नेभिगेशन
समाज

एमालेद्वारा प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एमालेको संसदीय दल (विघटित प्रतिनिधिसभा)को तर्फबाट महेश  बर्तौला र सुनिता बरालले असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभा पुनःस्थापनाको मागसहितको रिट निवेदन सर्वोच्चमा दायर गरेका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै रिट निवेदनमा प्रतिनिधिसभाको सदस्य नभएको, सर्वोच्च अदालतको प्रधान न्यायाधीश भईसकेको ब्यक्ति, कुनै राजनैतिक दलको संसदीय दलले समर्थन नगरेको, धारा ७६ तथा धारा १३२(२) विपरित गैर संवैधानिक तवरले नियुक्त भएका प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रथम दृष्टिमै असंवैधानिक भएकाले नियुक्ति बदर गर्न समेत माग गरिएको एमाले नेता महेश बर्तौलाले जानकारी दिए ।

Ncell
Extreme Energy

साथै सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपश्चात विपक्षीहरुबाट भए गरेका गैरकानूनी एवम् असंवैधानीक सम्पूर्ण काम कारवाही, निर्णय, नियुक्तिहरु समेत बदर गर्न माग गरिएको उनले बताए । त्यसैगरि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिई सकेको अवस्थामा नयाँ सरकार गठनको लागि संविधानको धारा ७६ बमोजिमको प्रकृया प्रारम्भ गर्नु भनी राष्ट्रपतिको नाममा परमादेश जारी गर्न समेत माग गरिएको बर्तौलाले बताए । उनले विषय बस्तुको गम्भीरता र संबेदनशिलतालाई मध्यनजर गरि प्रस्तुत विषयमा शिघ्र निर्णय हुने विश्वास रहेको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले वनस्थलीबाट पार्टी कार्यालय सार्दै, खरिदका लागि उपयुक्त घर/जग्गा खोज्न शुभेच्छुकलाई आग्रह

रास्वपाले वनस्थलीबाट पार्टी कार्यालय सार्दै, खरिदका लागि उपयुक्त घर/जग्गा खोज्न शुभेच्छुकलाई आग्रह

हाल रास्वपाको केन्द्रीय पार्टी कार्यालय वनस्थलीस्थित चौमतिमा छ । तर उक्त स्थानमा पार्टीलाई पार्किङ लगायतका लागि ठाउँ पर्याप्त नभएको पार्टीका नेताहरुले बताउँदै आएका छन् ।
रास्वपाको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान

रास्वपाको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान

त्यस्तै पार्टीको आर्थिक व्यवस्थापन विभाग प्रमुखमा डा. मनोहर प्रधान नियुक्त भएका छन् भने कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य नियुक्त भएका छन् ।
रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले समिति सदस्य मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।
कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

गत वर्षको जेनजी आन्दोलनका कारण उलटपुलट भएको पार्टी हो कांग्रेस । जेनजी आन्दोलनले सरकार र संसद ढाल्यो, त्यही आन्दोलनको असरले कांग्रेसको नेतृत्व पनि ढाल्यो । गत पुसमा भृकुटीमण्डपमा...

भर्खरै