नेभिगेशन
समाज

त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियामा प्रधानमन्त्रीद्वारा प्रगति माग

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री कार्कीले मंगलबार दिउँसो सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलसमेतको उपस्थितिमा त्रिविका उपकुलपति प्रा दीपक अर्याल, रेक्टर प्रा खड्ग केसी,  रजिस्ट्रार प्रा केदारप्रसाद रिजाललगायतसँग छलफल गरेकी हुन ।

Ncell
Extreme Energy

छलफलमा मुख्य सचिव एकनारायण अर्याल, जग्गा खोजबिन समितिका पदाधिकारीहरुको पनि उपस्थिति थियो । प्रधानमन्त्री कार्कीले प्रतिवेदन कार्यान्वयनमा हालसम्म भएको प्रगतिबारे जानकारी माग गर्दै आगामी प्रक्रियाका विषयमा चासो राखेकी थिइन ।

उनले प्रतिवेदन सार्वजनिक भएपछि के कति फिर्ता आयो, फिर्ता हुने प्रक्रिया कसरी अघि बढेको छ र दोषीमाथि कारबाहीको प्रक्रिया केके भयो भनेर जिज्ञासा व्यक्त गरेकी थिइन ।

त्रिविका पदाधिकारीले विश्वविद्यालयको जग्गा ओगटेर बसेकाहरुलाई हटाउन र अपचलन भएर गएको जग्गाको लगत कायम गर्न सरकारको सहयोगको अपेक्षा रहेको बताए ।

गृहमन्त्री अर्यालले लगत कायम गर्ने प्रक्रियामा विश्वविद्यालय आफैँ अग्रसर हुनुपर्ने र कीर्ते गरी जग्गा हड्पिएको छभने प्रत्येक घटनाको अलगअलग मुद्दाका रुपमा सिआइबीलगायत निकायमा जाहेरी दिनुपर्ने बताएका छन् । जग्गा अपचलनमा सिआइबीको विशेषज्ञता र अनुभव पनि रहेकाले कारबाही अघि बढाउन तयार रहेको उनको भनाइ थियो ।

मुख्य सचिव एकनारायण अर्यालले प्रतिवेदनमा औँल्याइएका विषयमध्ये ६० प्रतिशत काम विश्वविद्यालय आफैँले गर्न सक्ने बताए । सबै कामका लागि सरकारको मुख ताक्न नहुने उनको धारणा थियो । 

शिक्षामन्त्री पुनले यो विषय धेरै नतन्काईकन गर्न सक्ने काम तुरुन्तै गरिहाल्नुपर्ने र यसका लागि सबै सरोकारवाला निकायहरुको प्रतिनिधि रहनेगरी कार्यदल बनाउनुपर्ने प्रस्ताव व्यक्त गरेका थिए ।

प्रधानमन्त्री कार्कीले असम्बन्धित सङ्घसंस्था र व्यक्तिहरुले त्रिविको जग्गा ओगट्ने, बल भएकै आधारमा मिचेर खाने र बेचबिखनसमेत गर्ने प्रवृत्ति तत्काल रोक्न निर्देशन दिइन । साथै यसमा जो दोषी भए पनि तत्काल कठघरामा उभ्याउनुपर्ने उनको निर्देशन छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहित प्रतिपक्ष दलका नेताहरुले सरकारको आलोचना गरेका थिए ।
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।