नेभिगेशन
समाज

१३५ मध्ये निर्वाचन प्रयोजनका लागि मंगलबार सम्म ८० दल दर्ता, आज अन्तीम दिन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सहभागि हुन चाहाने दलहरुका लागि बुधबार दल दर्ताको समय सकिदै छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मंसिर १ गते आइतबारदेखि मंसिर १० गते बुधबारसम्म निर्वाचनमा सहभागि हुन चाहाने दलहरुलाई दल दर्ताका लागि आह्वान गरेको थियो । आयोगमा दर्ता भएका १३५ दल मध्ये मंगलबार सम्म निर्वाचन प्रयोजनका लागि भन्दै ८० दललेमात्र दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

Ncell
Extreme Energy

निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि बुधबार सम्म दर्ता भएका दललेमात्र आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागिता जनाउँन पाउने छन् । निर्वाचन कार्यक्रम अन्तर्गत माघ ६ गते उम्मेदवारको मनोनयन पत्र दर्ता, सोहीदिन बेलुका उम्मेदवारको सूची प्रकाशन गरिने छ ।

त्यस्तै, मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरुको विरोधदावी तथा उजुरी दिने दिन माघ ७ गते, माघ ८ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरिने, पुनः उम्मेदवारको नामावली प्रकाशन गर्ने जनाइएको छ । माघ ९ गते इच्छुक उम्मेदवारले नाम फिर्ता लिन सक्ने, सोहीदिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले वनस्थलीबाट पार्टी कार्यालय सार्दै, खरिदका लागि उपयुक्त घर/जग्गा खोज्न शुभेच्छुकलाई आग्रह

रास्वपाले वनस्थलीबाट पार्टी कार्यालय सार्दै, खरिदका लागि उपयुक्त घर/जग्गा खोज्न शुभेच्छुकलाई आग्रह

हाल रास्वपाको केन्द्रीय पार्टी कार्यालय वनस्थलीस्थित चौमतिमा छ । तर उक्त स्थानमा पार्टीलाई पार्किङ लगायतका लागि ठाउँ पर्याप्त नभएको पार्टीका नेताहरुले बताउँदै आएका छन् ।
रास्वपाको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान

रास्वपाको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान

त्यस्तै पार्टीको आर्थिक व्यवस्थापन विभाग प्रमुखमा डा. मनोहर प्रधान नियुक्त भएका छन् भने कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य नियुक्त भएका छन् ।
रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले समिति सदस्य मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।
कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

गत वर्षको जेनजी आन्दोलनका कारण उलटपुलट भएको पार्टी हो कांग्रेस । जेनजी आन्दोलनले सरकार र संसद ढाल्यो, त्यही आन्दोलनको असरले कांग्रेसको नेतृत्व पनि ढाल्यो । गत पुसमा भृकुटीमण्डपमा...

भर्खरै