नेभिगेशन
समाज

मुग्लिन–पोखरा सडक दैनिक चार घण्टा बन्द गरेर  विजयपुरमा ‘ग्रीडर लन्चिङ’

कास्की । पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले विहान ०६ बजेदेखि ८ बजेसम्म र दिउसो १२ बजेदेखी २ बजेसम्म सडक बन्द हुने जनाएको छ ।

Ncell
Extreme Energy

योजना प्रमुख कृष्णबहादुर कुँबरले दैनिक चार घण्टा सडक पूर्ण/आंशिक रूपमा बन्द रहने भएकाले पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने र बाहिरिने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको जानकारी दिए । उनले अवस्था हेरी प्रत्येक ३० मिनेटमा लाइन लागेका ट्राफिकलाई क्लियर गर्न सकिने समेत जानकारी दिए। 

योजना प्रमुख कुँबरले भने पोखरादेखि विजयपुर हुँदै तालचोक जाने र सोही रुट हुँदै आउने सवारी साधनलाई पूर्ण रूपमा बन्द गरी काम गर्नुपर्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित सबैमा आग्रह गरेका छौँ । सवारी चालकलाई तोकिएको समयमा वैकल्पिक सडक हुँदै यात्रा गर्न अनुरोध गरिएको छ ।” 

मुग्लिन–पोखरा सडक योजनाले दुई पाङ्ग्रे तथा साना सवारी साधनका लागि बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे आउने र जाने दुईतर्फी वैकल्पिक व्यवस्था गरिएको जनाएको छ ।

यसैगरी ठूला सवारीका लागि लेखनाको पावरहाउसचोकदेखि बागमारा हुँदै बिरौट आउने÷जाने दुई तर्फी रुट प्रयोग गर्न आग्रह गरिएको छ ।

देशको पर्यटकीय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने प्रमुख सडक पृथ्वीराजमार्ग स्तरोन्नतिका लागि मुग्लिङ–पोखरा सडक योजना अन्तरगत काम भइरहेको छ । 

मुग्लिङ–पोखरा सडकलाई दुई खण्डमा विभाजन गरी योजनाको काम भइरहेको हो । जामुनेदेखी आँबुखैरेनीसम्मको पूर्वी खण्डमा अधिकाँस काम सकिएपनि पोखरादेखी जामुनेसम्मको पश्चिम खण्डमा हालसम्म ५९ दशमलव ७६ प्रतिशत भौतिक प्रगति भएको योजना प्रमुख कुँबरले जानकारी दिए । 

यस खण्डको ३८ दशमलव ८८ किमीमा हालसम्म ३७ दशमलव चार किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ ।  त्यसमध्ये २९ दशमलव ६१ किमी खण्डमा चार लेन र सात दशमलव ७९ किमीमा दुई लेन कालोपत्र सम्पन्न भएको छ । 

यसैगरी यस खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका जनाउँदै आयोजना प्रमुख कुँवरले सेती नदीमा पुल निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले वनस्थलीबाट पार्टी कार्यालय सार्दै, खरिदका लागि उपयुक्त घर/जग्गा खोज्न शुभेच्छुकलाई आग्रह

रास्वपाले वनस्थलीबाट पार्टी कार्यालय सार्दै, खरिदका लागि उपयुक्त घर/जग्गा खोज्न शुभेच्छुकलाई आग्रह

हाल रास्वपाको केन्द्रीय पार्टी कार्यालय वनस्थलीस्थित चौमतिमा छ । तर उक्त स्थानमा पार्टीलाई पार्किङ लगायतका लागि ठाउँ पर्याप्त नभएको पार्टीका नेताहरुले बताउँदै आएका छन् ।
रास्वपाको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान

रास्वपाको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान

त्यस्तै पार्टीको आर्थिक व्यवस्थापन विभाग प्रमुखमा डा. मनोहर प्रधान नियुक्त भएका छन् भने कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य नियुक्त भएका छन् ।
रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले समिति सदस्य मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।
कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

गत वर्षको जेनजी आन्दोलनका कारण उलटपुलट भएको पार्टी हो कांग्रेस । जेनजी आन्दोलनले सरकार र संसद ढाल्यो, त्यही आन्दोलनको असरले कांग्रेसको नेतृत्व पनि ढाल्यो । गत पुसमा भृकुटीमण्डपमा...

भर्खरै