नेभिगेशन
समाज

पार्टीको आगामी महाधिवशेनमा स्वस्थ प्रतिष्पर्धा गर्न सवैलाई छुट छः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आगामी महाधिवशेनमा स्वस्थ प्रतिष्पर्धा गर्न सवैलाई छुट रहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमालेको महाधिवेशन प्रचार समितिद्वारा आइतबार पार्टी कार्यालय, च्यासलमा आयोजित महाधिवशेनको लोगो सार्वजनिक कार्यक्रममा ओलीले आगामी महाधिवेशनबाट पार्टीको नेतृत्वका साथै केन्द्रीय कमिटी चयन गर्न निर्वाचन हुने भन्दै आगामी निर्वाचनमा स्वस्थ प्रतिष्पर्धा गर्न सवैलाई छुट रहेको बताएका हुन ।

Ncell
Extreme Energy

उनले महाधिवेशनका क्रममा सर्वसम्मतिका नाममा सेन्टिमेन्टलको काम नहुने र कसैलाई रोक्ने प्रयास नहुने स्पष्ट पारे । अध्यक्षका हिसावले आफुले सर्वसम्मत रुपमा अघि बढ्न आह्वान गर्ने भन्दै उनले एमालेमा लोकतन्त्रको पूर्ण अभ्यास हुने बताएका हुन ।

अध्यक्ष ओलीले पार्टीमा नेतृत्व हस्तान्तर र पुस्तान्तरणको स्वभाविक रुपमा हुने भएकाले यसमा अनावश्यक बहस गर्न आवश्यक नरहेको जिकिर गरे । पार्टीका केन्द्रीय सदस्य सार्वभौम हुने भएकाले उनीहरुको आकांक्षालाई समेत रोक्न नसकिने उनले बताए ।

त्यस्तै अध्यक्ष ओलीले संविधान र लोकतन्त्र भएको देशमा निर्वाचित जनप्रतिनिधिले देश चलाउनुपर्नेमा बुख्याँचालाई सिंहदरबारमा लगेर राखिएको धारणा व्यक्त गरे । उनले असंवैधानिक कामलाई रोक्नका लागि संसद पुनस्र्थापना आवश्यक रहेको बताए ।

ओलीले देश अप्ठेरो अवस्थामा रहेका बेला दलहरुले राजनीतिक स्वार्थ त्यागेर एकताबद्ध भइ मुलुकलाई लोकतन्त्रमा फर्काउन आह्वान गरे । उनले बौद्धिक वर्गहरूलाई पनि सत्यको पक्षमा वकालत गर्न आग्रह समेत गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...