नेभिगेशन
समाज

दुर्गा प्रसाईं नेतृत्वले गृहमन्त्री अर्याललाई बुझायो २७ बुँदे माग पत्र

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियानले आफ्ना मागका बारेमा सरकारलाई जानकारी गराएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार गृहमन्त्रालयको आह्वानमा सिंहदरबारमा भएको पहिलो चरणको वार्ताका क्रममा अभियानका प्रवक्ता माधव कल्पितले गृहमन्त्री ओमप्रकाश अर्याललाई आफुहरुको २७ बुँदे माग पत्र बुझाएका हुन ।

Ncell
Extreme Energy

वार्तामा माग पत्रका बारेमा सामान्य छलफल भएपनि कुनै सहमति नभएको प्रवक्ता कल्पितले जानकारी दिए । पुनः वार्ता बसेर आफुहरुको जायज मागलाई सरकारले कार्यान्वयन गर्ने लिखित प्रतिवद्धता गरे पूर्वघोषित आन्दोलन रोक्न आफुहरु तयार रहेको उनले बताए ।

उनले नेपाल नेपालीले नै बनाउन नेपालको व्यापार नेपाली नागरिकले मात्रै गर्न पाउने वातावरण बनाउनुपर्ने, बौद्ध किराँत सहित वैदिक सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य र संवैधानिक राजसंस्थाको स्थापना गरिनुपर्ने प्रदेश संरचना खारेज गरी ५ विकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्ला पुरानै अवस्थामा कायम गर्नुपर्ने लगाएत आफुहरुको माग रहेको जानकारी दिए ।

त्यस्तै बैंक वित्तीय संस्थालाई राष्ट्रियकरण गरी जोखिम रकम उठाई बैंक र व्यवसायीलाई छुट्याउनुपर्ने, सर्वहारा र भुईँमान्छले लघुवित्त र सहकारीबाट लिएको २० लाखभन्दा मुनिको ऋण मिनाहा गर्नुपर्ने लगाएत उनीहरुको माग छ । आफुहरुको मागका बिषयमा गृहमन्त्रीले सकारात्मक जवाफ दिनुभएको प्रवक्ता कल्पितले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।