नेभिगेशन
समाज

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एनआरएनएको एकता

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ, अन्तराष्ट्रिय समिति (एनआरएनए) बृहत् एकताको सहमति भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थीतिमा एनआरएनएभित्र एकताको सहमति भएको हो । एनआरएनएको बृहत् एकताको सहमतिपत्रमा अध्यक्षद्वय डा बद्री केसी र महेश श्रेष्ठले हस्ताक्षर गर्दै सहमतिपत्र आदानप्रदान गरेका थिए । 

Ncell
Extreme Energy

बृहत एकता समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली सङ्घको एकता घोषणा कोशेढुङ्गा सावित हुने बताइन् । उनले गैरआवासीय नेपालीको हित र आवश्यकता बुझेर जहाँ रहे पनि नेपाली हुँ भन्ने भावना देखाएर नेपालको विकास र उन्नतिमा लाग्न आह्वान समेत गर्नुभयो । प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीले संविधान र कानुनबमोजिम पाउने हक र सुविधामा सरकारले सक्दो वातावरण मिलाउने प्रतिवद्धता जनाइन् । उनले दलहरुबीच हुने विवादले मुलुकको समृद्धिमा नै असर पर्ने देखिएकाले एनआरएनएको एकताबाट दलहरुले पनि सिक्नुपर्नेमा जोड दिइन् । 

सो क्रममा एनआरएनएका अध्यक्ष डा बद्री केसीले मुलुक अप्ठेरो अवस्थामा रहेकाले एनआरएनए एकताबद्ध भएर अघि बढ्न लागेको बताए । नेपाल समृद्ध बनाउनका लागि एनआरएनएलाई दिर्घकालिन एकताबद्ध भएर देशलाई योगदान दिने उनले  बताए ।

त्यस्तै एनआरएनएका अर्का अध्यक्ष महेश श्रेष्ठले संस्थामा चार बर्षदेखि देखिएको विवाद अन्त्य भएको घोषणा गरे । समृद्ध नेपाल निर्माणका लागि सहमति, सहकार्य र एकताका साथ एनआरएनए अघि बढ्ने भन्दै उहाले राजनीतिक दलहरु पनि एकताबद्ध भएर देशको हितमा अघि बढ्नुपर्ने बताए । 

उनले गैरआवासीय नेपालीहरुले उठाएका बिभिन्न मुद्दाहरुलाई सरकारले सम्वोधन गर्ने विश्वास व्यक्त गरे । एनआरएनएको दुईपक्षबीच ६ महिनाभित्र अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने सहमति भएको छ । एनआरएनएभित्रको विवादका कारण दुवै पक्षले पछिल्लो केहिबर्षयता छुट्टाछुट्टै गतिविधि गर्दै आएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मध्यम आय भएका परिवारका लागि सरकारले गर्‍यो ‘स्मार्ट घर’ प्रस्ताव

मध्यम आय भएका परिवारका लागि सरकारले गर्‍यो ‘स्मार्ट घर’ प्रस्ताव

सरकारले गरिब तथा विपन्न नागरिकलाई आवास निर्माणका लागि ७५ हजार रुपैयाँसम्म अनुदान दिने व्यवस्थासहित भवन ऐन, २०८३ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरेको छ।
कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपालबाट मनसुन बाहिरिन थाल्यो, सुदूरपश्चिम र कर्णालीका अधिकांश भागबाट बाहिरियो

नेपालबाट मनसुन बाहिरिन थाल्यो, सुदूरपश्चिम र कर्णालीका अधिकांश भागबाट बाहिरियो

यस वर्षको मनसुन नेपालबाट बाहिरिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू-भागका धेरै स्थान तथा गण्डकी प्रदेशको पश्चिमी...
६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

बाढीपहिरोका कारण छ दिनदेखि अवरुद्ध  बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ ।