नेभिगेशन
मुख्य समाचार

देशलाई कमजोर पार्ने खेल चलिरहेका छन्ः प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशलाई कमजोर पार्ने खेल चलिरहेको बताएका छन् ।
शनिबार नेपाली कम्युनिस्ट पार्टी कार्यालय पेरिसडाडामा आयोजित जेनजीसंग नेकपा बिषयक अन्तरसम्वाद कार्यक्रममा प्रचण्डले राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता, सार्वभौमिकतालाई कमजोर पार्ने खेलहरु चलिरहेको भन्दै राष्ट्र पहिलो भन्न भावनाका साथ सवै पुस्ताका नेपालीहरू एकजुट भएर राष्ट्र बनाउने कुरामा उच्च प्राथमिकता दिन जारी रहेको बताए ।

जेनजीका बिचार, एजेण्डा र शक्तिलाई एकसाथ अघि बढाएर नेपाली र नेपाललाई बिजय गराउनुपर्ने बताए । त्यस्तै प्रचण्डले युवाहरूलाई बैचारिक, राजनीतिक, भावनात्मक रुपमा नयाँ नेपालको नयाँ नेतृत्वका रुपमा तयार पार्ने र आउने चूनावमा धेरै भन्दा धेरै युवाहरुलाई अवसर दिने बताए ।

प्रचण्डले जेनजी युवा पुस्ताहरुले मुलुकको सुशासनका लागि लिएको पहलकदमीले देशलाई नयाँ चेतनातर्फ अघि बढ्न उत्प्रेरित र बाध्य बनाएको उल्लेख गरे। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेसमा अव विषेश महाधिवेशन निर्विकल्प होः गगन थापा

कांग्रेसमा अव विषेश महाधिवेशन निर्विकल्प होः गगन थापा

महामन्त्री थापाले पुस मसान्तभित्रमा आवधिक अधिवेशन पनि नगर्ने र विशेष महाधिवेशन पनि गर्दिन भन्न नपाइने जिकिर गरे । उनले आगामी मंसिर ११ गते बस्ने बैठकले पुस भित्र आवधिक...
निर्वाचन हुन्छ भन्ने भ्रम हो, कार्की सरकार असंवैधानिक छः केपी ओली

निर्वाचन हुन्छ भन्ने भ्रम हो, कार्की सरकार असंवैधानिक छः केपी ओली

जेनजीका नाममा आफैले केहि व्यक्ति बोलाएर, तालिम दिएर सुशासनका नाममा घृणा फैलाउने काम भइरहेको बताए । अध्यक्ष ओलीले बारामा नियोजित रुपमा एमालेको कार्यक्रम असफल बनाउने काम भएको भन्दै...
काठमाडौँमा एमालेको जनप्रदर्शन (तस्बिरहरु)

काठमाडौँमा एमालेको जनप्रदर्शन (तस्बिरहरु)

नेकपा (एमाले) बागमती प्रदेश कमिटीले प्रतिनिधिसभाको पुनर्स्थापना र गणतन्त्रको रक्षाको लागि प्रतिगमन बिरुद्ध आज जनप्रदर्शन गरेको छ। सो र्याली भृकुटीमण्डपबाट सुरू भई भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप...
मुग्लिन–पोखरा सडक दैनिक चार घण्टा बन्द गरेर  विजयपुरमा ‘ग्रीडर लन्चिङ’

मुग्लिन–पोखरा सडक दैनिक चार घण्टा बन्द गरेर  विजयपुरमा ‘ग्रीडर लन्चिङ’

मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले विहान ०६ बजेदेखि ८ बजेसम्म र दिउसो १२ बजेदेखी २ बजेसम्म सडक बन्द हुने जनाएको छ ।