नेभिगेशन
समाज

प्रकृति संरक्षणसम्बन्धी सचेतना जगाउँदै सेना

काठमाडौँ । नेपाली सेनाले प्रकृति संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलगायत विषयमा दुई सय भन्दा बढी विद्यार्थी र स्थानीयमाझ सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाका युनिटले विभिन्न स्थानमा उनीहरुलाई संरक्षण शिक्षालगायत जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ रणसिंहदल गणले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ स्थित श्री शङ्कर पार्वती माविका शिक्षक तथा शिक्षार्थीलाई ‘मानव वन्यजन्तु द्वन्द्वको कारण र न्यूनीकरणको उपाय’ सम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

CG

यस्तै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गणले चितवनको माडी नगरपालिका–९ स्थित श्रीकृष्ण नगर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई संरक्षणको महत्व, निकुञ्ज सुरक्षामा नेपाली सेनाको भूमिका, जङ्गली जनावरको आनीबानी तथा सेनामा भर्ना छनोट प्रक्रियालगायत विविध विषयमा जानकारी गराएको सेनाले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ जबरजङ्ग गणले निकुञ्ज कार्यालय तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त आयोजना तथा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको सहकार्यमा मधुवन नगरपालिका–१ स्थिति त्रिभुवन माध्यमिक विद्यालयमा स्थानीयलाई सहभागी गराई प्रकृति संरक्षण तथा सामाजिक सुरक्षा कार्यमा समुदायको भूमिकाबारे सचेनामूलक कार्यक्रम सञ्चालन गरेको थियो ।

हाल सेनाका आठ गण, सात वटा अनाश्रित गुल्म र एक शिक्षालय गरी करिब नौ हजार फौज १४ संरक्षित क्षेत्रमा परिचालित रहँदै आएको छ । संरक्षणमा खटिने क्रममा हालसम्म  सेनाका ११६ जना सकलदर्जाले वीरगति प्राप्त गरेका निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण: राष्ट्रपति पौडेल

टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण: राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलले भने, “नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त रूपमा स्थापित हुँदै गएको छ । क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ, यसको व्यावसायिक विकाससँगै खेल...
विधान अनुसार विशेष महाधिवशेनको निर्णय गर्न महाधिवेशन पक्षधरद्वारा पार्टीको ध्यानाकर्षण

विधान अनुसार विशेष महाधिवशेनको निर्णय गर्न महाधिवेशन पक्षधरद्वारा पार्टीको ध्यानाकर्षण

सोमबार पार्टी कार्यालय सानेपामा ध्यानाकर्षण पत्र दर्ता गर्दै उनीहरुले बैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय सच्चाएर पुषमा विशेष महाधिवशेनको निर्णय गर्न माग गरेका हुन् । कांग्रेस नेता देवराज चालिसेले...
पहिलो पटक नेपालमा आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी प्रदर्शन(तस्बिरहरु)

पहिलो पटक नेपालमा आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी प्रदर्शन(तस्बिरहरु)

विश्वकप हुनुअघि विभिन्न देशमा ट्रफी प्रदर्शन गर्ने क्रममा सोमबार राष्ट्रपति कार्यालयमा प्रदर्शन गरिएको छ। आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी पहिलो पटक ल्याइएको हो ।
रास्वपा र नागरिक उन्मुक्ति पार्टी छाडेका नेताहरुसँगको ९ बुँदे सहमतिमा के छ ?

रास्वपा र नागरिक उन्मुक्ति पार्टी छाडेका नेताहरुसँगको ९ बुँदे सहमतिमा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टी छाडेका नेताहरुसँग ९ बुँदे सहमति गरेको छ । थरुहट थारूवान अभियन्ता र रास्वपाबीच भएको ९ बुँदे सहमति  यस्तो छ ।