नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्री भेट्न गएका जेन–जी समुह सिंहदरबारको गेटमा मागपत्र टाँसेर फर्किए

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई माग पत्र बुझाउन जाने क्रममा सिंहदरबार प्रवेश गर्न नपाएपछि सिंहदरबारको दक्षिण गेटमा मागपत्र टाँसेर जेन जी समूह फर्किएको छन् ।

सोमबार विभिन्न माग सहितको ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री कार्यालय गएका मिराज ढुंगाना नेतृत्वको जेनजी समुहले प्रधानमन्त्री कार्कीलाई मागपत्र बुझाउन नपाएपछि सिंहदरबारको गेटमै आफ्ना माग पत्र टाँसेर फर्किएका हुन । भदौ २३ गते भएको सरकारपक्षको दमनका दोषिलाई कडा कारबाही गरिनु पर्ने र २४ गते जेनजीका नाममा अराजकता मच्चाउने तथा आगजनीमा संलग्न जो कोहीलाई कारबाही गर्नु पर्ने उनीहरुको भनाइ छ ।

भ्रष्टचार र सुशासनको मागलाई पुरा गर्न जेनजी सरकार गठन गरिएको दुई महिना बितिसक्दा पनि अहिले सम्म आशा गरिएका कुनै काममा अन्तरिम सरका अग्रसर नभएको भन्दै उनीहरुले चिन्ता समेत व्यक्त गरेका छन् । जेन–जीका हाल सम्मका सबै भ्रष्टाचार छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गर्नु पर्ने, गर। स्थिर सरकारका लागी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गर्नुपर्ने, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गरिनु पर्ने, जेन जी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गरिनु पर्ने ।

त्यस्तै, सहिद परिवार र घाइतेको उचित व्यवस्थापन गरिनु पर्ने, भदौं २३ गते शान्तिपूर्ण आन्दोलनमा भएको दमनको निष्पक्ष छानविन गरी दोषी उपर कडा कारबाही गर्नु पर्ने, भदौं २४ गतेको घटनालाई निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही हुनु पर्ने ।
जेन–जी आन्दोलन लगायतका राजनीतिक प्रतिशोधका आधारमा चलाएका मुद्दाहरू फिर्ता हुन पर्ने र विधिको शासन कायम गर्नु पर्ने ।

त्यसैले प्रादेशिक खर्चले देशलाई आर्थिक रूपमा धेरै पछाडि पुऱ्याएको छ प्रदेश सरकारका अनावश्यक खर्च व्यापक रूपमा घटाउन प्रदेश सरकारको पुनर्संरचना गरिनु पर्ने, यी कुराहरु संबिधान पुनरावलोकन र सुधार नगरी नहुने भएकाले तत्काल जनभावना बुझी संविधान सुधार गरी मात्र अर्थपूर्ण चुनाव तर्फ लागन माग रहेका छन्।Gen-Z_Team_Miraj-Dhungana_-(9)-1763986509.jpg
  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
११औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुन्छः महासचिव पोखरेल

११औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुन्छः महासचिव पोखरेल

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन प्रचार समितिको भेलालाई सोमबार सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको नीति तथा कार्यक्रम विधान महाधिवेशनले गरेकाले मङ्सिर २७ गतेबाट हुने राष्ट्रिय महाधिवेशन नेतृत्व चयनमा केन्द्रित...
प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै हुन्छः मन्त्री खरेल

प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै हुन्छः मन्त्री खरेल

जिल्ला समन्वय समितिको सभा हलमा सोमबार भएको कार्यक्रममा उनले सरकारले चुनावका लागि वातावरण बनाइरहेकाले चुनाव हुँदैन कि भनेर फैलाइने भ्रमलाई चिर्ने गरी काम गर्न निर्देशन दिएका हुन । ...
रास्वपा काठमाडौँ जिल्ला सभापति विष्टले फिर्ता लिए राजीनामा

रास्वपा काठमाडौँ जिल्ला सभापति विष्टले फिर्ता लिए राजीनामा

तर, सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थली पुुगेर विष्टले पार्टीमा बुुझाएको राजिनामा फिर्ता गरिपाउँ भन्दै निवेदन दिएको रास्वपाले जनाएको छ ।
सर्वोच्च अदालतमा आगजनी गर्ने ५ जना पक्राउ

सर्वोच्च अदालतमा आगजनी गर्ने ५ जना पक्राउ

पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी रहेको आज आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । प्रहरीले एक...