नेभिगेशन
समाज

रविन्द्रसँग रविले भने: ‘म यिनीहरूसँग लड्ने नै हो, म त आनन्दमै छु पीडामा त यिनीहरू छन्’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता रविन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटघाट भएको छ । आफूले रवि लामिछानेलाई कारागार पुगेर करिब डेड घण्टा कुराकानी गरेको मिश्रले बताए। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले रवि लामिछाने र आफ्नो सम्बन्धका बारेमा चर्चा गर्दै राजनीतिक रुपमा केही घोचपेच भएको भएपनि रविप्रतिको मानवीय सद्भभावमा कहिल्यै कमी नआएको भेटपछि बताएका छन् । 

Ncell
Extreme Energy

मिश्रले रवीको केसलाई तात्कालिन सरकारले प्रतिशोध साँधेकोमा आफू स्पष्ट रहेको बताएका छन् । उनले अहिलेको सरकारले त्यसो नगर्नेमा आफू आशावादी रहेको समेत उल्लेख गरे । उनले भने, ‘धेरै अघि नै मैले भनिसकेको थिएँ, रवीको केसलाई तात्कालिन सरकारले जसरी ह्याण्डल गर्यो, त्यो पूर्णतः प्रतिशोधबाट प्रेरित थियो। बर्तमान सरकारले प्रतिशोध साँध्ने छैन भन्नेमा म पूर्णरूपले विश्वस्त छु।’ 

त्यस्तै लामिछानेले मिश्रसँग आफू आनन्दमा रहेको र पीडामा आफूलाई प्रतिशोध साँध्नेहरु रहेको उल्लेख गरे । रविको भनाई उद्यृत गर्दै रविन्द्रले फेसबुकमा लेखेका छन्, ‘आजको भेटमा रवीको उर्जा, आत्मविश्वास र दृढता देखेर म असाध्यै खुशी भएँ। उनले भने, ‘म यिनीहरूसँग लड्ने नै हो, दाइ। म त यहाँ आनन्दमा छु। पीडामा त यिनीहरू छन् नि !’ 


यस्तो छ रविसँगको भेटपछि रविन्द्रले लेखेको स्ट्याटसः

आज रवि लामिछानेलाई भेटेपछि!
औपचारिक कार्यक्रममा सम्मानजनक भाषा प्रयोग गरे पनि, अनौपचारिक अवस्थामा मैले नेपालमा 'तिमी' भनेर सम्वोधन गर्ने थोरै मान्छेमा रवी पनि पर्छन्।
सामान्यतया म २०/२२ वर्षका युवालाई पनि 'जी' ले सम्वोधन गर्छु र 'तपाईँ' भन्छु। मलाई पनि त्यसै गर्न अनुरोध गर्छु। कतिपयले मान्नु हुन्न, त्यो भिन्दै कुरा हो।
रवि र म वाल्यकालमा लगभग एउटै टोलमा हुर्कियौँ। रवीको दाइ हरिशरण पनि मेरो तिमी-तिमीको साथी।
डेढ घण्टाभन्दा लामो छाति खोलेर गरिएको गफको अन्त्यमा रविले भने, "हाम्रो यो वाल्यकालदेखिको दाइ-भाइको गफ हो। खुब मजा आयो।" अङ्कमाल गरेर गफ शुरू गरेका थियौँ, अङ्कमाल गरैरै टुङ्ग्यायौँ।
राजनीतिकरूपमा कहिलेकाहिँ घोचपेच भए पनि मेरो रवीप्रतिको मानवीय सद्भभावमा कहिल्यै कमी आएन।
धेरै अघि नै मैले भनिसकेको थिएँ, रवीको केसलाई तात्कालिन सरकारले जसरी ह्याण्डल गर्यो, त्यो पूर्णत: प्रतिशोधबाट प्रेरित थियो। बर्तमान सरकारले प्रतिशोध साँध्ने छैन भन्नेमा म पूर्णरूपले विश्वस्त छु।
आजको भेटमा रवीको उर्जा, आत्मविश्वास र दृढता देखेर म असाध्यै खुशी भएँ। उनले भने, "म यिनीहरूसँग लड्ने नै हो, दाइ। म त यहाँ आनन्दमा छु। पीडामा त यिनीहरू छन् नि!"
हाम्रो राजनीतिक बाटो फरक होला तर मेरो धेरैधेरै शुभकामना छ, रवि, तिमीलाई! 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहित प्रतिपक्ष दलका नेताहरुले सरकारको आलोचना गरेका थिए ।
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।