नेभिगेशन
मुख्य समाचार

टिओबीबारे प्रहरीको अनुसन्धान कहाँ पुग्यो ? के के पत्ता लाग्यो ?

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनमा टिओबी समूहको भूमिकाका बारेमा अनुसन्धान जारी नै रहेको जनाएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टिओबीका मुख्य व्यक्ति भनिने तेन्जिन दावा लामा हिरासतमै रहेको र जेनजी आन्दोलनमा टिओबी समूहको भूमिकाका बारेमा अनुसन्धान जारी रहेको जनाएको हो । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले टिओबीको लोगोको डिजाइन हिरासतमै रहेका तेन्जिनले गरेको खुलेको बताए । 

भाद्र २३ गते १२ बजेको समयमा बिजलीबजार पुगेर बाइक पड्काउदै नारा जुलुस गर्नुका साथै सो समूहले भीडलाई उत्तेजित गर्ने काम गरेको भट्टराईले बताए । तेन्जिनले आफुलाई आधा तिबेतियन भएको कुरा प्रहरीलाई भनेको र सो समूहमा तेन्जिन बाहेक अरु सबै सदस्य नेपाली मूलको भएको खुलेको प्रहरीले जनाएको छ । त्यस्तै हिरासतमा रहेका तेन्जिनले आफुले भीडमा गएर उत्तेजित गर्ने काम गरेर गल्ती गरेको बताएको प्रवक्ता भट्टराईले जानकारी दिए । 

त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गराएको आरोपमा १० जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ परेकाहरूले २ करोड ५ लाखको कारोबार गरेको देखिएको परिसरका प्रवक्ता भट्टराईले बताए । 

नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि करिब ४ सय जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ । त्यसैगरि भट्टराईले काठमाडौँको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्कमा एक महिलाको हत्या आरोपमा २४ बर्षिय सुर्य थापालाई पक्राउ गरि अनुसन्धान भइरहेको र पक्राउ परेका थापाले हत्या गरेको स्वीकार गरेको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै हुन्छः मन्त्री खरेल

प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै हुन्छः मन्त्री खरेल

जिल्ला समन्वय समितिको सभा हलमा सोमबार भएको कार्यक्रममा उनले सरकारले चुनावका लागि वातावरण बनाइरहेकाले चुनाव हुँदैन कि भनेर फैलाइने भ्रमलाई चिर्ने गरी काम गर्न निर्देशन दिएका हुन । ...
रास्वपा काठमाडौँ जिल्ला सभापति विष्टले फिर्ता लिए राजीनामा

रास्वपा काठमाडौँ जिल्ला सभापति विष्टले फिर्ता लिए राजीनामा

तर, सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थली पुुगेर विष्टले पार्टीमा बुुझाएको राजिनामा फिर्ता गरिपाउँ भन्दै निवेदन दिएको रास्वपाले जनाएको छ ।
सर्वोच्च अदालतमा आगजनी गर्ने ५ जना पक्राउ

सर्वोच्च अदालतमा आगजनी गर्ने ५ जना पक्राउ

पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी रहेको आज आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । प्रहरीले एक...
प्रधानमन्त्री भेट्न गएका जेन–जी समुह सिंहदरबारको गेटमा मागपत्र टाँसेर फर्किए

प्रधानमन्त्री भेट्न गएका जेन–जी समुह सिंहदरबारको गेटमा मागपत्र टाँसेर फर्किए

सोमबार विभिन्न माग सहितको ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री कार्यालय गएका मिराज ढुंगाना नेतृत्वको जेनजी समुहले प्रधानमन्त्री कार्कीलाई मागपत्र बुझाउन नपाएपछि सिंहदरबारको गेटमै आफ्ना माग पत्र टाँसेर फर्किएका हुन ।...