नेभिगेशन
समाज

तत्कालीन नेकपा विभाजनको घाउमा मलम लागे जस्तो भयोः डा रावल

काठमाडौँ । मातृभूमि जागरण अभियान, नेपाल प्रस्तावक डा भीम रावलले नेपाली कम्युनिष्ट पार्टीसँग सङ्गठनात्मक एकता गर्न पाउँदा तत्कालीन नेकपा विभाजनपश्चात् बिछोडको घाउमा मलम लागेझै भएको प्रतिक्रिया दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली कम्युनिष्ट पार्टीसँग सङ्गठनात्मक एकीकरणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेसँगै उनले भने, “जुनबेला नेपाल कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट पार्टीलाई विशृङ्खलित गरेर निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरिँदा गह्रौँ मन लिएर यसै ठाउँबाट गइएको थियो । फर्केर बुधबार नेपाली कम्युनिष्ट पार्टीअन्तर्गत तत्कालीन नेकपाका नेतासँग विचार मन्थन गर्न पाउँदा त्यो बिछोडको दिनको आलो घाउमा मलम लागे झै भएको छ ।”

Ncell
Extreme Energy

संयोजक बलियो राष्ट्रिय शक्ति निर्माण गरेर सामाजिक न्याय, आर्थिक तथा सामाजिक रुपान्तरणलाई सशक्त रुपमा अघि बढाउने सङ्कल्पका साथ बढ्ने प्रण गरे । उनले भने, “आगामी दिनमा शक्ति रुपले सङ्गठनात्मक भावनात्मक एकता र सङ्कल्पका साथ आफ्नो लक्ष्यमा पुगिसक्ने छौँ”,।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहित प्रतिपक्ष दलका नेताहरुले सरकारको आलोचना गरेका थिए ।
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।