नेभिगेशन
मुख्य समाचार

विकास निर्माणमा बजेट रोक्का मुख्य अवरोधः मन्त्री  घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विकास खर्च कम देखिनुको मुख्य कारण सरकारी बजेट रोक्का भएको बताएका छन् ।

राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा मन्त्री घिसिङले तीन मन्त्रालयअन्तर्गत मात्र रु एक खर्ब ९५ अर्ब बराबरको बजेट रोक्का हुँदा अधिकांश काम प्रभावित भएको स्पष्ट पारे । उनले सहरी विकास मन्त्रालयमा मात्र करिब रु ६१ अर्ब बजेट रोक्का भएको उल्लेख गर्दै प्रगति कम देखिएको बताए । पहिलो त्रैमासिकमा देखिएको प्रगति बजेट रोक्काको अवस्थामा सकारात्मक रुपमा लिनुपर्ने उनको भनाइ थियो ।

“रोक्का भएको बजेट घटाएर हेर्ने हो भने प्रगति प्रतिशत २० प्रतिशतभन्दा माथि पुग्छ । अहिले देखिएको कम खर्च वास्तविक कमजोरी होइन, रोकिएको बजेटकै प्रभाव हो,” मन्त्री घिसिङले भने, “पहिलो त्रैमासिकमा प्रगति सधैँ कम हुन्छ । त्यो माथि पनि यसपालि जेनजी आन्दोलनका कारणले धेरै प्रोजेक्टमा अगाडि बढ्न समस्या भयो ।”

बजेट रोक्कापछिको दोस्रो ठूला अवरोध जेनजी आन्दोलन र विभिन्न परियोजनास्थलमा काम बन्द हुनु रहेको मन्त्री घिसिङले बताए । यस्तै, कामै नगर्ने निर्माण व्यवसायीलाई  कडाइका साथ कारबाही थालिएको उनले जानकारी दिए । दुई सय ६९ परियोजना ठेक्का तोड्ने प्रक्रियामा अहिलेसम्म ४९ ठेक्का आधिकारिक रूपमा भङ्ग गरिएको उनले समितिलाई जानकारी दिए ।

केही योजना जथाभावी राखिएको स्वीकार गर्दै मन्त्री घिसिङले त्यस्ता बजेट कटौती गर्न आफू सहमत रहेको बताए । उनले त्यस्ता बजेट कटौती गरी जुम्ला, हुम्लालगायत ठाउँमा अत्यावश्यक पुल तथा जीवनरक्षाका पूर्वाधारलाई फुकुवा गर्नुपर्ने बताए । मन्त्री घिसिङले भने, “अर्थमन्त्रालय र प्रधानमन्त्रीसँग यस विषयमा निरन्तर छलफल भइरहेको छ”, ।

उनले पुनर्निर्माणका संरचनाको डिजाइन तथा निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए । ऊर्जा, सिँचाइ, सडक र सहरी विकासका दीर्घकालीन तथा केही अल्पकालीन परियोजना अब द्रुत गतिमा अघि बढ्ने उनको भनाइ थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विराटनगरद्वारा जनकपुरसामु १३६ रनको लक्ष्य

विराटनगरद्वारा जनकपुरसामु १३६ रनको लक्ष्य

विराटनगरले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १३५ रन बनाएको हो । जनकपुर १३६ रनको लक्ष्यका साथ मैदान उत्रिदैछ । जनकपुरका तर्फबाट रुपशे सिंहले १२ ओभरमा १२...
खगेन्द्र सुनार नेतृत्वको पार्टीलाई दल दर्ताको प्रमाणपत्र वितरण, चुनाव चिन्ह ‘लाइक’

खगेन्द्र सुनार नेतृत्वको पार्टीलाई दल दर्ताको प्रमाणपत्र वितरण, चुनाव चिन्ह ‘लाइक’

सुनारलाई आज आयोगले दल दर्ताको प्रमाणपत्र वितरण गरेको छ । सुनार बाजागाजासहित निर्वाचन आयोग पुगेका थिए ।
राज्यकोषमा भार नपरोस भनेर न्यूनतम खर्च र कम जनशक्तिबाट काम चलाइएको छः प्रधानमन्त्रीको सचिवालय

राज्यकोषमा भार नपरोस भनेर न्यूनतम खर्च र कम जनशक्तिबाट काम चलाइएको छः प्रधानमन्त्रीको सचिवालय

सोमबार प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्ती अनुसार जेनजी आन्दोलनको बलमा स्थापित अन्तरिम सरकारका  प्रधानमन्त्री मितव्ययिता, पारदर्शिता र जवाफदेहिताका सन्दर्भमा जिम्मेवार र संवेदनशील रही सोहीअनुरुपको आचरण र व्यवहार गर्दै आएको...
नेपालको पहिलो र सरकारी स्वामित्वको विराटनगर जुट मिलको हालको अवस्था (तस्बिरहरु)

नेपालको पहिलो र सरकारी स्वामित्वको विराटनगर जुट मिलको हालको अवस्था (तस्बिरहरु)

पालको राजनीतिक आन्दोलनको पनि यो मिलसँग इतिहास जोडिएको छ । जुद्धशमशेरले १९९३ सालमा स्थापना गरेको यही उद्योग परिसरमा नेपाली कांग्रेसले २००६ सालमा ‘प्रजातन्त्र रेडियो’ सञ्चालन गरेको थियो। पूर्व...