नेभिगेशन
समाज
arghakanchi, cement,

मूल्य मनपरी गरेको देखिएपछि अर्घाखाँची सिमेन्टलाई २ लाख ५ हजार जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई कारबाही गरेको छ। रूपन्देहीमा रहेको उक्त सिमेन्ट उद्योगले उपभोक्ताबाट मनपरी मूल्य लिन छेडखानी गरेको अनुगमनका क्रममा पाइएपछि जरिवाना गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागका सूचना अधिकारी भरत प्रसाद आचार्य अर्घाखाँची सिमेन्टलाई फ्याक्ट्री गेट मूल्य निर्धारण नगरेका कारण २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको सिधाकुरालाई बताए ।

Ncell
Extreme Energy

‘उद्योगहरूले आआफ्नो लागत र गुणस्तरका आधारमा मूल्य निर्धारण गर्ने हो । तर, अर्घाखाँचीले विभागसँग गरेको समझदारीअनुसार फ्याक्ट्री गेट मूल्य निर्धारण गरेको देखिएन,’ विभागका उपसचिव एवम् सूचना अधिकारी आचार्यले भने,‘ त्यसकारण कानुन बमोजिम २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।’

विभागका अनुसार हरेक सिमेन्ट उद्योग आफ्नो मूल्य तोक्न स्वतन्त्र छन् । किनकी सरकारले बजारको मूल्य निर्धारण गर्ने कानुन नबनाएका कारण अहिलेलाई कुनै व्यवधान छैन् । तर, बजारमा पठाउने वस्तुको फ्याक्ट्रीले तोकेको मूल्य राख्दिन भन्न भने उद्योगले पाउँदैनन् । 

arghakhachi-1764487797.jpg
 

एक्स फ्याक्ट्री मूल्यका आधारमा बजार मूल्य, कर तथा ढुवानीको लागत हिसाब हुनेभएकाले पनि यो अत्यन्तै महत्वपूर्ण भएको विभागको दाबी छ । यसरी मूल्य नतोक्नुलाई मूल्यमा छेडखानीका रुपमा बुझ्नुपर्ने पनि विभागले जनाएको छ ।  

यस अघि विभागमै भएको समझदारी अनुसार फ्याक्ट्री मूल्य तोक्ने सहमति पनि अर्घाखाँचीले उल्लङ्घन गरेको विभागको दाबी छ । रूपन्देहीमा रहेको अर्घाखाँची सिमेन्ट नेपालको ठूलो र पुरानोमध्येको एक हो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारका यो उद्योगका सञ्चालक हुन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मध्यम आय भएका परिवारका लागि सरकारले गर्‍यो ‘स्मार्ट घर’ प्रस्ताव

मध्यम आय भएका परिवारका लागि सरकारले गर्‍यो ‘स्मार्ट घर’ प्रस्ताव

सरकारले गरिब तथा विपन्न नागरिकलाई आवास निर्माणका लागि ७५ हजार रुपैयाँसम्म अनुदान दिने व्यवस्थासहित भवन ऐन, २०८३ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरेको छ।
कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपालबाट मनसुन बाहिरिन थाल्यो, सुदूरपश्चिम र कर्णालीका अधिकांश भागबाट बाहिरियो

नेपालबाट मनसुन बाहिरिन थाल्यो, सुदूरपश्चिम र कर्णालीका अधिकांश भागबाट बाहिरियो

यस वर्षको मनसुन नेपालबाट बाहिरिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू-भागका धेरै स्थान तथा गण्डकी प्रदेशको पश्चिमी...
६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

बाढीपहिरोका कारण छ दिनदेखि अवरुद्ध  बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ ।