नेभिगेशन
मुख्य समाचार

सिल्भर भोलेन्टियर कार्यक्रमका लागि काठमाडौँ महानगरद्वारा ६५ जना छनोट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थालनी गर्न लागेको सिल्भर भोलेन्टियर कार्यक्रमका लागि ६५ जना छनोट भएका छन् ।

सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीका अनुसार सार्वजनिक सूचना आह्वान गरेपछि ११९ जना आवेदकले आवेदन दिएका थिए । उनीहरुमध्ये योग्यता पुगेका ५२ जना पुरुष र १३ जना महिला गरेर ६५ जना छनोटमा परेको महानगरले जनाएको छ ।

यसमा स्वास्थ्य (पब्लिक हेल्थ, मेडिकल हेल्थ, मनोविद् तथा मनोचिकित्सक, भेटनरी हेल्थ), शिक्षा, कृषि, पर्यटन, सूचना प्रविधि, सुरक्षा, वाणिज्य, भौगोलिक सूचना, इलेक्ट्रिकलगायत क्षेत्रका व्यक्तिहरु छन् ।

कामपाको  सिल्भर भोलेन्टिएर परिचालन कार्यविधि, २०७७ ले यस कार्यक्रममा काम गर्न केही योग्यता तोकेको थियो । जसअनुसार नेपाली नागरिक, प्रचलित कानुन बमोजम स्वीकृति लिएका गैरआवासीय नेपाली, प्रचलित कानुन बमोजिम स्वीकृति लिएका विदेशी नागरिकले यो कार्यक्रममार्फत स्वयंसेवा गर्न पाउने छन् ।

जसका लागि ४५ वर्ष पूरा भई ७५ वर्ष ननाघेको हुनुपर्ने छ । सरकारी, निजी वा गैरसरकारी संस्थामा कम्तीमा २० वर्ष काम गरी विषयगत दक्षता हासिल गरेको हुनुपर्ने छ । एक वर्ष अवधिका लागि हप्ताको न्यूनतम ५ घण्टा सेवा दिन तयार हुनुपर्ने छ ।

शारीरिक र मानसिक रूपमा काम गर्न सक्षम हुनुपर्ने छ । स्वयंसेवा गर्न पूर्णरूपले तत्पर र इच्छुक हुनुपर्ने छ । फौजदारी अभियोगमा कसुरदार नठहरिएको र प्रचलित कानुन बमोजिम अयोग्य नठहरिएको व्यक्ति यस कार्यक्रमका लागि योग्यता जस्ता सर्त राखिएका थिए ।

कार्यक्रमका क्षेत्र र सञ्चालन संयन्त्र 
भोलेन्टिएर परिचालनसँग सम्बन्धित कार्यक्रमको योजना, पहिचान, व्यवस्थापन, अनुगमन तथा नियन्त्रण गर्ने कार्यका लागि सहरी योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा समिति गठन हुने व्यवस्था छ ।

यसमा प्रमुखले तोकेको नगर कार्यपालिका सदस्य एक जना, सम्बन्धित क्षेत्रका विज्ञमध्येबाट एक जना महिलासहित दुई जना, आयोगका सदस्यहरूमध्येबाट उपाध्यक्षले तोकेको एक जना सदस्य रहने व्यवस्था छ । समितिमा सामाजिक विकास विभागका सदस्य पदेन सदस्य र आयोगको अधिकृत सदस्य–सचिव रहने व्यवस्था छ ।

कामपाअन्तर्गत रहेका सामुदायिक शैक्षिक तथा स्वास्थ्य संस्था, सार्वजनिक स्थल तथा यातायात व्यवस्थापन, वातावरण व्यवस्थापन, सार्वजनिक सेवा सहजीकरण सिल्भर भोलिन्टियरका क्षेत्र हुन् ।यससँगै सामाजिक सेवा प्रदान गर्ने सङ्घसंस्था, साना तथा घरेलु उद्योगहरूको सेवाको गुणस्तर बढाउने यस कार्यक्रमले लिएका लक्ष्य रहको छ । लामो समय काम गरी सेवा निवृत्त भएका व्यक्ति रहने व्यवस्था रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

अयोगले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भिमबहादुर थापा, बरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र...
नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित एक कार्यक्रममाबीच खेलकुद मन्त्री बब्लु गुप्ता र एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय फुटबल टोलीलाई विदाई गरेका हुन् । विदाई कार्यक्रममा नेपाली पुरुष राष्ट्रिय फुटबल...
कोषलाई राजनीतिक भर्ती केन्द्र नबनाउन प्रधानमन्त्री कार्कीको आग्रह

कोषलाई राजनीतिक भर्ती केन्द्र नबनाउन प्रधानमन्त्री कार्कीको आग्रह

कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ । प्रधानमन्त्री कार्कीले...
एमालेमै फर्किए रामकुमारी झाँक्री र किसान श्रेष्ठ

एमालेमै फर्किए रामकुमारी झाँक्री र किसान श्रेष्ठ

उनीहरु सबैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डा ओढाएर पार्टीमा स्वागत गरेका हुन् । त्यस्तै उनीहरुले एमाले अध्यक्ष ओलीलाई कलम दिएका छन् । कलम एकिकृत समाजवादीको चुनाब चिन्ह...