नेभिगेशन
समाज

महिलाका सन्दर्भमा बनेका राम्रा कानुन कार्यान्वयनमा समस्याः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रीपरिषद्मा महिला प्रतिनिधित्वका लागि प्रयास गरेको बताइन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार सिंहदरबारमा महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले अनुभवका आधारमा मन्त्रीपरिषद्मा मन्त्रीहरु चयन गरिएको भन्दै महिला प्रतिनिधित्वका लागि पनि प्रयास गरेको बताइन । राज्यका अन्य निकायमा महिला प्रतिनिधित्व सुनिश्चितताका लागि सरकार गम्भीर रहेको उनले बताएकी हुन ।

Ncell
Extreme Energy

प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरुले पनि महिला प्रतिनिधित्वमा ध्यान दिन नसकेको उल्लेख गरिन । महिलाहरू राजनीतिमार्फत नीति निर्माण तहमा पुग्ने सके मात्रै महिलाका सवालमा निर्णय गर्न सकिने उनको भनाइ छ । प्रधानमन्त्री कार्कीले महिलाका सन्दर्भमा बनेका राम्रा कानुन कार्यान्वयनमा समस्या देखिएको उल्लेख गरेकी थिइन ।

प्रत्येक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियान मनाइने गरिन्छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले वनस्थलीबाट पार्टी कार्यालय सार्दै, खरिदका लागि उपयुक्त घर/जग्गा खोज्न शुभेच्छुकलाई आग्रह

रास्वपाले वनस्थलीबाट पार्टी कार्यालय सार्दै, खरिदका लागि उपयुक्त घर/जग्गा खोज्न शुभेच्छुकलाई आग्रह

हाल रास्वपाको केन्द्रीय पार्टी कार्यालय वनस्थलीस्थित चौमतिमा छ । तर उक्त स्थानमा पार्टीलाई पार्किङ लगायतका लागि ठाउँ पर्याप्त नभएको पार्टीका नेताहरुले बताउँदै आएका छन् ।
रास्वपाको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान

रास्वपाको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान

त्यस्तै पार्टीको आर्थिक व्यवस्थापन विभाग प्रमुखमा डा. मनोहर प्रधान नियुक्त भएका छन् भने कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य नियुक्त भएका छन् ।
रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले समिति सदस्य मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।
कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

गत वर्षको जेनजी आन्दोलनका कारण उलटपुलट भएको पार्टी हो कांग्रेस । जेनजी आन्दोलनले सरकार र संसद ढाल्यो, त्यही आन्दोलनको असरले कांग्रेसको नेतृत्व पनि ढाल्यो । गत पुसमा भृकुटीमण्डपमा...

भर्खरै