नेभिगेशन
मुख्य समाचार
एनपीएल सिजन–२

लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले हरायो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा आएको भएको खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको चितवन १४३ रनको लक्ष्य दिएको थियो ।  लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर चितवनले दिएको लक्ष्य पूरा गर्यो ।

लुम्बिनीका लागि गुल्बादिन नइबले सर्वाधिक अविजित ४४ रन बनाए । उनले २४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । कप्तान रोहित पौडेल ३९, सन्दीप जोराले २८, डार्सी सर्ट ११, दीलिप नाथ १० रनमा आउट भए । जेजे स्मित ४ रनमा अविजित रहे । बलिङमा चितवनका रिजन ढकालले २ र सोहिल तन्विरले एक विकेट लिए ।

CG

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ६५ रन बनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिजेल र मट्टीतेलको मूल्य लिटरमै ३ रुपैयाँले बढ्यो

डिजेल र मट्टीतेलको मूल्य लिटरमै ३ रुपैयाँले बढ्यो

निगमले पेट्रोल र खाना पकाउने ग्यासको मूल्य यथावत राखेको छ  भने हवाई इन्धन आन्तरिक र बाह्य दुवैतर्फको मूल्य घटेको छ। निगमकाअनुसार डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रुपैयाँले...
‘नयाँ खोज्ने नाममा देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’–कांग्रेस

‘नयाँ खोज्ने नाममा देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’–कांग्रेस

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा जानकारी दिन कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नयाँ खोज्ने नाममा देशलाई प्रयोशाला बनाउन नहुने धारणा राखे...
संसद् पुनस्थापनाको मुद्दा अबिलम्व फैसला गर्न एमाले अध्यक्ष ओलीको माग

संसद् पुनस्थापनाको मुद्दा अबिलम्व फैसला गर्न एमाले अध्यक्ष ओलीको माग

उनले सरकारले जे गर्दा पनि हुन्छ भन्ने सोच्यो भने त्यो देश र सरकारकै लागि पनि अनिष्ट हुने चेतावनी दिए । फागुन २१ गते निर्वाचनको मिति तय गरिएपनि हिमाली...
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

अवरुद्ध नेपाल–चीन जोड्ने कोरला सडकअन्तर्गत आज बिहानदेखि हिउँ पन्छाएर लोमान्थाङसम्मको सडक सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालयसहित लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त पहलमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)...