नेभिगेशन
मुख्य समाचार

रविन्द्रसँग रविले भने: ‘म यिनीहरूसँग लड्ने नै हो, म त आनन्दमै छु पीडामा त यिनीहरू छन्’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता रविन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटघाट भएको छ । आफूले रवि लामिछानेलाई कारागार पुगेर करिब डेड घण्टा कुराकानी गरेको मिश्रले बताए। 

उनले रवि लामिछाने र आफ्नो सम्बन्धका बारेमा चर्चा गर्दै राजनीतिक रुपमा केही घोचपेच भएको भएपनि रविप्रतिको मानवीय सद्भभावमा कहिल्यै कमी नआएको भेटपछि बताएका छन् । 

मिश्रले रवीको केसलाई तात्कालिन सरकारले प्रतिशोध साँधेकोमा आफू स्पष्ट रहेको बताएका छन् । उनले अहिलेको सरकारले त्यसो नगर्नेमा आफू आशावादी रहेको समेत उल्लेख गरे । उनले भने, ‘धेरै अघि नै मैले भनिसकेको थिएँ, रवीको केसलाई तात्कालिन सरकारले जसरी ह्याण्डल गर्यो, त्यो पूर्णतः प्रतिशोधबाट प्रेरित थियो। बर्तमान सरकारले प्रतिशोध साँध्ने छैन भन्नेमा म पूर्णरूपले विश्वस्त छु।’ 

त्यस्तै लामिछानेले मिश्रसँग आफू आनन्दमा रहेको र पीडामा आफूलाई प्रतिशोध साँध्नेहरु रहेको उल्लेख गरे । रविको भनाई उद्यृत गर्दै रविन्द्रले फेसबुकमा लेखेका छन्, ‘आजको भेटमा रवीको उर्जा, आत्मविश्वास र दृढता देखेर म असाध्यै खुशी भएँ। उनले भने, ‘म यिनीहरूसँग लड्ने नै हो, दाइ। म त यहाँ आनन्दमा छु। पीडामा त यिनीहरू छन् नि !’ 


यस्तो छ रविसँगको भेटपछि रविन्द्रले लेखेको स्ट्याटसः

आज रवि लामिछानेलाई भेटेपछि!
औपचारिक कार्यक्रममा सम्मानजनक भाषा प्रयोग गरे पनि, अनौपचारिक अवस्थामा मैले नेपालमा 'तिमी' भनेर सम्वोधन गर्ने थोरै मान्छेमा रवी पनि पर्छन्।
सामान्यतया म २०/२२ वर्षका युवालाई पनि 'जी' ले सम्वोधन गर्छु र 'तपाईँ' भन्छु। मलाई पनि त्यसै गर्न अनुरोध गर्छु। कतिपयले मान्नु हुन्न, त्यो भिन्दै कुरा हो।
रवि र म वाल्यकालमा लगभग एउटै टोलमा हुर्कियौँ। रवीको दाइ हरिशरण पनि मेरो तिमी-तिमीको साथी।
डेढ घण्टाभन्दा लामो छाति खोलेर गरिएको गफको अन्त्यमा रविले भने, "हाम्रो यो वाल्यकालदेखिको दाइ-भाइको गफ हो। खुब मजा आयो।" अङ्कमाल गरेर गफ शुरू गरेका थियौँ, अङ्कमाल गरैरै टुङ्ग्यायौँ।
राजनीतिकरूपमा कहिलेकाहिँ घोचपेच भए पनि मेरो रवीप्रतिको मानवीय सद्भभावमा कहिल्यै कमी आएन।
धेरै अघि नै मैले भनिसकेको थिएँ, रवीको केसलाई तात्कालिन सरकारले जसरी ह्याण्डल गर्यो, त्यो पूर्णत: प्रतिशोधबाट प्रेरित थियो। बर्तमान सरकारले प्रतिशोध साँध्ने छैन भन्नेमा म पूर्णरूपले विश्वस्त छु।
आजको भेटमा रवीको उर्जा, आत्मविश्वास र दृढता देखेर म असाध्यै खुशी भएँ। उनले भने, "म यिनीहरूसँग लड्ने नै हो, दाइ। म त यहाँ आनन्दमा छु। पीडामा त यिनीहरू छन् नि!"
हाम्रो राजनीतिक बाटो फरक होला तर मेरो धेरैधेरै शुभकामना छ, रवि, तिमीलाई! 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

हाजिरी जमानीमा छुटे पूर्व सांसद देवीप्रसाद भट्टचन

जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्माका अनुसार भट्टचनलाई हिरासतमा राख्नु पर्ने अवस्था नदेखिएपछि तारिखमा राखेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको हो ।
१५औँ महाधिवेशनका सन्दर्भमा काँग्रेसमा नेताहरुबीच मतभेद, बैठक पुनः बुधबार बस्ने

१५औँ महाधिवेशनका सन्दर्भमा काँग्रेसमा नेताहरुबीच मतभेद, बैठक पुनः बुधबार बस्ने

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पेचिलो बन्दै गएको १५ औँ महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा सदस्यहरुको फरक फरक धारणा आएको हो ।
मन्त्रिपरिषद्को मंगलबारका निर्णय यस्ता छन्

मन्त्रिपरिषद्को मंगलबारका निर्णय यस्ता छन्

मन्त्रिपरिषद् बैठकको यही कात्तिक २४ गतेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो जानकारी दिए ।