नेभिगेशन
मुख्य समाचार

१३५ मध्ये निर्वाचन प्रयोजनका लागि मंगलबार सम्म ८० दल दर्ता, आज अन्तीम दिन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सहभागि हुन चाहाने दलहरुका लागि बुधबार दल दर्ताको समय सकिदै छ ।

निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मंसिर १ गते आइतबारदेखि मंसिर १० गते बुधबारसम्म निर्वाचनमा सहभागि हुन चाहाने दलहरुलाई दल दर्ताका लागि आह्वान गरेको थियो । आयोगमा दर्ता भएका १३५ दल मध्ये मंगलबार सम्म निर्वाचन प्रयोजनका लागि भन्दै ८० दललेमात्र दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

CG

निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि बुधबार सम्म दर्ता भएका दललेमात्र आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागिता जनाउँन पाउने छन् । निर्वाचन कार्यक्रम अन्तर्गत माघ ६ गते उम्मेदवारको मनोनयन पत्र दर्ता, सोहीदिन बेलुका उम्मेदवारको सूची प्रकाशन गरिने छ ।

त्यस्तै, मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरुको विरोधदावी तथा उजुरी दिने दिन माघ ७ गते, माघ ८ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरिने, पुनः उम्मेदवारको नामावली प्रकाशन गर्ने जनाइएको छ । माघ ९ गते इच्छुक उम्मेदवारले नाम फिर्ता लिन सक्ने, सोहीदिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाको समानुपातिक सांसदको उम्मेदवार कसरी छानिन्छन् ?

रास्वपाको समानुपातिक सांसदको उम्मेदवार कसरी छानिन्छन् ?

रास्वपाकाअनुसार विभिन्न अध्यनयनहरुबाट अहिले रास्वपा नेपालको सबै भन्दा लोकप्रिय राजनीतिक दल हो र यसका नेता रवि लामिछाने पनि अत्याधिक लोकप्रिय नेताका रुपमा रहेका छन् । यही पृष्ठभूमीमा निर्वाचनमा...
रास्वपाको बढ्दो क्रेजबाट डराएर मैले पार्टी छोड्ने हल्ला चलाएः उपसभापति डा. वाग्ले

रास्वपाको बढ्दो क्रेजबाट डराएर मैले पार्टी छोड्ने हल्ला चलाएः उपसभापति डा. वाग्ले

‘रास्वपा वैकल्पिक राजनीतिको मियो भएको र फागुुन २१ को निर्वाचनबाट पहिलो दल बन्ने उद्घोषबाट डराएर गलत हल्ला चलाइएको छ,’ उपसभापति वाग्लेले भने, ‘रास्वपालाई कमजोर बनाउन खोजिएको मिथ्या हल्ला...
टी–२० विश्वकप २०२६ को ‘ड्र’ सार्वजनिक, नेपालले इङ्ग्ल्यान्डसहित वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग भिड्ने

टी–२० विश्वकप २०२६ को ‘ड्र’ सार्वजनिक, नेपालले इङ्ग्ल्यान्डसहित वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग भिड्ने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार समूह ‘सी’मा रहेको नेपालले इंल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँग प्रतिस्पर्धा गर्नेछ।
धरहरा सञ्चालनको एक वर्ष सात करोड ७१ लाख राजस्व असुली

धरहरा सञ्चालनको एक वर्ष सात करोड ७१ लाख राजस्व असुली

जेनजी आन्दोलनअघिसम्म प्रत्येक बुधबार बन्द हुने धरहरा अहिले हप्ताको सातै दिन सञ्चालन हुने गरेको छ । “अघिल्लो मङ्सिर ९ देखि अहिलेसम्म चार लाख ६९४ जना नागरिकले चढिसकेका छन्,...