नेभिगेशन
समाज

राज्यकोषमा भार नपरोस भनेर न्यूनतम खर्च र कम जनशक्तिबाट काम चलाइएको छः प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ । प्रधानमन्त्रीको स्वकीय सचिवालयमा कर्मचारी नियुक्तिको विषयमा प्रकाशित/प्रसारित सामग्रीलाई लिएर आफुहरुको गम्भीर ध्यानाकर्षण भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्ती अनुसार जेनजी आन्दोलनको बलमा स्थापित अन्तरिम सरकारका  प्रधानमन्त्री मितव्ययिता, पारदर्शिता र जवाफदेहिताका सन्दर्भमा जिम्मेवार र संवेदनशील रही सोहीअनुरुपको आचरण र व्यवहार गर्दै आएको जनाएको छ । राज्यकोषमा कमभन्दा कम भार परोस् र छरितो रुपमा काम गर्न सकियोस् भनेर निकै कम जनशक्तिबाट प्रधानमन्त्रीको सचिवालय सञ्चालन गरिदै आएको सचिवालयले विज्ञप्ती मार्फत जनाएको हो ।

Ncell
Extreme Energy

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौँ संशोधन २०८१) को ३ (३) मा ‘स्वकीय सचिवालयका प्रमुख स्वकीय सचिव प्रधानमन्त्रीबाट नियुक्त हुने र अन्य पदमा प्रधानमन्त्रीको निर्देशनमा प्रमुख स्वकीय सचिवले नियुक्त गर्न सक्ने’ व्यवस्था छ। सोही व्यवस्थाबमोजिम प्रधानमन्त्रीज्यूले आफूले भरोसा गर्न सक्ने व्यक्तिलाई प्रमुख स्वकीय सचिव नियुक्त गरिएको जनाएको छ ।

सचिवालयले भनेको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको परिवारमा आफूसँग श्रीमान् मात्र रहनुभएको र उहाँहरुको वृद्ध उमेरको कारण पारिवारिक रुपमा सहयोग गर्न सक्ने विश्वासिलो व्यक्ति प्रधानमन्त्रीज्यूले छनोट गरी नियुक्त गर्नुभएको हो। प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घण्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न अनुरोध छ।’

त्यस्तै, यसबाहेक अन्य नियुक्तिहरुमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रुपमा जोडिएको र कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको देखिएकोले त्यसो नगरिदिन हुन पनि प्रधानमन्त्रीको सचिवालयले अनुरोध छ।

प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘कार्यविधिअनुसार ७ जना सल्लाहकार राख्न सक्ने दरबन्दी भए पनि हाल २ जना मात्र नियुक्त हुनुभएको छ। १९ जना विज्ञ कर्मचारी राख्न सक्ने दरबन्दी भए पनि ४ जना मात्र नियुक्त गरिएको छ, जसमध्ये एक जना अवैतनिक हुनुहुन्छ। स्वकीय सचिवालयमा ४१ जनाको दरबन्दी रहे पनि १४ जना मात्र कार्यरत हुनुहुन्छ।’

प्रधानमन्त्रीको सचिवालयमा जम्मा ६७ जनाको दरबन्दी रहेको र विगतका सरकारहरुले प्रायः ती सबैमा पदपूर्ति गरी आएकामा हालको सचिवालयले अत्यन्त जरुरी र नगरी नहुने कामका लागि मात्र निकै कम जनशक्तिको अर्थात् २० जनाको मात्र सचिवालय बनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै, जेनजी आन्दोलनको मर्म र भावनाअनुसार सुशासन कायम गर्दै स्वच्छ, निष्पक्ष, भयरहित ढंगले निर्वाचन गर्न सरकार लागिपरिहेका बेला यसबाट ध्यानभंग गराउने उद्देश्यले आएका सामग्रीहरुमा विश्वास नगर्न सबै पक्षहरुलाई प्रधानमन्त्रीको सचिवालयले अनुरोध गरेको छ।

Screenshot-(102)-1763969476.png
 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ओलीलक्षित योगेशको टिप्पणी– पार्टीमा रडाको, उही छापामार शैली !

ओलीलक्षित योगेशको टिप्पणी– पार्टीमा रडाको, उही छापामार शैली !

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले दुई पार्टीमा रडाको हुँदाहुँदै छापामार शैलीमा प्रदेश सरकारमा सहमति गरिएको टिप्पणी गरेका छन्
लुम्लेमा रातभरिमा २०० मिलिमिटर माथि वर्षा

लुम्लेमा रातभरिमा २०० मिलिमिटर माथि वर्षा

। जल तथा मौसम विज्ञान विभागका अनुसार कास्कीको लुम्लेमा आइतबार रातभरिमा २१६.८ मिलिमिटर वर्षा भएको छ ।
नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनापछि चिकित्सकमाथि भएको आक्रमण आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
म्याग्दीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, बाटो अवरुद्ध हुँदा प्रहरी अझै पुग्न सकेन

म्याग्दीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, बाटो अवरुद्ध हुँदा प्रहरी अझै पुग्न सकेन

अविरल वर्षासँगै आएको बाढी र पहिरोले घर पुरिँदा म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीमा एक जनाको मृत्यु भएको छ ।