नेभिगेशन
मुख्य समाचार

जनतालाई अपिल गर्दै निर्वाचनको वातावरण बनाउन सरकारलाई दवाव दिनेः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको वातावरण बनाउन जनतालाई अपिल गर्दै सरकारलाई दवाव दिने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट भएको संगठन प्रवेशलाई सम्बोधन गर्दै प्रचण्डले मंसिर १२ गतेदेखि देशव्यापी एकता सन्देश सभा आयोजना गर्न लागेको भन्दै त्यसबाट निर्वाचनको वातावरण बनाउन जनतालाई अपिल गर्दै सरकारलाई दवाव दिने बताएका हुन ।

CG

देशमा अहिले देखापरेको असहज अवस्थालाई सहज बनाउन पार्टी अघि बढ्ने उनले बताए । प्रचण्डले नेपाली कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउदै अघि बढ्ने भन्दै मंसिर ११ गते जसपाको एउटा समूहसंग एकता हुने जानकारी दिए ।

युवाहरुले उठाएका सुशासन र भ्रष्टाचारबिरोधी अभियानलाई पनि पार्टीले अघि बढाउने उनले भनाइ छ । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले कम्युनिष्ट पार्टीको एकताले देशव्यापी रुपमा उत्साह थपिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीलाइ बलियो शक्तिको रुपमा स्थापीत गर्ने बताए ।

उनले आपसी मतभेद नगरि जनताको विश्वासको पार्टी बनाउन देशव्यापी सन्देश दिने उल्लेख गरे । सहसंयोजक नेपालले पार्टीको केन्द्रीय कार्यालय पेरिसडाडाँमा रहेकाले अव सो भवन तत्कालिन माओवादीको मात्रै नभएर समग्र नेपाली कम्युनिष्ट पार्टीको भएको जिकिर गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला  हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ पुगेको हाे ।
सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा

सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा

क्षेत्र नं ४ मा पूर्वमन्त्रीहरूको बाक्लो उपस्थितिले यस क्षेत्रलाई सबैको चासोको केन्द्र बनाएको छ । सिरहा निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीकातर्फबाट पूर्वसामान्य प्रशासनमन्त्री रामचन्द्र यादव...
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ । आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार मात्रै स्थापना गरेको हो...
‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

ब्यूरो प्रमुख केसीले फेक रेस्क्यूको उजुरी अझै आइरहेको बताए । “विशेषगरी उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकाबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा आएको...