नेभिगेशन
समाज

निवर्तमान आईजीपी कार्कीको रिट न्यायाधीशद्वय निरौला र पौडेलको इजलासमा

काठमाडौँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको रिट निवेदन संयुक्त इजलासमा तोकेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासको दोस्रो नम्बरमा कार्कीको रिट पेसीमा चढेको हो । 

Marvel
Extreme Energy

सरकारले १८ कात्तिकमा कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा पदस्थापन गरेको थियो । एआईजी मनोज केसीलाई आईजीपी नियुक्त गरेको थियो । आफूलाई कानुनविपरित अन्यायपूर्वक हटाएको भन्दै कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका हुन् । 

कार्कीको रिटमा मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो । साथै रिटलाई अग्राधिकार दिँदै आजलाई पेसी तोकेको थियो । अन्तरिम आदेश दिने सम्बन्धमा दुबै पक्षलाई छलफलमा बोलाएको थियो । 

तर आईजीपी मनोज केसीले म्याद तामेल नगरेपछि ७ गते न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको पेसी स्थगित भएको थियो । 

आज कार्कीको रिटमा सुनुवाइ भएमा अन्तरिम आदेश दिने वा नदिने निर्णय हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हात्तीको आक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु

रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ ।
अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता : महावीर पुन

अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता : महावीर पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउन हरसम्भव प्रयत्न गरिरहेको बताएका छन् ।
आज महिला हिंसा उन्मूलन दिवसः प्रत्येक दश मिनेटमा एक महिला तथा बालिकाको हत्या

आज महिला हिंसा उन्मूलन दिवसः प्रत्येक दश मिनेटमा एक महिला तथा बालिकाको हत्या

महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ ।