नेभिगेशन
मुख्य समाचार

कारागारबाट छुटेकै दिन श्रीमानले गरे श्रीमतीको हत्या

पर्वत । पर्वतको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मोदी–६ दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीतालाई गए राति कुटपिट गरी हत्या गरेका हुन् ।

कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो ।

CG

कुटपिटको घटनापछि घरमै रहेकी सीताकी बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेलगत्तै पुगेको देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीले अभियुक्त जीतबहादुरलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुदीप भण्डारीले जानकारी दिए ।

उनीलाई स्थानीयले नियन्त्रणमा लिई थुनेर राखेका थिए । अभियुक्त जीतबहादुर वैवाहिक जबर्जस्ती करणी अभियोगमा कैद भुक्तान गरी सोमबार नै धरौटीमा छुटेका थिए । श्रीमतीले नै धरौटी तिरेर उनलाई छुटाएकी थिइन् ।

घर पुगेकै दिन साँझ खाना खाइसकेपछि श्रीमतीमाथि जाइलागेको प्रहरीले जानकारी दिएको छ । उनका तीन छोरा रोजगारीका लागि विदेशमा छन् भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मनाङका रास्वमा उम्मेदवारले धोका दिए, टिकट लिएर बेपत्ता भए

मनाङका रास्वमा उम्मेदवारले धोका दिए, टिकट लिएर बेपत्ता भए

पार्टीलाई नियोजित रुपमा ति उम्मेदवारले धोका दिएको भन्दै रास्वपाले ऐतिहासिक १६५ क्षेत्रमा निर्वाचन लड्ने धोको अपुरो बनेको बताएको छ। उम्मेदवारी दर्ता गर्ने समयसम्म पार्टीको सम्पर्कमा रहेका गुरुङ, एकासी...
कर्णालीका १२ निर्वाचन क्षेत्रमा यी हुन रास्वपाका १२ उम्मेदवार

कर्णालीका १२ निर्वाचन क्षेत्रमा यी हुन रास्वपाका १२ उम्मेदवार

सो निर्वाचन क्षेत्रमा रास्वपाले यसपटक १२ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको हो । एक निर्वाचन क्षेत्र रहेको सल्यानमा ललितकुमार चन्द, डोल्पामा देव सिंह ऐडी, मुगुमा राजेन्द्र बहादुर...

भर्खरै