नेभिगेशन
मुख्य समाचार

रास्वपा काठमाडौँ जिल्ला सभापति विष्टले फिर्ता लिए राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ जिल्ला सभापतिले आफ्नो राजीनामा फिर्ता लिएका छन् ।

काठमाडौँ जिल्ला सभापति प्रदीप विष्टले पार्टी परित्याग गरेको खबर आइतबार सार्वजनिक भएको थियो । 

तर, सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थली पुगेर विष्टले पार्टीमा बुझाएको राजीनामा फिर्ता गरिपाउँ भन्दै निवेदन दिएको रास्वपाले जनाएको छ । 

‘उहाँले आज मैले दिएको राजीनामाको निवेदन फिर्ता गरि पाउँ भनी एक बाक्याशंको निवेदन दिनु भएको छ,’ रास्वपाका एक पदाधिकारीले सिधाकुरासँग भने ।

विष्टले किन राजीनामा दिएका थिए र किन फिर्ता लिए भन्ने अझै खुल्न सकेको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
११औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुन्छः महासचिव पोखरेल

११औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुन्छः महासचिव पोखरेल

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन प्रचार समितिको भेलालाई सोमबार सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको नीति तथा कार्यक्रम विधान महाधिवेशनले गरेकाले मङ्सिर २७ गतेबाट हुने राष्ट्रिय महाधिवेशन नेतृत्व चयनमा केन्द्रित...
प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै हुन्छः मन्त्री खरेल

प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै हुन्छः मन्त्री खरेल

जिल्ला समन्वय समितिको सभा हलमा सोमबार भएको कार्यक्रममा उनले सरकारले चुनावका लागि वातावरण बनाइरहेकाले चुनाव हुँदैन कि भनेर फैलाइने भ्रमलाई चिर्ने गरी काम गर्न निर्देशन दिएका हुन । ...
सर्वोच्च अदालतमा आगजनी गर्ने ५ जना पक्राउ

सर्वोच्च अदालतमा आगजनी गर्ने ५ जना पक्राउ

पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी रहेको आज आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । प्रहरीले एक...
प्रधानमन्त्री भेट्न गएका जेन–जी समुह सिंहदरबारको गेटमा मागपत्र टाँसेर फर्किए

प्रधानमन्त्री भेट्न गएका जेन–जी समुह सिंहदरबारको गेटमा मागपत्र टाँसेर फर्किए

सोमबार विभिन्न माग सहितको ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री कार्यालय गएका मिराज ढुंगाना नेतृत्वको जेनजी समुहले प्रधानमन्त्री कार्कीलाई मागपत्र बुझाउन नपाएपछि सिंहदरबारको गेटमै आफ्ना माग पत्र टाँसेर फर्किएका हुन ।...