नेभिगेशन
मुख्य समाचार

मधेस प्रदेशका बेरोजगार युवालाई मासिक दुई हजार भत्ता उपलब्ध गराइने

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई मासिक बेरोजगार भत्ता दिने निर्णय गरिएको जानकारी दिएका छन् ।

प्रथम मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै उनले प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई मासिक रु दुई हजारका दरले बेरोजगार भत्ता दिने निर्णय गरिएको बताए ।

CG

प्रदेश सरकारले १८ वर्षदेखि ३५ वर्ष उमेरसम्मका स्नातक उत्तीर्ण गरी कुनै रोजगारमा नरहेका युवालाई जीवन निर्वाहबापत मासिक रु दुई हजारका दरले भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रदेशमा स्नातक उत्तीर्ण गरेका करिब एक लाख ५० हजार बेरोजगार युवा छन् । बैठकमा सरकारले खडेरी र डुबानबाट धानबालीमा क्षति बेहोरेका किसानलाई प्रतिकट्ठा रु एक हजार ५०० का दरले राहत उपलब्ध गराउने निर्णय भएको छ ।

किसानलाई राहत दिँदा रु ३६ करोड र युवालाई बेरोजगार भत्ता दिँदा रु ३५ करोड खर्च हुने अनुमान गरिएको मुख्यमन्त्री यादवले जानकारी दिए । किसानलाई राहतस्वरूप रु एक हजार ५०० प्रतिकट्ठा राहतस्वरूप उपलब्ध गराउने प्रक्रियामा रहेको उनले बताए ।

यस वर्ष लामो समय खडेरीको मारमा परेका मधेस प्रदेशका किसानहरू गत असोजको अविरल वर्षाबाट पुनःडुबान पीडित भएका थिए । मनसुन अवधिमा लामो समय खडेरी परेपछि प्रदेश सरकारले मधेसका जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला  हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ पुगेको हाे ।
सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा

सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा

क्षेत्र नं ४ मा पूर्वमन्त्रीहरूको बाक्लो उपस्थितिले यस क्षेत्रलाई सबैको चासोको केन्द्र बनाएको छ । सिरहा निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीकातर्फबाट पूर्वसामान्य प्रशासनमन्त्री रामचन्द्र यादव...
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ । आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार मात्रै स्थापना गरेको हो...
‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

ब्यूरो प्रमुख केसीले फेक रेस्क्यूको उजुरी अझै आइरहेको बताए । “विशेषगरी उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकाबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा आएको...