नेभिगेशन
मुख्य समाचार

राज्यकोषमा भार नपरोस भनेर न्यूनतम खर्च र कम जनशक्तिबाट काम चलाइएको छः प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ । प्रधानमन्त्रीको स्वकीय सचिवालयमा कर्मचारी नियुक्तिको विषयमा प्रकाशित/प्रसारित सामग्रीलाई लिएर आफुहरुको गम्भीर ध्यानाकर्षण भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सोमबार प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्ती अनुसार जेनजी आन्दोलनको बलमा स्थापित अन्तरिम सरकारका  प्रधानमन्त्री मितव्ययिता, पारदर्शिता र जवाफदेहिताका सन्दर्भमा जिम्मेवार र संवेदनशील रही सोहीअनुरुपको आचरण र व्यवहार गर्दै आएको जनाएको छ । राज्यकोषमा कमभन्दा कम भार परोस् र छरितो रुपमा काम गर्न सकियोस् भनेर निकै कम जनशक्तिबाट प्रधानमन्त्रीको सचिवालय सञ्चालन गरिदै आएको सचिवालयले विज्ञप्ती मार्फत जनाएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौँ संशोधन २०८१) को ३ (३) मा ‘स्वकीय सचिवालयका प्रमुख स्वकीय सचिव प्रधानमन्त्रीबाट नियुक्त हुने र अन्य पदमा प्रधानमन्त्रीको निर्देशनमा प्रमुख स्वकीय सचिवले नियुक्त गर्न सक्ने’ व्यवस्था छ। सोही व्यवस्थाबमोजिम प्रधानमन्त्रीज्यूले आफूले भरोसा गर्न सक्ने व्यक्तिलाई प्रमुख स्वकीय सचिव नियुक्त गरिएको जनाएको छ ।

सचिवालयले भनेको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको परिवारमा आफूसँग श्रीमान् मात्र रहनुभएको र उहाँहरुको वृद्ध उमेरको कारण पारिवारिक रुपमा सहयोग गर्न सक्ने विश्वासिलो व्यक्ति प्रधानमन्त्रीज्यूले छनोट गरी नियुक्त गर्नुभएको हो। प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घण्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न अनुरोध छ।’

त्यस्तै, यसबाहेक अन्य नियुक्तिहरुमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रुपमा जोडिएको र कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको देखिएकोले त्यसो नगरिदिन हुन पनि प्रधानमन्त्रीको सचिवालयले अनुरोध छ।

प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘कार्यविधिअनुसार ७ जना सल्लाहकार राख्न सक्ने दरबन्दी भए पनि हाल २ जना मात्र नियुक्त हुनुभएको छ। १९ जना विज्ञ कर्मचारी राख्न सक्ने दरबन्दी भए पनि ४ जना मात्र नियुक्त गरिएको छ, जसमध्ये एक जना अवैतनिक हुनुहुन्छ। स्वकीय सचिवालयमा ४१ जनाको दरबन्दी रहे पनि १४ जना मात्र कार्यरत हुनुहुन्छ।’

प्रधानमन्त्रीको सचिवालयमा जम्मा ६७ जनाको दरबन्दी रहेको र विगतका सरकारहरुले प्रायः ती सबैमा पदपूर्ति गरी आएकामा हालको सचिवालयले अत्यन्त जरुरी र नगरी नहुने कामका लागि मात्र निकै कम जनशक्तिको अर्थात् २० जनाको मात्र सचिवालय बनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै, जेनजी आन्दोलनको मर्म र भावनाअनुसार सुशासन कायम गर्दै स्वच्छ, निष्पक्ष, भयरहित ढंगले निर्वाचन गर्न सरकार लागिपरिहेका बेला यसबाट ध्यानभंग गराउने उद्देश्यले आएका सामग्रीहरुमा विश्वास नगर्न सबै पक्षहरुलाई प्रधानमन्त्रीको सचिवालयले अनुरोध गरेको छ।

Screenshot-(102)-1763969476.png
 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विराटनगरद्वारा जनकपुरसामु १३६ रनको लक्ष्य

विराटनगरद्वारा जनकपुरसामु १३६ रनको लक्ष्य

विराटनगरले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १३५ रन बनाएको हो । जनकपुर १३६ रनको लक्ष्यका साथ मैदान उत्रिदैछ । जनकपुरका तर्फबाट रुपशे सिंहले १२ ओभरमा १२...
खगेन्द्र सुनार नेतृत्वको पार्टीलाई दल दर्ताको प्रमाणपत्र वितरण, चुनाव चिन्ह ‘लाइक’

खगेन्द्र सुनार नेतृत्वको पार्टीलाई दल दर्ताको प्रमाणपत्र वितरण, चुनाव चिन्ह ‘लाइक’

सुनारलाई आज आयोगले दल दर्ताको प्रमाणपत्र वितरण गरेको छ । सुनार बाजागाजासहित निर्वाचन आयोग पुगेका थिए ।
नेपालको पहिलो र सरकारी स्वामित्वको विराटनगर जुट मिलको हालको अवस्था (तस्बिरहरु)

नेपालको पहिलो र सरकारी स्वामित्वको विराटनगर जुट मिलको हालको अवस्था (तस्बिरहरु)

पालको राजनीतिक आन्दोलनको पनि यो मिलसँग इतिहास जोडिएको छ । जुद्धशमशेरले १९९३ सालमा स्थापना गरेको यही उद्योग परिसरमा नेपाली कांग्रेसले २००६ सालमा ‘प्रजातन्त्र रेडियो’ सञ्चालन गरेको थियो। पूर्व...
एनपिएलमा आज दुई खेल हुँदै

एनपिएलमा आज दुई खेल हुँदै

विराटनगर र सुदूरपश्चिम अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छन् । अनिल साहको कप्तानीमा रहेको जनकपुर पहिलो खेलमै काठमाडौँ गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो । उपाधि दावेदारी प्रस्तुत...