नेभिगेशन
मुख्य समाचार

रास्वपाको बढ्दो क्रेजबाट डराएर मैले पार्टी छोड्ने हल्ला चलाएः उपसभापति डा. वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले आफूले पार्टी छोड्ने भन्दै गलत हल्ला चलाइएको बताएका छन् ।

सोमबार पार्टी कार्यलय परिसरमा पत्रकारहरुसँग कुरा गरर्दै उपसभापति वाग्लेले रास्वपाको बढ्दो चर्चा र उचाई देखेर डराएकाहरुले पार्टी छोड्ने गलत हल्ला चलाएको बताए । 

CG

‘रास्वपा वैकल्पिक राजनीतिको मियो भएको र फागुुन २१ को निर्वाचनबाट पहिलो दल बन्ने उद्घोषबाट डराएर गलत हल्ला चलाइएको छ,’ उपसभापति वाग्लेले भने, ‘रास्वपालाई कमजोर बनाउन खोजिएको मिथ्या हल्ला हो । यो कुरा कसैले पत्याउँछन् जस्तो मलाई लाग्दैन् ।’

रास्वपालाई देशको पहिलो शक्ति बनाउने, देशको मुहार फेर्ने र राजनीतिको नेतृत्वदायी भूमिकामा दुुई कार्यकाल मात्रै निभाएर आफू बाहिरीने योजना पनि डा. वाग्लेले सुुनाए । 

रास्वपा छोडेपछि राजनीतिबाट पनि आफूअलग हुने भन्दै वाग्लेले त्यसपछि आफूलाई तनहुँ वा गोरखाको खेतबारीमा कृषकका रुपमा जनताले देख्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाको समानुपातिक सांसदको उम्मेदवार कसरी छानिन्छन् ?

रास्वपाको समानुपातिक सांसदको उम्मेदवार कसरी छानिन्छन् ?

रास्वपाकाअनुसार विभिन्न अध्यनयनहरुबाट अहिले रास्वपा नेपालको सबै भन्दा लोकप्रिय राजनीतिक दल हो र यसका नेता रवि लामिछाने पनि अत्याधिक लोकप्रिय नेताका रुपमा रहेका छन् । यही पृष्ठभूमीमा निर्वाचनमा...
टी–२० विश्वकप २०२६ को ‘ड्र’ सार्वजनिक, नेपालले इङ्ग्ल्यान्डसहित वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग भिड्ने

टी–२० विश्वकप २०२६ को ‘ड्र’ सार्वजनिक, नेपालले इङ्ग्ल्यान्डसहित वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग भिड्ने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार समूह ‘सी’मा रहेको नेपालले इंल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँग प्रतिस्पर्धा गर्नेछ।
धरहरा सञ्चालनको एक वर्ष सात करोड ७१ लाख राजस्व असुली

धरहरा सञ्चालनको एक वर्ष सात करोड ७१ लाख राजस्व असुली

जेनजी आन्दोलनअघिसम्म प्रत्येक बुधबार बन्द हुने धरहरा अहिले हप्ताको सातै दिन सञ्चालन हुने गरेको छ । “अघिल्लो मङ्सिर ९ देखि अहिलेसम्म चार लाख ६९४ जना नागरिकले चढिसकेका छन्,...
एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’  सम्भावना कठिन

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’  सम्भावना कठिन

योसँगै काठमाडौँले चार खेलबाट दुई हार र दुई जितसहित चार अङ्क जोडेको छ । काठमाडौँको ‘प्लेअफ’को सम्भावना जीवित छ । तीन खेल खेलेको लुम्बिनीले एक खेल मात्रै जितेको...