नेभिगेशन
समाज

नेकपाको हामीले जुन आकांक्षा राखेका थियौं, त्यसलाई ओलीले धराशायी बनाइ दिएः भीम रावल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका मातृभूमि जागरण अभियानका संयोजक डा भीम रावलले केपी ओलीले कम्युनिष्ट पार्टीलाई अघि बढाउन नसक्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा रावलले ओलीकै कारण कम्युनिष्ट पार्टी पटक–पटक बिभाजन भएको भन्दै अव ओलीले कम्युनिष्ट पार्टीलाई अघि बढाउन नसक्ने बताएका हुन । उनले भने, ‘नेकपाको हामीले जुन एउटा आकांक्षा राखेका थियौं, त्यलाई केपी ओली भन्ने झापा निवासी एकजना व्यक्तीले धराशायी बनाइ दियो ।’

Ncell
Extreme Energy

त्यस्तै, रावलले एमालेमा रहेका नेताहरुलाई नेपाली कम्युनिस्ट पार्टीमा आउन आह्वान समेत गरेका छने । रावलले एक जनाको अहङ्कार, सत्ता स्वार्थ, विरोधीको साथमा सत्ता लिप्लामा लागेर नेकपा ध्वस्त भएको बताए ।

उनले पार्टीको महाधिवेशनमा आफु मात्रै बोल्ने र समाप्त गर्ने ओलीको अभिव्यक्ति लोकतन्त्र विरोधी रहेको आरोप लगाए । रावलले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलगायतलाई ओलीले पार्टीबाट निकाल्न खोजको दावी गरे ।

आफ्नै पार्टीका नेताहरुलाई निकाल्न खोज्न व्यक्तिले घर फर्क भन्दै आह्वान गर्नु फटाहा कुरा भएको उनले बताए । रावलले कम्युनिस्ट पार्टीका नाममा कार्यकता, नेता र देशलाई दिगभ्रमित गर्नेबाट जोगाउन बलियो कम्युनिस्ट पार्टी आवश्यक रहेको उल्लेख गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीलाई पहिलो पार्टी बनाउदै देशको बिकास र समृद्धिमा ध्यान केन्द्रीत गर्ने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहित प्रतिपक्ष दलका नेताहरुले सरकारको आलोचना गरेका थिए ।
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।