नेभिगेशन
मुख्य समाचार

घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते

घोडाघोडी । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु२च २३५८ नम्बरको तरकारी बोकेको  जिपले ठक्करदिँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान  जिपले ठक्कर दिँदा साइकलयात्री बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुरका ५५ वर्षीय शङ्कर डगौराको मृत्यु भएको सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले जानकारी दिए ।
 
प्रहरी नायब उपरीक्षक अवस्थीका अनुसार गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा पैदलयात्री घोडाघोडी –२ साडेपानीका ५४ वर्षीय पदमबहादुर शाही, बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुर बस्ने ४५ वर्षीय हर्कबहादुर डगौरा र बर्दगोरिया–६ कै २५ वर्षीय कृष्ण डगौरा रहेका छन् । उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । घाइते पदमबहादुर शाहीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । 

CG

जिप र चालक रोल्पाको त्रिवेणी गाउँपालिका–४ बस्ने २३ वर्षीय सन्तोष घर्तीमगरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण: राष्ट्रपति पौडेल

टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण: राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलले भने, “नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त रूपमा स्थापित हुँदै गएको छ । क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ, यसको व्यावसायिक विकाससँगै खेल...
विधान अनुसार विशेष महाधिवशेनको निर्णय गर्न महाधिवेशन पक्षधरद्वारा पार्टीको ध्यानाकर्षण

विधान अनुसार विशेष महाधिवशेनको निर्णय गर्न महाधिवेशन पक्षधरद्वारा पार्टीको ध्यानाकर्षण

सोमबार पार्टी कार्यालय सानेपामा ध्यानाकर्षण पत्र दर्ता गर्दै उनीहरुले बैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय सच्चाएर पुषमा विशेष महाधिवशेनको निर्णय गर्न माग गरेका हुन् । कांग्रेस नेता देवराज चालिसेले...
पहिलो पटक नेपालमा आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी प्रदर्शन(तस्बिरहरु)

पहिलो पटक नेपालमा आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी प्रदर्शन(तस्बिरहरु)

विश्वकप हुनुअघि विभिन्न देशमा ट्रफी प्रदर्शन गर्ने क्रममा सोमबार राष्ट्रपति कार्यालयमा प्रदर्शन गरिएको छ। आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी पहिलो पटक ल्याइएको हो ।
रास्वपा र नागरिक उन्मुक्ति पार्टी छाडेका नेताहरुसँगको ९ बुँदे सहमतिमा के छ ?

रास्वपा र नागरिक उन्मुक्ति पार्टी छाडेका नेताहरुसँगको ९ बुँदे सहमतिमा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टी छाडेका नेताहरुसँग ९ बुँदे सहमति गरेको छ । थरुहट थारूवान अभियन्ता र रास्वपाबीच भएको ९ बुँदे सहमति  यस्तो छ ।