नेभिगेशन
मुख्य समाचार

एमाले महाधिवेशन सचिवालय बैठकः समितिको प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न गठित समितिको प्रतिवेदनमाथि छलफल भएको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा महाधिवेशन सचिवालयको बुधबार बसेको बैठकमा समितिले हालसम्म महाधिवेशनको तयारीका सन्र्दभमा गरेको प्रतिवेदनमाथि छलफल गरिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

CG

उनका अनुसार सबै समितिले महाधिवेशनको तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । एमालेले महाधिवेशन सम्पन्न गर्न विभिन्न  १४ वटा समिति गठन गरेको थियो । प्रचार विभाग प्रमुख गौतमकाअनुसार बैठकले भक्तपुरको सल्लाघारीस्थित मैदानमा महाधिवेशन उद्घाटन कार्यक्रम गर्ने निर्णय गरेको छ । बन्दसत्र भने भृकुटीमण्डपमा हुने छ ।

यसैगरी दोस्रो विधान महाधिवेशनले तय गरेको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ लाई राष्ट्रिय महाधिवेशनको मुख्य नारा बनाइने निर्णय भएको छ । एमाले महाधिवेशन यही मङ्सिर २७ गतेदेखि २९ गतेसम्म हुँदैछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बालुवाटारबाट पनि धक्कामुक्की सहित लखेटिए मिराज समुह(तस्बिरहरु)

बालुवाटारबाट पनि धक्कामुक्की सहित लखेटिए मिराज समुह(तस्बिरहरु)

आफ्नो माग पुरा नभएको भन्दै बालुवाटावर घेर्न आएका जेनजी समुहलाई प्रहरीले बाहिरी सडकमै रोकेको हो । प्रधानमन्त्री संग भएको सम्झौता कार्यन्वयन नभएको भन्दै सो समुह केहिदिन देखि आन्दोलित...
विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनु पर्नेमा प्रधानमन्त्री कार्कीको जोड

विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनु पर्नेमा प्रधानमन्त्री कार्कीको जोड

असारमा पारित हुनुपर्ने वार्षिक नीति कार्यक्रमका लागि मङ्सिर पर्खनुपर्ने अवस्था विश्वविद्यालयका लागि समेत राम्रो नभएको उनले बताइन । प्रधानमन्त्री कार्कीले मुलुकको आर्थिक अवस्थामा सोचेजस्तो बिकास हुन नसकेकाले त्यसको...
सर्वोच्चमा आगजनी गरेको आरोपमा ल क्याम्पसका पूर्व स्ववियू सभापति विष्णु ढुंगेल पक्राउ

सर्वोच्चमा आगजनी गरेको आरोपमा ल क्याम्पसका पूर्व स्ववियू सभापति विष्णु ढुंगेल पक्राउ

जेनजी आन्दोलनका क्रममा उनले अदालत जलाउनुपर्छ भन्दै दिएको अभिक्ति भाइरल भएको थियो । सोही आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
शोभाकलीले सातौँ छावा जन्माउँदा...

शोभाकलीले सातौँ छावा जन्माउँदा...

जन्मपछि आमा र छावा दुवैको स्वास्थ्य सामान्य रहेको जनाउँदै उनले चिकित्सक तथा मउते टोलीको निगरानीमा राखिएको आरक्षले जनाएको छ । छावाको जन्म भएको बुधबार ११औँ दिन नवजात हात्तीको...