नेभिगेशन
मुख्य समाचार

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’  सम्भावना कठिन

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ ।

दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले आज लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । जितका लागि पाएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ दशमलव एक ओभरमा १३५ रनमा रोकियो । जसमा शेर मल्लले सर्वाधिक २८, दिलीप नाथले २५ रन जोडे पनि हार टार्न सकेनन् । बलिङमा काठमाडौँका मिलिन्द कुमार र जेरार्ड एरास्मसले दुई/दुई विकेट झारे ।

CG

यसअघि त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५७ बनाएको थियो । जसमा कप्तान करण केसीले अविजित ३४, आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६ रनको योगदान गरे । लुम्बिनीका कप्तान रोहित पौडेल, खेलाडीहरू शेर मल्ल, गुल्बादिन नायब, रूबेन ट्रम्पलम्यानले दुई/दुई विकेट लिए ।

योसँगै काठमाडौँले चार खेलबाट दुई हार र दुई जितसहित चार अङ्क जोडेको छ । काठमाडौँको ‘प्लेअफ’को सम्भावना जीवित छ । तीन खेल खेलेको लुम्बिनीले एक खेल मात्रै जितेको छ । यो हारले लुम्बिनीको ‘प्लेअफ’को सम्भावना कठिन बन्दै गएको छ ।
 
नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाको समानुपातिक सांसदको उम्मेदवार कसरी छानिन्छन् ?

रास्वपाको समानुपातिक सांसदको उम्मेदवार कसरी छानिन्छन् ?

रास्वपाकाअनुसार विभिन्न अध्यनयनहरुबाट अहिले रास्वपा नेपालको सबै भन्दा लोकप्रिय राजनीतिक दल हो र यसका नेता रवि लामिछाने पनि अत्याधिक लोकप्रिय नेताका रुपमा रहेका छन् । यही पृष्ठभूमीमा निर्वाचनमा...
रास्वपाको बढ्दो क्रेजबाट डराएर मैले पार्टी छोड्ने हल्ला चलाएः उपसभापति डा. वाग्ले

रास्वपाको बढ्दो क्रेजबाट डराएर मैले पार्टी छोड्ने हल्ला चलाएः उपसभापति डा. वाग्ले

‘रास्वपा वैकल्पिक राजनीतिको मियो भएको र फागुुन २१ को निर्वाचनबाट पहिलो दल बन्ने उद्घोषबाट डराएर गलत हल्ला चलाइएको छ,’ उपसभापति वाग्लेले भने, ‘रास्वपालाई कमजोर बनाउन खोजिएको मिथ्या हल्ला...
टी–२० विश्वकप २०२६ को ‘ड्र’ सार्वजनिक, नेपालले इङ्ग्ल्यान्डसहित वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग भिड्ने

टी–२० विश्वकप २०२६ को ‘ड्र’ सार्वजनिक, नेपालले इङ्ग्ल्यान्डसहित वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग भिड्ने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार समूह ‘सी’मा रहेको नेपालले इंल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँग प्रतिस्पर्धा गर्नेछ।
धरहरा सञ्चालनको एक वर्ष सात करोड ७१ लाख राजस्व असुली

धरहरा सञ्चालनको एक वर्ष सात करोड ७१ लाख राजस्व असुली

जेनजी आन्दोलनअघिसम्म प्रत्येक बुधबार बन्द हुने धरहरा अहिले हप्ताको सातै दिन सञ्चालन हुने गरेको छ । “अघिल्लो मङ्सिर ९ देखि अहिलेसम्म चार लाख ६९४ जना नागरिकले चढिसकेका छन्,...