नेभिगेशन
मुख्य समाचार

काँग्रेस नेता गणेशमान सिंहको १११औँ जन्मजयन्ती, देशभर विविध कार्यक्रमको आयोजना

काठमाडौँ । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका नेतृत्वकर्ता तथा नेपाली काँग्रसका नेता गणेशमान सिंहको १११ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ । 
गणेशमान जन्मजयन्तीका अवसरमा सोमबार कांग्रेस नेता प्रकाशमान सिंह लगाएतले  शोभाभगवतीस्थित गणेशमानको सालिकमा माल्यार्पण गरेका थिए ।

सो अवसरमा कांग्रेस नेता सिंहले नेपालको परिवर्तनमा गणेशमान सिंहले खेलेका योगदानको स्मरण गरेका थिए । उनले राणाशासनको समाप्तीमात्रै नभइ पञ्चायती व्यवस्थाको अन्त्य गर्नका लागि पनि गणेशमानको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।

यस्तै नेता सिंहले वर्तमान सरकार गठन र प्रतिनिधिसभा बिघटन असंवैधानिक भएको निर्णय कांग्रेसले गरिसकेको भन्दै आगामी कदमका बारेमा कांग्रेस केन्द्रीय समितिले आवश्यक निर्णय गर्ने बताए । उनले महाधिवेशन लगाएतका बिषयमा कांग्रेसले एकमतका साथ निर्णय गर्ने दावी गरे ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको प्रस्तावमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनु भएका नेता सिंहको विसं २०५४ असोज २ गते निधन भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ

प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ

पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका...
भैरहवा अन्तरराष्ट्रिय विमानस्थल नजिकै हुँदा पनि किन भारततिर डाइभर्ट हुन्छन् विमान ?

भैरहवा अन्तरराष्ट्रिय विमानस्थल नजिकै हुँदा पनि किन भारततिर डाइभर्ट हुन्छन् विमान ?

शनिबार मात्र हैन गत वर्ष वैशाख ११ गते फ्लाई दुबईको विमान त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा इन्जिनमा आगो लागे पनि विमानका पाइलटले नेपालमा तीनवटा अन्तरराष्ट्रिय विमानस्थल भए पनि...
भक्तपुर क्यान्सर अस्पतालको नयाँ प्रयोगशाला सञ्चालनमा(तस्बिरहरु)

भक्तपुर क्यान्सर अस्पतालको नयाँ प्रयोगशाला सञ्चालनमा(तस्बिरहरु)

अस्पतालले ३१ औ वार्षिकोत्सवको अवसर पारेर प्रयोगशाला सञ्चालनमा ल्याएको हो । भवनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले गरेकी छन् ।
उन्नत जातका धानखेतीतर्फ किसान आकर्षित

उन्नत जातका धानखेतीतर्फ किसान आकर्षित

करिब दुई दशकअघिसम्म म्याग्दीका सबैजसो फाँट खेतहरूमा गौरिया, गुडुरा, जेठोबुढो, ताकमारे, जौधानलगायतका रैथाने जातिका धान लगाउने चलन थियो । तर, अहिले यहाँका फाँटमा स्थानीय जातको धान पाउन करिब...

भर्खरै