नेभिगेशन
समाज

शोभाकलीले सातौँ छावा जन्माउँदा...

इटहरी । कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेकी शोभाकली हात्तीले आफ्नो सातौँ सन्तान जन्माएकी छन् । आरक्षका प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार शोभाकलीले गत कात्तिक ३० गते आइतबार राति १०ः३० बजे स्वस्थ (छावा) जन्माएकी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जन्मपछि आमा र छावा दुवैको स्वास्थ्य सामान्य रहेको जनाउँदै उनले चिकित्सक तथा मउते टोलीको निगरानीमा राखिएको आरक्षले जनाएको छ । छावाको जन्म भएको बुधबार ११औँ दिन नवजात हात्तीको औपचारिक रूपमा नामकरण कार्यक्रम आयोजना गरिएको आरक्षका प्रमुख यादवले जानकारी दिए ।

Ncell
Extreme Energy

उनका अनुसार आरक्ष कर्मचारी तथा स्थानीय समुदायको सहभागितामा आयोजित समारोहमार्फत छावाको नाम ‘भुपेन्द्र गज’ राखिएको छ । प्रमुख यादवले भने, “शोभाकली करिब दुई दशकदेखि आरक्षमा कार्यरत अभिमुखी हात्तीमध्ये एक हुन् । उनलाई मुख्यतः गस्ती, वन्यजन्तु अनुगमन, तथा अत्यावश्यक उद्धार कार्यमा प्रयोग गरिन्छ”, ।

यो जन्मसँगै शोभाकलीबाट जन्मिएका छावाको सङ्ख्या सात पुगेको छ । आरक्षका अनुसार उनका अधिकांश सन्तान अहिले पनि विभिन्न संरक्षण क्षेत्र तथा हात्ती प्रजनन केन्द्रमा स्वस्थ रूपमा पालनपोषणमा छन् । नवजात भुपेन्द्र गज हाल प्रतिदिन औसत १०–१२ लिटर दूध सेवन गरिरहेको जनाउँदै उहाँले जन्मेको तेस्रो दिनदेखि आमा पछ्याउँदै हिँड्न थालेको माहुतेहरूले जनाएका बताए ।

कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । हात्ती, गैँडा, हरिण, निलगाईलगायत ४५० भन्दा बढी प्रजातिका चराको महत्वपूर्ण आवासस्थल मानिन्छ । आरक्षभित्र कार्यरत हात्तीले सीमावर्ती क्षेत्रको निगरानी तथा अवैध सिकार नियन्त्रणमा ठूलो योगदान पुर्‍याउँदै आएका आरक्ष कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क जाँदैछन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिका जाँदै

प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिका जाँदै

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा सहभागी हुन आज अमेरिका जाँदैछन् ।
न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको ईयू र पोल्यान्डका उच्च अधिकारीसँग भेटवार्ता

न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको ईयू र पोल्यान्डका उच्च अधिकारीसँग भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली संघ (ईयू) की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरा र पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल सिकोरस्कीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ ।