नेभिगेशन
मुख्य समाचार

महानगरका मेयर शाहविरुद्ध लड्न आफुले सुकुम्बासीलाई सहयोग गर्नेः व्यवसायी प्रसाईँ

काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्ध लड्न आफूले मनोहरा सुकुम्बासीलाइ सहयोग गर्ने व्यवसायी दुर्गा प्रसाईं बताएका छन् ।

आइतबार काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा पुगेर उनले यस्तो बताएका हुन । काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा गरिएको भेलालाई सम्बोधन गर्दै उनले  मङ्सिर ७ गते देखि सुरु हुने आफ्नो अभियानमा समर्थन जनाउन आह्वान गरेको छन् ।

सुकुम्बासीलाई लछारपछार गर्नेको श्रीमती, घर परिवारलाई पनि त्यस्तै गर्ने चेतावनी दुर्गा प्रसाईँले दिएका छन् ।  दलहरुले सुकुम्बासीहरुलाइ भोट बैंक मात्र बनाएको बताउँदै उनले आफूले भोट नमाग्ने बरु सबैलाइ पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिए ।

सम्पूर्ण दल र बालेनलाई आफूले ठेगान लगाउने चेतावनी उनले दिएका छन् । त्यस्तै, सुकुम्बासी बस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आइतबार सकिँदैछ । अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने महानगरको योजना छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गुडीरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

गुडीरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

पिपलचौरीबाट लालपत्ता तर्फ आउँदै गरेको स.१त ५४३५ नम्बरको थ्रेसर जडित ट्याक्टरबाट खस्दा त्रियुगा ५ का ५८ वर्षीय दमशेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा मतदाता नामावलीमा नाम दर्ता गराउँदै गरेका सर्वसाधारण(तस्बिरहरु)

जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा मतदाता नामावलीमा नाम दर्ता गराउँदै गरेका सर्वसाधारण(तस्बिरहरु)

आइतबार केही समय सर्भरमा समस्या आउँदा केही भीड देखिए पनि नामावली दर्ता गर्न भने त्यति धेरै समय नलाग्ने र झन्झट नरहेको सहभागीहरुले बताएका छन् ।
संविधान र लोकतन्त्रलाई उन्नत तथा सुदृढ बनाउन आगामी निर्वाचनलाई सफल पार्नुपर्छः राष्ट्रपति पौडेल

संविधान र लोकतन्त्रलाई उन्नत तथा सुदृढ बनाउन आगामी निर्वाचनलाई सफल पार्नुपर्छः राष्ट्रपति पौडेल

आइतबार सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत...
लागुऔषधसहित दुई जना पक्राउ, कोठा खानतालासी गर्दा रिभल्वर भेटियो

लागुऔषधसहित दुई जना पक्राउ, कोठा खानतालासी गर्दा रिभल्वर भेटियो

प्रहरीले ९२० मिलिग्राम, नगद रु ३२ हजार र मोबाइल पाँच थानसहित पक्राउ परेका दुई जनाको कोठाबाट थप रिभल्वर दुई थान र गोली बरामद गरेको छ ।

भर्खरै