नेभिगेशन
समाज

मन्त्री घिसिङद्वारा सम्झौताअनुसार भवन निर्माण सम्पन्न गर्न निर्देशन

विराटनगर । जलस्रोत तथा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विराटनगरस्थित कोशी अस्पतालको निर्माणाधीन भवन तोकिएको समयसीमाभित्र तयार गर्न निर्देशन दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो अस्पताल निरीक्षणका क्रममा मन्त्री घिसिङले निर्माणाधीन अवस्थामा रहेका दुई वटा भवन निर्धारित समयमै तयार गरी हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन ।

Ncell
Extreme Energy

बिरामीको चापलाई दृष्टिगत गरी निर्माण प्रक्रिया सुरु भएको सो अस्पतालको नयाँ भवन बनाउने काम ढिलो भएको भन्ने प्राप्त गुनासोलाई सम्बोधन गर्नेक्रममा उनले अस्पताल प्रशासन र निर्माण व्यवसायीलाई काम छिटो सक्न निर्देशन दिए ।   

सो अस्पतालाका लागि निर्माणाधीन अवस्थामा रहेको रु दुई अर्ब ४५ करोड लागतको ११ तले भवनको ३५ प्रतिशत र रु ३८ करोड लागतको चार तले भवनको ६० प्रतिशत मात्र काम सम्पन्न भएको सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरले जनाएको छ ।  

निर्माण व्यवसायी केसी एवं रमण कन्स्ट्रक्सनले करिब चार वर्षअघि निर्माण सुरु गरेको उक्त भवन काम सम्पन्न गरी यसैवर्ष हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सो अवसरमा कोशी अस्पतालका प्रमुख डा रुणा झा र सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका डिभिजनल इञ्जिनियर सुरेन्द्र साहले मन्त्री घिसिङलाई अस्पतालको वस्तुस्थिति र भवन निर्माणसम्बन्धी जानकारी गराएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मध्यम आय भएका परिवारका लागि सरकारले गर्‍यो ‘स्मार्ट घर’ प्रस्ताव

मध्यम आय भएका परिवारका लागि सरकारले गर्‍यो ‘स्मार्ट घर’ प्रस्ताव

सरकारले गरिब तथा विपन्न नागरिकलाई आवास निर्माणका लागि ७५ हजार रुपैयाँसम्म अनुदान दिने व्यवस्थासहित भवन ऐन, २०८३ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरेको छ।
कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपालबाट मनसुन बाहिरिन थाल्यो, सुदूरपश्चिम र कर्णालीका अधिकांश भागबाट बाहिरियो

नेपालबाट मनसुन बाहिरिन थाल्यो, सुदूरपश्चिम र कर्णालीका अधिकांश भागबाट बाहिरियो

यस वर्षको मनसुन नेपालबाट बाहिरिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू-भागका धेरै स्थान तथा गण्डकी प्रदेशको पश्चिमी...
६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

बाढीपहिरोका कारण छ दिनदेखि अवरुद्ध  बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ ।