नेभिगेशन
मुख्य समाचार

परिवारकै सदस्यहरुद्वारा महिलाको विभत्स हत्या, घरभित्रै खाडल खनी गाडिएको अवस्थामा शव फेला

रौतहट । रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा एक महिलाको परिवारकै सदस्यहरुको मिलेमतोमा विभत्स ढंगले हत्या गरेको रहस्य बाहिरिएको छ ।

भुसाहा निवासी शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई मारेर सोमबार राति आफ्नै घरको भुस राख्ने स्थानमा खाडल खनी गाडिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

CG

मंगलबार बिहान घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुग्दा खातुनको शव पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मृतकका श्रीमान शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा कार्यरत छन् । घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका सबै सदस्य फरार छ्न् । 

उनीहरु मृतक खातुनको  डेढ वर्षीय छोरा मोहम्मद आरिफलाई समेत लिएर फरार रहेको रौतहटका  प्रहरी उपरीक्षक  रविन कार्कीले जानकारी दिए  । मृतक खातुनको माइती गुजरा नगरपालिका–७ पल्टुवामा छ । 

घटनाको कारण गत कात्तिक १८ गते माइतीमा विवाह समारोहका क्रममा नातामा भतिजो पर्ने गुड्डु भनिने शेख अलाहुदिनसँग अनैतिक सम्बन्ध राखिरहेकै अवस्थामा  खातुनलाई भेटिएपछी भएको हुनसक्ने अनुमान गरिएको छ ।  दुवैले विवाह गर्ने मौखिक सहमति जनाएपछि ससुरा शेख अलि मोहम्मदको जिम्मामा अलाहुदिन र खातुनलाई छाडिएको खातुनका बुबा ताज मोहम्मदले बताए । 

ताज मोहम्मदका अनुसार छोराको ससुराली पनि दिदीकै घरमा रहेको र छोरा दिदीको घर अर्थात् ससुराली आएकै बेला  सोमबार राति घरमै आफ्नी दिदीको हत्या भइरहेको देखेको बताएका छन् । खातुनका भाइ शेख आस मोहम्मदलाई परिवारका सदस्यले हल्ला गर्यो भने तिमीलाई पनि मार्दिन्छु भन्दै धम्की दिएपछि उनी घरबाट भाग्न सफल भएका थिए । भाइ शेख महम्मदले दिदीको हत्या भएको प्रमाणस्वरूप तस्बिर माइतीतर्फ पठाएको परिवारजनको भनाइ छ । 

प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको र टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । घटनास्थलबाट प्रहरीले एक चक्कु समेत बरामद भएको प्रहरीले जनाएको छ ।

खातुनको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ । फरार परिवारजनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
उदयपुरमा ४५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

उदयपुरमा ४५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

खत्रीको साथबाट डाइजेपाम १५० एम्पुल, फेनारगन १५० एम्पुल र ब्रुपिनोर्फिन १५० एम्पुल गरी जम्मा ४५० एम्पुल प्रतिबन्धित लागू औषध बरामद गरिएको छ। साथै नगद ३८ हजार ६० रुपैयाँ,...
आशिका तामाङले प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने

आशिका तामाङले प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने

उनले भनेकी छन्, ‘म कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयका साथ आगामी हुने संसद् निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी...
पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा

पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत मङ्सिर मसान्तसम्ममा १८ दशमलव सात प्रतिशतले वृद्धि...
नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी: सरकारी अध्ययन

नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी: सरकारी अध्ययन

प्रतिव्यक्ति सबैभन्दा बढी जीवन चक्र घाटा ६५ वर्ष र सोभन्दा माथि उमेर समूहमा रहेको छभने समग्रमा सबैभन्दा बढी घाटा ०–२४ वर्ष उमेर समूहमा देखिन्छ । प्रतिव्यक्ति उपभोग २५–...