नेभिगेशन
समाज

१० दिनसम्म बसपार्कको रोडमा महिलाको शव, ५०० रुपैयाँका कारण भएको थियो हत्या

काठमाडौँ । शनिबार बिहान काठमाडौँ महानगरका सफाइकर्मी फोहोर उठाउन काठमाडौँको बसपार्क पुगे । फोहोर उठाउने क्रममा उनीहरुले एउटा बोरामा फोहोरको पोको देखे । जब उनीहरुले त्यो फोहोरलाई गाडीमा हाल्ने लागे त्यो फोहोरबाट फरक गन्ध आयो । सफाइ कर्मचारीका लागि फोहोर गन्हाउनु नौलो कुरा थिएन । तर उक्त बोराबाट कुहएिको सिनु जस्तो गन्ध आइरहेको उनीहरुले चाल पाए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बोरामा प्याक गरिएका कारण त्यहाँ मरेको कुकुर हुनसक्ने उनीहरुले अनुमान लगाए । केहीबेरमै उक्त बोरामा मान्छेको शव पनि हुनसक्ने अनुमान सुरु भयो । सफाई कर्मचारीहरुले उक्त फोहोर नउठाइ त्यहाबाट निस्के र केही बेरमा प्रहरी त्यहाँ आइपुग्यो । 

Ncell
Extreme Energy

जब प्रहरीको टोलीले त्यो बोरा खोले, सबैजना चकित भए । त्यो बोरामा कुनै कुकुर वा जनावर नभएर मान्छेको शव रहेछ । 

उक्त बोरामा एक महिलाको शव थियो । तर, को कहाँको भन्ने खुलेन । केही प्रत्यक्षदर्शीहरुले त्यो बोरा १०/१५ दिनदेखि सोही स्थानमा रहेको बताए । केहीले अघिल्लो राति ल्याएको हुनसक्ने बताए । 

घटनास्थलको मुचुल्का तयार पारी प्रहरीले अनुसन्धान अघि बढायो । प्रहरीले शव निकाल्दा बाहिरी आवरणमा बोरा, त्यसको भित्र कालो प्लास्टिक र त्यो भन्दा भित्र तन्नामा बेरेर शव शव फालिएको थियो । 

प्रहरीले त्यही तन्नाको फेरो समातेर अनुसन्धान अघि बढायो । किनकी त्यो शवमा बेरिएको तन्नामा एउटा होटलको नाम लेखिएको थियो । उक्त होटल थियो टोखा नगरपालिका वडा नम्बर ९ मा रहेको होटल रोयल कुन्डला । 

अनुसन्धानको क्रममा मृतक युवतिको नाम माया भनेर चिनिने आयुषा मगर भएको खुलेको छ । उनी रुकुमको बताइएको छ । उनी करिब १५ दिनअघि आफ्नो साथी डोल्मासँग रातको करिब १२ बजे आसपासको समयमा सो होटलमा पुगेकी थिइन् । सो क्रममा मायाकी साथी डोल्मा होटलको टप फ्लोरमा रहेको कोठामा सुत्न गइन् । 

त्यो होटलमा २४ वर्षका सूर्य थापामगर कुकका रुपमा कार्यरत छन् । माया भने स्टाफ रुममा बसेर कुक सूर्य थापामगरसँग कुरा गर्न थालिन् । त्यहाँबाट माया सूर्यसँग ५ सय रुपैयाँ मागेर लागुऔषध ब्राउन सुगर किन्न गएको खुलेको प्रहरीले बताएको छ । 

प्रहरी अनुसन्धानका क्रममा माया लागु औषध सेवनकर्ता भएको र कुक सूर्य लागुपदार्थ सेवनकर्ता भएको खुलेको छ । माया फर्केर आएपछि सूर्यले रक्सी खानको लागि मायालाई आफूले दिएको रकम फिर्ता माग्न थाले । सो क्रममा उनीहरुको झगडा पर्यो । आफूलाई पैसा फिर्ता नदिएको झोकमा सूर्यले जुत्ताको तनाले घाँटीमा कसेर मायाको हत्या गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए । 

प्रहरीका अनुसार सूर्यले सोही स्टाफ रुममा रहेको तन्ना र सिरानीको खोलमा मायाको शव बेर्छन र फोहोर र्याप गर्ने कालो प्लाष्टिकमा राखेर फेरि बाहिरबाट बोरामा प्याक गरेर बाहिर लगेर फ्याकिँदिएको बयान दिएका छन् । 
सूर्य थापामगर अहिले प्रहरीको नियन्त्रणमा छन् । उनले आफूले मायाको हत्या गरेको स्वीकार गरेको पनि प्रहरीले बताएको छ । 

प्रहरी अनुसन्धानको क्रममा मायाको मृत्यु काक्तिक २६ गते भएको देखिएको छ । १० दिनदेखि एउटा मान्छेको शव काठमाडौँको सबैभन्दा व्यस्त मध्येको स्थानमा बोरामा प्याक भएर बसेको थियो । तर कसैले पत्तो पाएन । 
प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको बताएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले वनस्थलीबाट पार्टी कार्यालय सार्दै, खरिदका लागि उपयुक्त घर/जग्गा खोज्न शुभेच्छुकलाई आग्रह

रास्वपाले वनस्थलीबाट पार्टी कार्यालय सार्दै, खरिदका लागि उपयुक्त घर/जग्गा खोज्न शुभेच्छुकलाई आग्रह

हाल रास्वपाको केन्द्रीय पार्टी कार्यालय वनस्थलीस्थित चौमतिमा छ । तर उक्त स्थानमा पार्टीलाई पार्किङ लगायतका लागि ठाउँ पर्याप्त नभएको पार्टीका नेताहरुले बताउँदै आएका छन् ।
रास्वपाको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान

रास्वपाको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान

त्यस्तै पार्टीको आर्थिक व्यवस्थापन विभाग प्रमुखमा डा. मनोहर प्रधान नियुक्त भएका छन् भने कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य नियुक्त भएका छन् ।
रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले समिति सदस्य मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।
कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

गत वर्षको जेनजी आन्दोलनका कारण उलटपुलट भएको पार्टी हो कांग्रेस । जेनजी आन्दोलनले सरकार र संसद ढाल्यो, त्यही आन्दोलनको असरले कांग्रेसको नेतृत्व पनि ढाल्यो । गत पुसमा भृकुटीमण्डपमा...

भर्खरै