नेभिगेशन
समाज

मन्त्रिपरिषद्को मंगलबारका निर्णय यस्ता छन्

काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत विभिन्न निकायमा अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रिपरिषद् बैठकको यही कात्तिक २४ गतेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो जानकारी दिए ।

Ncell
Extreme Energy

मन्त्रालयअन्तर्गत काठमाडौँको कान्तिबाल अस्पताल र स्वास्थ्य बिमा बोर्ड तथा धनगढीको गेटा अस्पताल, बाँके खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र डडेल्धुराको डडेल्धुरा अस्पतालका लागि दरबन्दी स्वीकृत गरिएको हो ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टङ्कप्रसाद बारकोटीले दिनुभएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । यसैगरी मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्न र सुरेन्द्र लाभ कर्ण, धनुषालाई प्रदेश प्रमुखमा नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चारमन्त्री खरेलले जानकारी दिए ।

यस्तै मन्त्रिपरिषद् बैठकले एमसिए–नेपालले निर्माण गर्ने ४०० केभी विद्युत् प्रसारणलाइन विस्तारका क्रममा नवलपरासी, पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट र मकवानपुर जिल्लास्थित सो प्रसारणलाइनको मध्यरेखाबाट २३–२३ मिटर दायाँ र बायाँका करिब एक हजार ३८१ हेक्टर क्षेत्रफलको जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रूख रोप्न नपाइने निर्णय गरेको छ ।

बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको सरकारले भूउपयोग–तेस्रो संशोधन० नियमावली, २०८२ पनि स्वीकृत गरेको छ । 

बैठकले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा वरिष्ठतम् अतिरिक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बढुवा गर्ने निर्णय गरेको छ । साविक रेशमखेती विकास कार्यक्रम धनकुटाको नाममा रहेको धनकुटा नगरपालिका–७ स्थित २५ रोपनी चार आना तीन पैसा जग्गा प्रादेशिक अस्पताल निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको छ ।

यसैगरी आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको छ ।नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णयसहित नेपाली सेनाद्वारा सञ्चालन हुने तालिम सहयोगका लागि  नेपाली सेना र ‘अफिस अफ डिफेन्स कोअपरेसन’, अमेरिकी राजदूतावासबीच सम्पन्न भएको समझदारीपत्रको अवधि दुई वर्ष थप गर्न स्वीकृति दिएको सञ्चारमन्त्री खरेलले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले भारतको विशाखापटनम्मा यही कात्तिक २८ देखि २९ गतेसम्म आयोजना हुने ३०औँ ‘पार्टनरसिप समिट’ २०२५ मा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हालाई स्वीकृति प्रदान गरेको छ ।

यस्तै आगामी मङ्सिर ८ देखि १२ गतेसम्म अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने ‘आइएइए स्कुल अन न्युक्लियर एन्ड रेडियोलोजिकल लिडरसिप फर सेफ्टी एन्ड फर न्युक्लियर सेक्युरिटी’ कार्यक्रममा विज्ञान प्रविधि सचिव विश्वबन्धु पुडासैनीलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री खरेलले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहित प्रतिपक्ष दलका नेताहरुले सरकारको आलोचना गरेका थिए ।
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।