नेभिगेशन
समाज

जनकपुर बोल्ट्सले बिहीबारको खेल आमाको नाम लेखिएको जर्सी लगाएर खेल्ने

काठमाडौँ । जनकपुर बोल्ट्सका खेलाडीहरुले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार हुने खेलमा आमाको नाम लेखिएको जर्सी लगाएर खेल्ने भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जनकपुर बोल्ट्सले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आमाहरुमाथि सम्मान अर्पण गर्नका लागि बिहीबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा आ–आफ्नो आमाको नाम लेखिएका जर्सी लगाएर खेल्ने जानकारी दिएको हो ।

Ncell
Extreme Energy

खेलपछि उक्त जर्सीहरु विक्रिका लागि अक्सनमा राखिने र त्यसबाट उठेको रकम आमा समूहरुलाई सहयोग गर्ने जनकपुर बोल्ट्सले जनाएको छ । जनकपुर बोल्ट्सका खेलाडी ललित राजबंशीले आमाप्रति सम्मान व्यक्त गर्दै बिहीबार राम्रो खेल देखाउने बताए । 

त्यस्तै पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले आमाप्रति सम्मानका लागि गरिएको क्याम्पीयन निकै राम्रो भएको प्रतिक्रिया दिए । भुर्तेलले बिहीबार हुने खेलमा राम्रो प्रदर्शन गर्ने र नजिता आफ्नो पक्षमा पार्ने बताए । 

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको सुरुवाती दुई खेलमा दबै टोलीले हार बेहोरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कृष्णभीरमा बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

कृष्णभीरमा बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

सडक विभागका सिनियर डिभिजनल इन्जिनियर तथा नागढुङ्गा–नौबिसे–मुग्लिन सडकखण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार बाढीका कारण उक्त सडकखण्डमा क्षति पुगेको थियो । त्यसलगत्तै पूर्वाधार विकास मन्त्रालयले आवश्यक अध्ययन गरेको...
पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

नेकपा (एमाले) संसदीय दलका उपनेता पद्‍माकुमारी अर्यालले रसुवाको भोटेकोशी बाढीपछिको राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छन् ।
एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

गत आर्थिक वर्षमा ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ ।
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।