नेभिगेशन
समाज

काँग्रेस नेता गणेशमान सिंहको १११औँ जन्मजयन्ती, देशभर विविध कार्यक्रमको आयोजना

काठमाडौँ । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका नेतृत्वकर्ता तथा नेपाली काँग्रसका नेता गणेशमान सिंहको १११ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ । 
गणेशमान जन्मजयन्तीका अवसरमा सोमबार कांग्रेस नेता प्रकाशमान सिंह लगाएतले  शोभाभगवतीस्थित गणेशमानको सालिकमा माल्यार्पण गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो अवसरमा कांग्रेस नेता सिंहले नेपालको परिवर्तनमा गणेशमान सिंहले खेलेका योगदानको स्मरण गरेका थिए । उनले राणाशासनको समाप्तीमात्रै नभइ पञ्चायती व्यवस्थाको अन्त्य गर्नका लागि पनि गणेशमानको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।

Ncell
Extreme Energy

यस्तै नेता सिंहले वर्तमान सरकार गठन र प्रतिनिधिसभा बिघटन असंवैधानिक भएको निर्णय कांग्रेसले गरिसकेको भन्दै आगामी कदमका बारेमा कांग्रेस केन्द्रीय समितिले आवश्यक निर्णय गर्ने बताए । उनले महाधिवेशन लगाएतका बिषयमा कांग्रेसले एकमतका साथ निर्णय गर्ने दावी गरे ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको प्रस्तावमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनु भएका नेता सिंहको विसं २०५४ असोज २ गते निधन भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनले अघि सारेको कस्तो कांग्रेसको  खाका

गगनले अघि सारेको कस्तो कांग्रेसको खाका

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण अघि सारेका छन्।
गगनलाई अमरेशको कटाक्ष : पार्टीको जिम्मा ठग र भ्रष्टाचारीलाई सुम्पिएपछि नेताहरू बाहिरिए

गगनलाई अमरेशको कटाक्ष : पार्टीको जिम्मा ठग र भ्रष्टाचारीलाई सुम्पिएपछि नेताहरू बाहिरिए

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद  डा. अमरेशकुमार सिंहले कांग्रेसका सभापति गगनकुमार थापाको आलोचना गरेका छन् ।
आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।