नेभिगेशन
समाज

मधेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध ७ राजनीतिक दल अदालत जाने, सभामुखलाई महाभियोग लगाउनेबारे छलफल

काठमाडौँ । मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेशमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालय तोडफोड भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वास्थ्य उपचारका लागि काठमाडौं प्रस्थान गर्ने क्रममा सोमबार बिहानै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलका नेता सरोज कुमार यादवलाई होटलमा मुख्यमन्त्री नियुक्त गरि सपथ खुवाएपछि नारावाजीसहित तोडफोड गरिएको हो ।

Ncell
Extreme Energy

प्रदेश प्रमुख भण्डारीको राजीनामा माग्दै कांग्रेस, जसपा, लोसपाका सांसद र कार्यकर्ता तोडफोडमा उत्रिएका हुन् ।

यसैबीच मुख्यमन्त्रीमा यादवलाई नियुक्त गरेको विषयमा मधेश प्रदेशका सात राजनीतिक दलहरु अदालत जाने भएका छन् । सोमबार बसेको जनमत पार्टी, माओवादी केन्द्र, जसपा नेपाल, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, कांग्रेस, लोसपा नेपालको संयुक्त बैठकले अदालतमा रिट दायर गर्ने निर्णय गरेको हो ।

संयुक्त बैठकले मुख्यमन्त्री नियुक्तिका बिषयमा कानुनी उपचार खोज्ने निर्णय गरेको नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए । 

उनले अदालतमा रिट दायर गर्न ७४ सांसदले हस्ताक्षर गरेको बताए । प्रदेश प्रमुखले छापामार शैलीमा गरेको कार्य गैरकानुनी र लज्जास्पद रहेको उनले बताए । उनले प्रदेशलाई नै समाप्त गर्ने काम भएकाले त्यसको बिरोधमा उत्रनु स्वभाविक भएको प्रतिक्रिया दिए । त्यस्तै प्रदेश सभामुख रामचन्द्र मण्डलमाथि महाभियोग लगाउने बिषयमा छलफल भएको उनले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ ।
एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि बस्दैछ।
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क जाँदैछन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।