नेभिगेशन
समाज

प्रकृति संरक्षणसम्बन्धी सचेतना जगाउँदै सेना

काठमाडौँ । नेपाली सेनाले प्रकृति संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलगायत विषयमा दुई सय भन्दा बढी विद्यार्थी र स्थानीयमाझ सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाका युनिटले विभिन्न स्थानमा उनीहरुलाई संरक्षण शिक्षालगायत जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ रणसिंहदल गणले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ स्थित श्री शङ्कर पार्वती माविका शिक्षक तथा शिक्षार्थीलाई ‘मानव वन्यजन्तु द्वन्द्वको कारण र न्यूनीकरणको उपाय’ सम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Ncell
Extreme Energy

यस्तै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गणले चितवनको माडी नगरपालिका–९ स्थित श्रीकृष्ण नगर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई संरक्षणको महत्व, निकुञ्ज सुरक्षामा नेपाली सेनाको भूमिका, जङ्गली जनावरको आनीबानी तथा सेनामा भर्ना छनोट प्रक्रियालगायत विविध विषयमा जानकारी गराएको सेनाले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ जबरजङ्ग गणले निकुञ्ज कार्यालय तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त आयोजना तथा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको सहकार्यमा मधुवन नगरपालिका–१ स्थिति त्रिभुवन माध्यमिक विद्यालयमा स्थानीयलाई सहभागी गराई प्रकृति संरक्षण तथा सामाजिक सुरक्षा कार्यमा समुदायको भूमिकाबारे सचेनामूलक कार्यक्रम सञ्चालन गरेको थियो ।

हाल सेनाका आठ गण, सात वटा अनाश्रित गुल्म र एक शिक्षालय गरी करिब नौ हजार फौज १४ संरक्षित क्षेत्रमा परिचालित रहँदै आएको छ । संरक्षणमा खटिने क्रममा हालसम्म  सेनाका ११६ जना सकलदर्जाले वीरगति प्राप्त गरेका निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहित प्रतिपक्ष दलका नेताहरुले सरकारको आलोचना गरेका थिए ।
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।