नेभिगेशन
समाज

परिवारकै सदस्यहरुद्वारा महिलाको विभत्स हत्या, घरभित्रै खाडल खनी गाडिएको अवस्थामा शव फेला

रौतहट । रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा एक महिलाको परिवारकै सदस्यहरुको मिलेमतोमा विभत्स ढंगले हत्या गरेको रहस्य बाहिरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भुसाहा निवासी शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई मारेर सोमबार राति आफ्नै घरको भुस राख्ने स्थानमा खाडल खनी गाडिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

Ncell
Extreme Energy

मंगलबार बिहान घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुग्दा खातुनको शव पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मृतकका श्रीमान शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा कार्यरत छन् । घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका सबै सदस्य फरार छ्न् । 

उनीहरु मृतक खातुनको  डेढ वर्षीय छोरा मोहम्मद आरिफलाई समेत लिएर फरार रहेको रौतहटका  प्रहरी उपरीक्षक  रविन कार्कीले जानकारी दिए  । मृतक खातुनको माइती गुजरा नगरपालिका–७ पल्टुवामा छ । 

घटनाको कारण गत कात्तिक १८ गते माइतीमा विवाह समारोहका क्रममा नातामा भतिजो पर्ने गुड्डु भनिने शेख अलाहुदिनसँग अनैतिक सम्बन्ध राखिरहेकै अवस्थामा  खातुनलाई भेटिएपछी भएको हुनसक्ने अनुमान गरिएको छ ।  दुवैले विवाह गर्ने मौखिक सहमति जनाएपछि ससुरा शेख अलि मोहम्मदको जिम्मामा अलाहुदिन र खातुनलाई छाडिएको खातुनका बुबा ताज मोहम्मदले बताए । 

ताज मोहम्मदका अनुसार छोराको ससुराली पनि दिदीकै घरमा रहेको र छोरा दिदीको घर अर्थात् ससुराली आएकै बेला  सोमबार राति घरमै आफ्नी दिदीको हत्या भइरहेको देखेको बताएका छन् । खातुनका भाइ शेख आस मोहम्मदलाई परिवारका सदस्यले हल्ला गर्यो भने तिमीलाई पनि मार्दिन्छु भन्दै धम्की दिएपछि उनी घरबाट भाग्न सफल भएका थिए । भाइ शेख महम्मदले दिदीको हत्या भएको प्रमाणस्वरूप तस्बिर माइतीतर्फ पठाएको परिवारजनको भनाइ छ । 

प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको र टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । घटनास्थलबाट प्रहरीले एक चक्कु समेत बरामद भएको प्रहरीले जनाएको छ ।

खातुनको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ । फरार परिवारजनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिर)

झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिर)

यो आयोजना जापान सरकारको ऋण सहायता र नेपाल सरकारको लगानीमा निर्माण गरिएको हो । प्रारम्भमा जापान सरकारको करिब साढे १६ अर्ब रुपैयाँ र नेपाल सरकारको ६ अर्ब रुपैयाँ...
नागढुंगा सुरुङबाट भित्रन र बाहिरिन कति लाग्छ शुल्क ?

नागढुंगा सुरुङबाट भित्रन र बाहिरिन कति लाग्छ शुल्क ?

सुरुङ मार्ग प्रयोग गरेवापत सवारी साधनका लागि विभिन्न शुल्क निर्धारण गरिएको छ । काठमाडौँ प्रवेश गर्दा कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीले ६५ रुपैयाँ शुल्क...
त्रिविको प्रश्नपत्र लिक गर्ने यसरी परे प्रहरी फन्दामा

त्रिविको प्रश्नपत्र लिक गर्ने यसरी परे प्रहरी फन्दामा

घटनापछि मन्त्री पोखरेलले विश्वविद्यालय र शैक्षिक प्रणालीलाई स्वच्छ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन्। उनले त्रिविको परीक्षा प्रणालीमा देखिएको यो विकृतिविरुद्ध कडा कदम चाल्ने स्पष्ट पारेका छन्।