नेभिगेशन
समाज
arghakanchi, cement,

मूल्य मनपरी गरेको देखिएपछि अर्घाखाँची सिमेन्टलाई २ लाख ५ हजार जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई कारबाही गरेको छ। रूपन्देहीमा रहेको उक्त सिमेन्ट उद्योगले उपभोक्ताबाट मनपरी मूल्य लिन छेडखानी गरेको अनुगमनका क्रममा पाइएपछि जरिवाना गरिएको हो । 

विभागका सूचना अधिकारी भरत प्रसाद आचार्य अर्घाखाँची सिमेन्टलाई फ्याक्ट्री गेट मूल्य निर्धारण नगरेका कारण २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको सिधाकुरालाई बताए ।

CG

‘उद्योगहरूले आआफ्नो लागत र गुणस्तरका आधारमा मूल्य निर्धारण गर्ने हो । तर, अर्घाखाँचीले विभागसँग गरेको समझदारीअनुसार फ्याक्ट्री गेट मूल्य निर्धारण गरेको देखिएन,’ विभागका उपसचिव एवम् सूचना अधिकारी आचार्यले भने,‘ त्यसकारण कानुन बमोजिम २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।’

विभागका अनुसार हरेक सिमेन्ट उद्योग आफ्नो मूल्य तोक्न स्वतन्त्र छन् । किनकी सरकारले बजारको मूल्य निर्धारण गर्ने कानुन नबनाएका कारण अहिलेलाई कुनै व्यवधान छैन् । तर, बजारमा पठाउने वस्तुको फ्याक्ट्रीले तोकेको मूल्य राख्दिन भन्न भने उद्योगले पाउँदैनन् । 

arghakhachi-1764487797.jpg
 

एक्स फ्याक्ट्री मूल्यका आधारमा बजार मूल्य, कर तथा ढुवानीको लागत हिसाब हुनेभएकाले पनि यो अत्यन्तै महत्वपूर्ण भएको विभागको दाबी छ । यसरी मूल्य नतोक्नुलाई मूल्यमा छेडखानीका रुपमा बुझ्नुपर्ने पनि विभागले जनाएको छ ।  

यस अघि विभागमै भएको समझदारी अनुसार फ्याक्ट्री मूल्य तोक्ने सहमति पनि अर्घाखाँचीले उल्लङ्घन गरेको विभागको दाबी छ । रूपन्देहीमा रहेको अर्घाखाँची सिमेन्ट नेपालको ठूलो र पुरानोमध्येको एक हो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारका यो उद्योगका सञ्चालक हुन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निर्वाचन आचारसंहिता आज  मध्यरातदेखि लागू हुँदै

निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

निर्वाचन आयोगको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले...
निर्वाचनका विषयमा प्रधानमन्त्रीसंग छलफल गर्न आयोगको टोली बालुवाटारमा(तस्बिरहरु)

निर्वाचनका विषयमा प्रधानमन्त्रीसंग छलफल गर्न आयोगको टोली बालुवाटारमा(तस्बिरहरु)

आइतबार सो विषयको छलफलका लागि प्रमुख निर्वाचन आयुक्त सहितको टोली बालुवाटार पुगेको हो ।
नेप्से परिसूचक ३१ अङ्कले वृद्धि

नेप्से परिसूचक ३१ अङ्कले वृद्धि

आइतबार ३३८ कम्पनीको एक करोड ६६ लाख ११ हजार ४७९ कित्ता शेयर ९५ हजार ४४५ पटक खरिद बिक्री हुँदा रु आठ अर्ब ४० करोड २७ लाख ९७ हजार...
आफुले अहिलेसम्म चूनाव लड्ने वा नलड्ने कुनै निर्णय गरेको छैनः मन्त्री खरेल

आफुले अहिलेसम्म चूनाव लड्ने वा नलड्ने कुनै निर्णय गरेको छैनः मन्त्री खरेल

आइतबार सिंहदरबारमा मन्त्रपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा खरेलले आजका दिनसम्म आफुले चूनाव लड्ने वा नलड्ने भन्ने कुनै निर्णय नगरेको बताएका हुन । आफुले चूनाव लड्ने वा नलड्ने भन्ने...