नेभिगेशन
मुख्य समाचार

पार्टीको आगामी महाधिवशेनमा स्वस्थ प्रतिष्पर्धा गर्न सवैलाई छुट छः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आगामी महाधिवशेनमा स्वस्थ प्रतिष्पर्धा गर्न सवैलाई छुट रहेको बताएका छन् ।

एमालेको महाधिवेशन प्रचार समितिद्वारा आइतबार पार्टी कार्यालय, च्यासलमा आयोजित महाधिवशेनको लोगो सार्वजनिक कार्यक्रममा ओलीले आगामी महाधिवेशनबाट पार्टीको नेतृत्वका साथै केन्द्रीय कमिटी चयन गर्न निर्वाचन हुने भन्दै आगामी निर्वाचनमा स्वस्थ प्रतिष्पर्धा गर्न सवैलाई छुट रहेको बताएका हुन ।

CG

उनले महाधिवेशनका क्रममा सर्वसम्मतिका नाममा सेन्टिमेन्टलको काम नहुने र कसैलाई रोक्ने प्रयास नहुने स्पष्ट पारे । अध्यक्षका हिसावले आफुले सर्वसम्मत रुपमा अघि बढ्न आह्वान गर्ने भन्दै उनले एमालेमा लोकतन्त्रको पूर्ण अभ्यास हुने बताएका हुन ।

अध्यक्ष ओलीले पार्टीमा नेतृत्व हस्तान्तर र पुस्तान्तरणको स्वभाविक रुपमा हुने भएकाले यसमा अनावश्यक बहस गर्न आवश्यक नरहेको जिकिर गरे । पार्टीका केन्द्रीय सदस्य सार्वभौम हुने भएकाले उनीहरुको आकांक्षालाई समेत रोक्न नसकिने उनले बताए ।

त्यस्तै अध्यक्ष ओलीले संविधान र लोकतन्त्र भएको देशमा निर्वाचित जनप्रतिनिधिले देश चलाउनुपर्नेमा बुख्याँचालाई सिंहदरबारमा लगेर राखिएको धारणा व्यक्त गरे । उनले असंवैधानिक कामलाई रोक्नका लागि संसद पुनस्र्थापना आवश्यक रहेको बताए ।

ओलीले देश अप्ठेरो अवस्थामा रहेका बेला दलहरुले राजनीतिक स्वार्थ त्यागेर एकताबद्ध भइ मुलुकलाई लोकतन्त्रमा फर्काउन आह्वान गरे । उनले बौद्धिक वर्गहरूलाई पनि सत्यको पक्षमा वकालत गर्न आग्रह समेत गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा

सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा

क्षेत्र नं ४ मा पूर्वमन्त्रीहरूको बाक्लो उपस्थितिले यस क्षेत्रलाई सबैको चासोको केन्द्र बनाएको छ । सिरहा निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीकातर्फबाट पूर्वसामान्य प्रशासनमन्त्री रामचन्द्र यादव...
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ । आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार मात्रै स्थापना गरेको हो...
‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

ब्यूरो प्रमुख केसीले फेक रेस्क्यूको उजुरी अझै आइरहेको बताए । “विशेषगरी उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकाबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा आएको...
राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

आइतबार सातै प्रदेशमा १८ पदका लागि भएकाको मतदानका एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारहरु बिजयी भएका हुन् । कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन । निर्वाचनपछि एमालेका सोम...

भर्खरै