नेभिगेशन
समाज

सिल्भर भोलेन्टियर कार्यक्रमका लागि काठमाडौँ महानगरद्वारा ६५ जना छनोट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थालनी गर्न लागेको सिल्भर भोलेन्टियर कार्यक्रमका लागि ६५ जना छनोट भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीका अनुसार सार्वजनिक सूचना आह्वान गरेपछि ११९ जना आवेदकले आवेदन दिएका थिए । उनीहरुमध्ये योग्यता पुगेका ५२ जना पुरुष र १३ जना महिला गरेर ६५ जना छनोटमा परेको महानगरले जनाएको छ ।

Ncell
Extreme Energy

यसमा स्वास्थ्य (पब्लिक हेल्थ, मेडिकल हेल्थ, मनोविद् तथा मनोचिकित्सक, भेटनरी हेल्थ), शिक्षा, कृषि, पर्यटन, सूचना प्रविधि, सुरक्षा, वाणिज्य, भौगोलिक सूचना, इलेक्ट्रिकलगायत क्षेत्रका व्यक्तिहरु छन् ।

कामपाको  सिल्भर भोलेन्टिएर परिचालन कार्यविधि, २०७७ ले यस कार्यक्रममा काम गर्न केही योग्यता तोकेको थियो । जसअनुसार नेपाली नागरिक, प्रचलित कानुन बमोजम स्वीकृति लिएका गैरआवासीय नेपाली, प्रचलित कानुन बमोजिम स्वीकृति लिएका विदेशी नागरिकले यो कार्यक्रममार्फत स्वयंसेवा गर्न पाउने छन् ।

जसका लागि ४५ वर्ष पूरा भई ७५ वर्ष ननाघेको हुनुपर्ने छ । सरकारी, निजी वा गैरसरकारी संस्थामा कम्तीमा २० वर्ष काम गरी विषयगत दक्षता हासिल गरेको हुनुपर्ने छ । एक वर्ष अवधिका लागि हप्ताको न्यूनतम ५ घण्टा सेवा दिन तयार हुनुपर्ने छ ।

शारीरिक र मानसिक रूपमा काम गर्न सक्षम हुनुपर्ने छ । स्वयंसेवा गर्न पूर्णरूपले तत्पर र इच्छुक हुनुपर्ने छ । फौजदारी अभियोगमा कसुरदार नठहरिएको र प्रचलित कानुन बमोजिम अयोग्य नठहरिएको व्यक्ति यस कार्यक्रमका लागि योग्यता जस्ता सर्त राखिएका थिए ।

कार्यक्रमका क्षेत्र र सञ्चालन संयन्त्र 
भोलेन्टिएर परिचालनसँग सम्बन्धित कार्यक्रमको योजना, पहिचान, व्यवस्थापन, अनुगमन तथा नियन्त्रण गर्ने कार्यका लागि सहरी योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा समिति गठन हुने व्यवस्था छ ।

यसमा प्रमुखले तोकेको नगर कार्यपालिका सदस्य एक जना, सम्बन्धित क्षेत्रका विज्ञमध्येबाट एक जना महिलासहित दुई जना, आयोगका सदस्यहरूमध्येबाट उपाध्यक्षले तोकेको एक जना सदस्य रहने व्यवस्था छ । समितिमा सामाजिक विकास विभागका सदस्य पदेन सदस्य र आयोगको अधिकृत सदस्य–सचिव रहने व्यवस्था छ ।

कामपाअन्तर्गत रहेका सामुदायिक शैक्षिक तथा स्वास्थ्य संस्था, सार्वजनिक स्थल तथा यातायात व्यवस्थापन, वातावरण व्यवस्थापन, सार्वजनिक सेवा सहजीकरण सिल्भर भोलिन्टियरका क्षेत्र हुन् ।यससँगै सामाजिक सेवा प्रदान गर्ने सङ्घसंस्था, साना तथा घरेलु उद्योगहरूको सेवाको गुणस्तर बढाउने यस कार्यक्रमले लिएका लक्ष्य रहको छ । लामो समय काम गरी सेवा निवृत्त भएका व्यक्ति रहने व्यवस्था रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।