नेभिगेशन
मुख्य समाचार

मुख्य सचिवमा  सुमनराज अर्याल नियुक्त

सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ । 

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिए । 

हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण यही मङ्सिर १० गते अनिवार्य अवकाशमा जाँदै छन् । बैठकले अतिरिक्त नायव महानिरिक्षक ईश्वर कार्कीलाई अतिरिक्त महानिरिक्षकमा बढुवा गर्ने निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषद् बैठकले युरोपियन युनियनको हरित ऊर्जा सम्बन्धी परियोजनाका लागि २५ दशमलव ५८ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने भैरहवाका विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ खारेज गर्दै सो क्षेत्रमा प्रतिवर्गमिटर भाडादर रु २० रहेकोमा त्यसलाई घटाएर रु ५ कायम गर्ने निर्णय गरेको छ । 

त्यस्तै नेपाल प्रहरीको हाल कायम रहेको स्वीकृत दरबन्दीभित्रै रहनेगरि केहि कार्यालयहरुको पद मिलान तथा दरबन्दी थपघट र संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री पुनले बताए । जेनजी आन्दोलनमा घाइतेहरुका लागि स्थापना गरिएको हेल्पडेक्समा १० जना स्वयंसेवक खटाउने र मासिक १५ हजारका दरले चार महिनासम्म काममा खटाउने निर्णय गरेको मन्त्री पुनले जानकारी दिए । 

बैठकले भूमिसम्बन्धी नवौ संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सर्वोच्च अदालतमा आगजनी गर्ने ५ जना पक्राउ

सर्वोच्च अदालतमा आगजनी गर्ने ५ जना पक्राउ

पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी रहेको आज आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । प्रहरीले एक...
प्रधानमन्त्री भेट्न गएका जेन–जी समुह सिंहदरबारको गेटमा मागपत्र टाँसेर फर्किए

प्रधानमन्त्री भेट्न गएका जेन–जी समुह सिंहदरबारको गेटमा मागपत्र टाँसेर फर्किए

सोमबार विभिन्न माग सहितको ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री कार्यालय गएका मिराज ढुंगाना नेतृत्वको जेनजी समुहले प्रधानमन्त्री कार्कीलाई मागपत्र बुझाउन नपाएपछि सिंहदरबारको गेटमै आफ्ना माग पत्र टाँसेर फर्किएका हुन ।...
एनपीएलमा सट्टेबाजीः १० जना पक्राउ, २ करोड ५ लाखको कारोबार

एनपीएलमा सट्टेबाजीः १० जना पक्राउ, २ करोड ५ लाखको कारोबार

पक्राउ परेकाहरूले २ करोड ५ लाखको कारोबार गरेको देखिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले बताए ।
टिओबीबारे प्रहरीको अनुसन्धान कहाँ पुग्यो ? के के पत्ता लाग्यो ?

टिओबीबारे प्रहरीको अनुसन्धान कहाँ पुग्यो ? के के पत्ता लाग्यो ?

जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टिओबीका मुख्य व्यक्ति भनिने तेन्जिन दावा लामा हिरासतमै रहेको र जेनजी आन्दोलनमा टिओबी समूहको भूमिकाका बारेमा अनुसन्धान जारी रहेको...