नेभिगेशन
मुख्य समाचार

घरको ताला फोरेर सुनका गहना चोरी गर्ने पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले मध्यवानेश्वरमा सुन चाँदीका गरगहनालगायतका सामग्री चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त बानेश्वरको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–३१ मध्ये बानेश्वरस्थित एक घरको कोठाको ताला फोरेर सुनका गरगहनासहित सामान चोरी गर्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय सागर विश्वकर्मालाई पक्राउ गरी शुक्रबार  सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले घरको कोठा फार्न प्रयोग हुने विभिन्न सामान र चोरीका सामानसहित विश्वकर्मालाई पक्राउ गरिएको जानकारी दिए । 

पक्राउ विश्वकर्मासँग प्रहरीले एक थान खुकुरी,  सुनको औँठी एक थान, सुनको बाला एक थान, सुनको झुम्का एक थान, मोतीको माला एक थान, सुनको पाउजु एक थान, चाँदीको सिक्का एक थान बरामद गरेको छ ।

यस्तै, विदेशी मुद्राको सिक्का २२ थान, फलामको रेन्ची दुई थान, सोनी कम्पनीको क्यामेरा दुई थान, क्यामेराको चार्जर दुई थान, भिडियो प्लेयर एक थान, मेमोरी कार्ड एक थान, सुनचाँदीको विल २७ थान बरामद गरिएको प्रवक्ता भट्टराईले बताए । 

पक्राउ परेका विश्वकर्मालाई प्रहरीले जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मुग्लिन–पोखरा सडक दैनिक चार घण्टा बन्द गरेर  विजयपुरमा ‘ग्रीडर लन्चिङ’

मुग्लिन–पोखरा सडक दैनिक चार घण्टा बन्द गरेर  विजयपुरमा ‘ग्रीडर लन्चिङ’

मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले विहान ०६ बजेदेखि ८ बजेसम्म र दिउसो १२ बजेदेखी २ बजेसम्म सडक बन्द हुने जनाएको छ ।
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते

गए राति १०ः०० बजेको समयमा डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना४३प ३४३६ नंको  मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा तीन जना गम्भीर घाइते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु...
कोशी र गण्डकी प्रदेशमा हल्का वर्षारहिमपातको सम्भावना

कोशी र गण्डकी प्रदेशमा हल्का वर्षारहिमपातको सम्भावना

कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता

तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता

तराई/मधेसको लाइफ लाइन मानिने हुलाकी राजमार्गअन्तर्गतको यो पुल २०६८ सालमा तीन वर्षभित्र सक्ने गरी सम्झौता भएको भए पनि १४ वर्ष बितिसक्दा पनि अपूरै रहेको थियो । मन्त्री घिसिङले...