नेभिगेशन
समाज

जनतालाई अपिल गर्दै निर्वाचनको वातावरण बनाउन सरकारलाई दवाव दिनेः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको वातावरण बनाउन जनतालाई अपिल गर्दै सरकारलाई दवाव दिने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट भएको संगठन प्रवेशलाई सम्बोधन गर्दै प्रचण्डले मंसिर १२ गतेदेखि देशव्यापी एकता सन्देश सभा आयोजना गर्न लागेको भन्दै त्यसबाट निर्वाचनको वातावरण बनाउन जनतालाई अपिल गर्दै सरकारलाई दवाव दिने बताएका हुन ।

Ncell
Extreme Energy

देशमा अहिले देखापरेको असहज अवस्थालाई सहज बनाउन पार्टी अघि बढ्ने उनले बताए । प्रचण्डले नेपाली कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउदै अघि बढ्ने भन्दै मंसिर ११ गते जसपाको एउटा समूहसंग एकता हुने जानकारी दिए ।

युवाहरुले उठाएका सुशासन र भ्रष्टाचारबिरोधी अभियानलाई पनि पार्टीले अघि बढाउने उनले भनाइ छ । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले कम्युनिष्ट पार्टीको एकताले देशव्यापी रुपमा उत्साह थपिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीलाइ बलियो शक्तिको रुपमा स्थापीत गर्ने बताए ।

उनले आपसी मतभेद नगरि जनताको विश्वासको पार्टी बनाउन देशव्यापी सन्देश दिने उल्लेख गरे । सहसंयोजक नेपालले पार्टीको केन्द्रीय कार्यालय पेरिसडाडाँमा रहेकाले अव सो भवन तत्कालिन माओवादीको मात्रै नभएर समग्र नेपाली कम्युनिष्ट पार्टीको भएको जिकिर गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...