नेभिगेशन
मुख्य समाचार

मधेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध ७ राजनीतिक दल अदालत जाने, सभामुखलाई महाभियोग लगाउनेबारे छलफल

काठमाडौँ । मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेशमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालय तोडफोड भएको छ । 

स्वास्थ्य उपचारका लागि काठमाडौं प्रस्थान गर्ने क्रममा सोमबार बिहानै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलका नेता सरोज कुमार यादवलाई होटलमा मुख्यमन्त्री नियुक्त गरि सपथ खुवाएपछि नारावाजीसहित तोडफोड गरिएको हो ।

प्रदेश प्रमुख भण्डारीको राजीनामा माग्दै कांग्रेस, जसपा, लोसपाका सांसद र कार्यकर्ता तोडफोडमा उत्रिएका हुन् ।

यसैबीच मुख्यमन्त्रीमा यादवलाई नियुक्त गरेको विषयमा मधेश प्रदेशका सात राजनीतिक दलहरु अदालत जाने भएका छन् । सोमबार बसेको जनमत पार्टी, माओवादी केन्द्र, जसपा नेपाल, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, कांग्रेस, लोसपा नेपालको संयुक्त बैठकले अदालतमा रिट दायर गर्ने निर्णय गरेको हो ।

संयुक्त बैठकले मुख्यमन्त्री नियुक्तिका बिषयमा कानुनी उपचार खोज्ने निर्णय गरेको नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए । 

उनले अदालतमा रिट दायर गर्न ७४ सांसदले हस्ताक्षर गरेको बताए । प्रदेश प्रमुखले छापामार शैलीमा गरेको कार्य गैरकानुनी र लज्जास्पद रहेको उनले बताए । उनले प्रदेशलाई नै समाप्त गर्ने काम भएकाले त्यसको बिरोधमा उत्रनु स्वभाविक भएको प्रतिक्रिया दिए । त्यस्तै प्रदेश सभामुख रामचन्द्र मण्डलमाथि महाभियोग लगाउने बिषयमा छलफल भएको उनले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कोषलाई राजनीतिक भर्ती केन्द्र नबनाउन प्रधानमन्त्री कार्कीको आग्रह

कोषलाई राजनीतिक भर्ती केन्द्र नबनाउन प्रधानमन्त्री कार्कीको आग्रह

कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ । प्रधानमन्त्री कार्कीले...
एमालेमै फर्किए रामकुमारी झाँक्री र किसान श्रेष्ठ

एमालेमै फर्किए रामकुमारी झाँक्री र किसान श्रेष्ठ

उनीहरु सबैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डा ओढाएर पार्टीमा स्वागत गरेका हुन् । त्यस्तै उनीहरुले एमाले अध्यक्ष ओलीलाई कलम दिएका छन् । कलम एकिकृत समाजवादीको चुनाब चिन्ह...
नव गठित मधेश प्रदेश सरकार विरुद्ध सर्वोच्चमा रिट दायर

नव गठित मधेश प्रदेश सरकार विरुद्ध सर्वोच्चमा रिट दायर

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नवगठीत सरकार विरुद्ध सोमबार रक्कीप्रसाद साह र सुजित यादवले सर्वोच्चमा रिट दायर गरेका हुन् । त्यहाँस्थित प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय...
दार्चुलामा भूकम्पको धक्का महसुस

दार्चुलामा भूकम्पको धक्का महसुस

शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार क्षतिको बारेमा अहिलेसम्म कुनै जानकारी...