नेभिगेशन
मुख्य समाचार

एक महिनामा रसुवागढी नाकामा ‘बेलीब्रिज’ निर्माण समपन्न हुने

रसुवा । नेपाल–चीन जोड्ने रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलीब्रिज तयारीको कामले तीव्रता पाएको छ ।
        
दैनिक ३०–३५ जना चिनियाँ कामदारसहितको प्राविधिक समूह आधुनिक उपकरणको समेत प्रयोग गरी उच्च प्राथमिकताका साथ निर्माण प्रक्रियमा जुटेसँगै मितेरी पुलका रुपमा परिचित सो बेलीब्रिज अब छिट्टै बन्ने अवस्थामा पुगेको हो ।
 
गत असारमा ल्हेन्देखोलामा आएको बाढीले रसुवागढी नाकास्थित अन्तरराष्ट्रियस्तरको पक्की पुल बगाएपछि चीन सरकारको सहयोगमा निर्माण भइरहेको बेलीब्रिज अबको एक महिनाभित्र तयार भइसक्ने स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको भनाइ छ ।
 
चिनियाँ पक्षका अनुसार यसअघि नै तयार गरिसक्ने योजनाका साथ काम सुरु भए पनि लगातारको वर्षासहित नदी तथा खोलामा आएको बाढीका कारण कामले गति लिन नसक्दा निर्माण कार्य ढिलो हुन पुगेको हो ।  खोलामा पानीको बहाव नघट्दा, बिच्छ्याइएका हिमपाइप पटकपटक बगाउँदा र बेलीब्रिज निर्माणका क्रममा जडान गरिएको फलामका पत्ता एक्कासि लच्केपछि त्यसलाई निकालेर अर्को जडान गर्नुपर्दा अपेक्षा गरिएअनुसारको समयसीमाभित्र काम पूरा हुन नसकेको सम्बद्ध प्राविधिको भनाइ छ ।   
 
स्थानीय बासिन्दाका अनुसार आवश्यक जनशक्तिको व्यवस्थासहित तीनवटा ‘जोमक्रेन’ समेत परिचालन गरिएकाले आगामी ‘डिसेम्बर’ सम्म निर्माणाधीन बेलीब्रिज तयार भई दुई देशबीचको आवतजावत सहज हुनेछ ।  
 
उच्च रफ्तारका साथ काम गरिरहेको चिनियाँ प्राविधिक टोलीले विकट भूगोल र पूर्वानुमान गरिएभन्दा असहज किसिमको मौसमका कारण काममा विलम्ब भएको स्पष्ट गर्दै समयसीमा किटान नगरीकन यथासक्य छिटो बेलीब्रिज निर्माणमा आफूहरू खटिरहेको स्पष्ट गरेको छ ।
 
स्थानीय गोसाइँकुण्ड गाउँपालिका–२ का अध्यक्ष कामीछिरिङ तामाङ उपकरणको व्यवस्थासहित बेलीबिज्र निर्माणमा भइरहेको प्रगति र चिनियाँ पक्षको प्राथमिकतालाई हेर्दा अबको एक महिनामा मितेरीपुल निर्माण सम्पन्न हुने बताउँछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
उदयपुरमा ४५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

उदयपुरमा ४५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

खत्रीको साथबाट डाइजेपाम १५० एम्पुल, फेनारगन १५० एम्पुल र ब्रुपिनोर्फिन १५० एम्पुल गरी जम्मा ४५० एम्पुल प्रतिबन्धित लागू औषध बरामद गरिएको छ। साथै नगद ३८ हजार ६० रुपैयाँ,...
आशिका तामाङले प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने

आशिका तामाङले प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने

उनले भनेकी छन्, ‘म कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयका साथ आगामी हुने संसद् निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी...
पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा

पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत मङ्सिर मसान्तसम्ममा १८ दशमलव सात प्रतिशतले वृद्धि...
नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी: सरकारी अध्ययन

नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी: सरकारी अध्ययन

प्रतिव्यक्ति सबैभन्दा बढी जीवन चक्र घाटा ६५ वर्ष र सोभन्दा माथि उमेर समूहमा रहेको छभने समग्रमा सबैभन्दा बढी घाटा ०–२४ वर्ष उमेर समूहमा देखिन्छ । प्रतिव्यक्ति उपभोग २५–...