक्रेसी आदिको नारा भजाई गैरचरित्रबाट देशलाई ब्रम्हलुट भईरहेको यथार्थ रहेको सन्दर्भमा देशको आर्थिक समुन्नति, स्वास्थ्य,शिक्षा,रोजगारी तथा प्राविधिक क्रान्ति साथै सांस्कृतिक स्वाभिमानको एजेण्डा स्थापित हुन सकेको छैन । देशलाई वामपन्थी र दक्षिणपन्थी ध्रुवीकरणमा फस्न नदिई लोककल्याणकारी राज्यको अवधारणा स्थापित गर्नका लागि रास्वपाले आफूलाई स्पष्टसँग मध्यमार्गी राजनीतिक पार्टीका रूपमा नयाँ धुर्विकरणको नेतृत्वको लागी अघि बढ्नु पर्दछ ।

देशभरीबाट रास्वपाका विभिन्न तह र तप्काबाट सहभागि हुनुभएको पूर्व मेची देखि पश्चिम महाकाली सम्मबाट र देशको दुर्गम अति दुर्गम भुगोल देखि समय, अर्थ र आशाको लगानी गर्न उपस्थित हुनुभएको यो विस्तारित बैठक केवल राय सुझाब सल्लाह लिनेमा मात्र सिमित गराई कर्मकाण्डी जस्तो नबनाई सङगठानका जिम्मेवार साथिहरुको अर्थपूर्ण सहभागिता साथै निर्णयमाथीको अधिकार सुनिश्चित गर्दै यो बैठकले स्पष्ट रुपमा वैचारीक र साङ्गठनिक रिफर्मेसनको मोडालिटी तय गर्न सक्नुपर्छ भन्ने मेरो ठम्याई हो।

पार्टीका सङ्गठनका जिम्मेवार साथीहरुबाट विभिम्न समयमा आएको राय,सुझाबलाई समेत समेटेर तयार गरिएको यस मार्गचित्रको कार्यान्वयनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई वैचारिक, संगठनात्मक र नीतिगत दृष्टिले सुदृढ र नागरिक केन्द्रित दलमा स्थापित गर्दै आजको समय पिस्थितिले खोजिरहेको थप अब्बल, सबल, सुसंस्कृत, समावेशी, जिम्मेवार र जनउत्तरदयी राजनैतिक शक्तिको रुपमा रुपान्तरण गर्नेछ भन्ने विश्वास सहित यो प्रस्ताव यस विस्तारित बैठकमा पेश गर्दछु ।

डा. तोसिमा कार्की

केन्द्रीय सदस्य, राष्ट्रीय स्वतन्त्र पार्टी"

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इटहरीमा रास्वपाको परिवर्तन उद्‍घोष सभा जारी, रवि र बालेनले सम्बोधन गर्दै

इटहरीमा रास्वपाको परिवर्तन उद्‍घोष सभा जारी, रवि र बालेनले सम्बोधन गर्दै

रास्वपाले यसअघि सुदूरपश्चिमको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा परिवर्तन उद्घोष सभा गरिसकेको छ।
विधिको शासन स्थापनालाई प्रमुख मुद्दा बनाउने रवि लामिछानेको प्रतिबद्धता

विधिको शासन स्थापनालाई प्रमुख मुद्दा बनाउने रवि लामिछानेको प्रतिबद्धता

चन्द्रगढीमा मंगलवार आयोजित कोणसभामा  सुशासन कायम नगरेसम्म राष्ट्रलाई समृद्धिको बाटो अग्रसर गराउन नसकिने भएकाले   जनचाहनाअनुरुप राज्यसत्ता सञ्चालन गर्ने आफ्नो पार्टीको नीति रहेको स्पष्ट पारेका हुन ।
बालेनको क्षेत्रमा पुगेर रवि लामिछानेले भने– न्याय माग्न आएको हुँ

बालेनको क्षेत्रमा पुगेर रवि लामिछानेले भने– न्याय माग्न आएको हुँ

सभापति लामिछानेले झापा ५ बाट निर्वाचित हुने रास्वपाका उम्मेदवारलाई पार्टीले प्रधानमन्त्रीका रुपमा अघि सारेको स्मरण गराए । तपाईँहरुले मत दिनुस्, रास्वपाले प्रधानमन्त्री दिँदैछ– लामिछानेले भने । झापा ५...
कप्तान भण्डारीलाई कांग्रेसको आर्थिक सहयोग

कप्तान भण्डारीलाई कांग्रेसको आर्थिक सहयोग

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलवार विज्ञप्ती जारी गरी साम्बा घुँडाको गम्भीर चोटका कारण हाल जटिल शल्यक्रियाको तयारीमा रहेको उल्लेख गर्दै उहाँको उपचारका लागि पार्टीको तर्फबाट...