नेभिगेशन
समाज

प्रधानमन्त्री भेट्न गएका जेन–जी समुह सिंहदरबारको गेटमा मागपत्र टाँसेर फर्किए

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई माग पत्र बुझाउन जाने क्रममा सिंहदरबार प्रवेश गर्न नपाएपछि सिंहदरबारको दक्षिण गेटमा मागपत्र टाँसेर जेन जी समूह फर्किएको छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार विभिन्न माग सहितको ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री कार्यालय गएका मिराज ढुंगाना नेतृत्वको जेनजी समुहले प्रधानमन्त्री कार्कीलाई मागपत्र बुझाउन नपाएपछि सिंहदरबारको गेटमै आफ्ना माग पत्र टाँसेर फर्किएका हुन । भदौ २३ गते भएको सरकारपक्षको दमनका दोषिलाई कडा कारबाही गरिनु पर्ने र २४ गते जेनजीका नाममा अराजकता मच्चाउने तथा आगजनीमा संलग्न जो कोहीलाई कारबाही गर्नु पर्ने उनीहरुको भनाइ छ ।

Ncell
Extreme Energy

भ्रष्टचार र सुशासनको मागलाई पुरा गर्न जेनजी सरकार गठन गरिएको दुई महिना बितिसक्दा पनि अहिले सम्म आशा गरिएका कुनै काममा अन्तरिम सरका अग्रसर नभएको भन्दै उनीहरुले चिन्ता समेत व्यक्त गरेका छन् । जेन–जीका हाल सम्मका सबै भ्रष्टाचार छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गर्नु पर्ने, गर। स्थिर सरकारका लागी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गर्नुपर्ने, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गरिनु पर्ने, जेन जी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गरिनु पर्ने ।

त्यस्तै, सहिद परिवार र घाइतेको उचित व्यवस्थापन गरिनु पर्ने, भदौं २३ गते शान्तिपूर्ण आन्दोलनमा भएको दमनको निष्पक्ष छानविन गरी दोषी उपर कडा कारबाही गर्नु पर्ने, भदौं २४ गतेको घटनालाई निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही हुनु पर्ने ।
जेन–जी आन्दोलन लगायतका राजनीतिक प्रतिशोधका आधारमा चलाएका मुद्दाहरू फिर्ता हुन पर्ने र विधिको शासन कायम गर्नु पर्ने ।

त्यसैले प्रादेशिक खर्चले देशलाई आर्थिक रूपमा धेरै पछाडि पुऱ्याएको छ प्रदेश सरकारका अनावश्यक खर्च व्यापक रूपमा घटाउन प्रदेश सरकारको पुनर्संरचना गरिनु पर्ने, यी कुराहरु संबिधान पुनरावलोकन र सुधार नगरी नहुने भएकाले तत्काल जनभावना बुझी संविधान सुधार गरी मात्र अर्थपूर्ण चुनाव तर्फ लागन माग रहेका छन्।Gen-Z_Team_Miraj-Dhungana_-(9)-1763986509.jpg
  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले वनस्थलीबाट पार्टी कार्यालय सार्दै, खरिदका लागि उपयुक्त घर/जग्गा खोज्न शुभेच्छुकलाई आग्रह

रास्वपाले वनस्थलीबाट पार्टी कार्यालय सार्दै, खरिदका लागि उपयुक्त घर/जग्गा खोज्न शुभेच्छुकलाई आग्रह

हाल रास्वपाको केन्द्रीय पार्टी कार्यालय वनस्थलीस्थित चौमतिमा छ । तर उक्त स्थानमा पार्टीलाई पार्किङ लगायतका लागि ठाउँ पर्याप्त नभएको पार्टीका नेताहरुले बताउँदै आएका छन् ।
रास्वपाको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान

रास्वपाको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान

त्यस्तै पार्टीको आर्थिक व्यवस्थापन विभाग प्रमुखमा डा. मनोहर प्रधान नियुक्त भएका छन् भने कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य नियुक्त भएका छन् ।
रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले समिति सदस्य मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।
कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

गत वर्षको जेनजी आन्दोलनका कारण उलटपुलट भएको पार्टी हो कांग्रेस । जेनजी आन्दोलनले सरकार र संसद ढाल्यो, त्यही आन्दोलनको असरले कांग्रेसको नेतृत्व पनि ढाल्यो । गत पुसमा भृकुटीमण्डपमा...

भर्खरै