नेभिगेशन
मुख्य समाचार

एमालेद्वारा प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एमालेको संसदीय दल (विघटित प्रतिनिधिसभा)को तर्फबाट महेश  बर्तौला र सुनिता बरालले असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभा पुनःस्थापनाको मागसहितको रिट निवेदन सर्वोच्चमा दायर गरेका हुन ।

त्यस्तै रिट निवेदनमा प्रतिनिधिसभाको सदस्य नभएको, सर्वोच्च अदालतको प्रधान न्यायाधीश भईसकेको ब्यक्ति, कुनै राजनैतिक दलको संसदीय दलले समर्थन नगरेको, धारा ७६ तथा धारा १३२(२) विपरित गैर संवैधानिक तवरले नियुक्त भएका प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रथम दृष्टिमै असंवैधानिक भएकाले नियुक्ति बदर गर्न समेत माग गरिएको एमाले नेता महेश बर्तौलाले जानकारी दिए ।

CG

साथै सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपश्चात विपक्षीहरुबाट भए गरेका गैरकानूनी एवम् असंवैधानीक सम्पूर्ण काम कारवाही, निर्णय, नियुक्तिहरु समेत बदर गर्न माग गरिएको उनले बताए । त्यसैगरि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिई सकेको अवस्थामा नयाँ सरकार गठनको लागि संविधानको धारा ७६ बमोजिमको प्रकृया प्रारम्भ गर्नु भनी राष्ट्रपतिको नाममा परमादेश जारी गर्न समेत माग गरिएको बर्तौलाले बताए । उनले विषय बस्तुको गम्भीरता र संबेदनशिलतालाई मध्यनजर गरि प्रस्तुत विषयमा शिघ्र निर्णय हुने विश्वास रहेको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
परिवारकै सदस्यहरुद्वारा महिलाको विभत्स हत्या, घरभित्रै खाडल खनी गाडिएको अवस्थामा शव फेला

परिवारकै सदस्यहरुद्वारा महिलाको विभत्स हत्या, घरभित्रै खाडल खनी गाडिएको अवस्थामा शव फेला

मृतकका श्रीमान शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा कार्यरत छन् । घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका सबै सदस्य फरार छ्न् ।
निर्वाचनका लागि ४ अर्व ९६ करोड सुनिश्चित, १३२ मध्ये हालसम्म ६८ दल दर्ता

निर्वाचनका लागि ४ अर्व ९६ करोड सुनिश्चित, १३२ मध्ये हालसम्म ६८ दल दर्ता

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगमा हालसम्म दर्ता कायम भएका १३२ दलमध्ये ६६ दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको जानकारी दिए ।
‘डिजिटल’ हिंसा रोक्न सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री खरेल

‘डिजिटल’ हिंसा रोक्न सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री खरेल

‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ को मंगलबार यहाँ शुभारम्भ गर्दै उनले महिला र बालिकाविरुद्ध हुने डिजिटल हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका हुन ।
ग्यास बुलेटको ठक्करबाट एक जनाको मृत्यु

ग्यास बुलेटको ठक्करबाट एक जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको खाली ग्यास बुलेटले बागमती प्रदेश ०६–००५ प ३०५४ नम्बरको मोटरसाइकललाई...