नेभिगेशन
मुख्य समाचार

निर्वाचनका लागि ४ अर्व ९६ करोड सुनिश्चित, १३२ मध्ये हालसम्म ६८ दल दर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नेकपा एमालेसहित निर्वाचन आयोगमा हालसम्म ६६ दल दर्ता भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगमा हालसम्म दर्ता कायम भएका १३२ दलमध्ये ६८ दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको जानकारी दिए ।

CG

मंसिर १० गते सम्म प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता जारी रहने उनले बताए । एमालेले मंगलबार नै आयोग पुगेर निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको थियो ।

निर्वाचन आयोगले निष्पक्ष रुपमा निर्वाचन गर्ने प्रयत्न गरिरहेको भन्दै प्रवक्ता भट्टराईले दलहरुको अधिकतम सहभागीताले निष्पक्ष निर्वाचनलाई थप सुनिश्चित गर्ने वातावरण निर्माण हुने उल्लेख गरे ।

त्यस्तै उनले निर्वाचनका लागि बजेट अभाव नहुने बताए ।
उनले निर्वाचन प्रयोजनका लागि अर्थमन्त्रालयको तर्फबाट ४ अर्व ९६ करोड रुपैया बजेटको स्रोत सुनिश्चिता भएको जानकारी दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मेलम्ची प्रभावित क्षेत्रको पूर्वाधार निर्माणमा समन्वय गर्न सरकारद्वारा समिति गठन

मेलम्ची प्रभावित क्षेत्रको पूर्वाधार निर्माणमा समन्वय गर्न सरकारद्वारा समिति गठन

यही मङ्सिर ८ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन, समन्वय एवं सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो ।
नेप्से परिसूचकमा सामान्य अङ्कले बृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कले बृद्धि

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा शुन्य दशमलव २० प्रतिशतले बढेर दुई हजार ६५५ दशमलव ९९ अङ्कमा पुगेको हो ।
जनतालाई अपिल गर्दै निर्वाचनको वातावरण बनाउन सरकारलाई दवाव दिनेः संयोजक दाहाल

जनतालाई अपिल गर्दै निर्वाचनको वातावरण बनाउन सरकारलाई दवाव दिनेः संयोजक दाहाल

मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट भएको संगठन प्रवेशलाई सम्बोधन गर्दै प्रचण्डले मंसिर १२ गतेदेखि देशव्यापी एकता सन्देश सभा आयोजना गर्न लागेको भन्दै त्यसबाट...
परिवारकै सदस्यहरुद्वारा महिलाको विभत्स हत्या, घरभित्रै खाडल खनी गाडिएको अवस्थामा शव फेला

परिवारकै सदस्यहरुद्वारा महिलाको विभत्स हत्या, घरभित्रै खाडल खनी गाडिएको अवस्थामा शव फेला

मृतकका श्रीमान शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा कार्यरत छन् । घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका सबै सदस्य फरार छ्न् ।