नेभिगेशन
समाज

गैरआवासीय नेपाली सङ्घको एकता कोशेढुङ्गा सावित हुनेछः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली सङ्घको एकता घोषणा कोशेढुङ्गा सावित हुने बताएकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गैरआवासीय नेपाली सङ्घ, अन्तरराष्ट्रिय समिति (एनआरएनए)को एकता घोषणा कार्यक्रमलाई आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीको हित र आवश्यकता बुझेर जहाँ रहे पनि नेपाली हुँ भन्ने भावना देखाएर नेपालको विकास र उन्नतिमा लाग्न आह्वान गरेकी हुन ।

Ncell
Extreme Energy

प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीले संविधान र कानुनबमोजिम पाउने हक र सुविधामा सरकारले सक्दो वातावरण मिलाउने विश्वास दिलाइन । “विदेश बसेर काम गर्न नेपालीलाई दुःख पनि छ । मेहनतपछि सफलता पाइन्छ । विदेशमा बस्ने नेपालीलाई आफ्नो मुलुक र माटोको माया हुन्छ ।

तपाईंहरुले आफ्नो माटोका लागि के–कति गर्न सक्नुहुन्छ गर्नुहोस्”, प्रधानमन्त्री कार्कीले भनिन्, “जेनजी आन्दोलनका क्रममा राष्ट्रिय सम्पदालगायत धेरै क्षति भएको छ । शान्त तलाउमा ढुङ्गा हानिए जस्तो भएको छ । यसको मूल्याङ्कन गर्नुपर्ने भएको छ । मुलुकको हित र विकासका लागि तपाईंहरूको थप सहयोग र सुझावको अपेक्षा गरेका छौँ ।”

उनले निर्वाचनमा हार्नेले जित्नेलाई काम गर्न दिनुपर्ने र हार्नेले अर्कोपटक अवसर र जिम्मेवारी पाइएला भन्ने सोचेर राम्रो काम गर्न लाग्नुपर्ने र सङ्घको एकताबाट राजनीतिक दलहरूले पनि सिक्नुपर्नेमा जोड दिइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मध्यम आय भएका परिवारका लागि सरकारले गर्‍यो ‘स्मार्ट घर’ प्रस्ताव

मध्यम आय भएका परिवारका लागि सरकारले गर्‍यो ‘स्मार्ट घर’ प्रस्ताव

सरकारले गरिब तथा विपन्न नागरिकलाई आवास निर्माणका लागि ७५ हजार रुपैयाँसम्म अनुदान दिने व्यवस्थासहित भवन ऐन, २०८३ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरेको छ।
कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपालबाट मनसुन बाहिरिन थाल्यो, सुदूरपश्चिम र कर्णालीका अधिकांश भागबाट बाहिरियो

नेपालबाट मनसुन बाहिरिन थाल्यो, सुदूरपश्चिम र कर्णालीका अधिकांश भागबाट बाहिरियो

यस वर्षको मनसुन नेपालबाट बाहिरिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू-भागका धेरै स्थान तथा गण्डकी प्रदेशको पश्चिमी...
६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

बाढीपहिरोका कारण छ दिनदेखि अवरुद्ध  बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ ।