नेभिगेशन
समाज

प्रधानमन्त्रीद्वारा दृष्टिविहीन महिला टी–२० विश्वकप उपविजेता नेपाली टोलीलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता भएको नेपाली टोलीलाई बालुवाटारमा बोलाएर बधाई दिएकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र अफिसियलसमेतलाई बोलाएर उनले पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा इतिहास रचेकोमा बधाई दिएकी हुन । नेपाली खेलकुदकै लागि ऐतिहासिक उपलब्धि र गौरवको विषय भन्दै उनले नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीलाई अझै प्रगतिको कामना पनि गरिन ।

Ncell
Extreme Energy

दृष्टिविहीन क्रिकेटलाई अघि बढाउन सरकारले आवश्यक सहयोग गर्ने बताइन । प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेल नेतृत्वको नेपाली टोली हालै श्रीलंकामा भएको प्रतियोगितामा दोस्रो भएको थियो । त्यस्तै, खेलाडीहरुले साधनस्रोतले सम्पन्न मुलुकका टोलीलाई पनि जितेर दोस्रो हुन सकेको र सरकारको साथ पाएमा च्याम्पियनसमेत बन्न सक्ने बताएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिर)

झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिर)

यो आयोजना जापान सरकारको ऋण सहायता र नेपाल सरकारको लगानीमा निर्माण गरिएको हो । प्रारम्भमा जापान सरकारको करिब साढे १६ अर्ब रुपैयाँ र नेपाल सरकारको ६ अर्ब रुपैयाँ...
नागढुंगा सुरुङबाट भित्रन र बाहिरिन कति लाग्छ शुल्क ?

नागढुंगा सुरुङबाट भित्रन र बाहिरिन कति लाग्छ शुल्क ?

सुरुङ मार्ग प्रयोग गरेवापत सवारी साधनका लागि विभिन्न शुल्क निर्धारण गरिएको छ । काठमाडौँ प्रवेश गर्दा कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीले ६५ रुपैयाँ शुल्क...
त्रिविको प्रश्नपत्र लिक गर्ने यसरी परे प्रहरी फन्दामा

त्रिविको प्रश्नपत्र लिक गर्ने यसरी परे प्रहरी फन्दामा

घटनापछि मन्त्री पोखरेलले विश्वविद्यालय र शैक्षिक प्रणालीलाई स्वच्छ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन्। उनले त्रिविको परीक्षा प्रणालीमा देखिएको यो विकृतिविरुद्ध कडा कदम चाल्ने स्पष्ट पारेका छन्।