नेभिगेशन
समाज

आगामी ६ महिनाभित्र एनआरएनएले आफ्नो १२औँ महाधिवेशन गर्ने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघको १२औँ महाधिवेशन ६ महिनाभित्र सम्पन्न गर्ने जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एनआरएनएको दुईपक्षबीच एकताको सहमति भएपछि आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनआरएनएले गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशन ढिलोमा सहमति भएको मितिले ६ महिनाभित्र सम्पन्न गर्ने जनाएको हो ।

Extreme Energy
Everest cinsult

उक्त मितिभित्र १२ औँ महाधिवेशन सम्पन्न गर्दा २०२५ मे ३–४ मा आयोजित एकताको महाधिवेशनबाट महेशकुमार श्रेष्ठको नेतृत्वमा बनेको समितिको कार्यकाललाई पनि मध्यनजर गर्दै, उक्त समितिको कार्यकाललाई पूर्ण कार्यकाल मानिने एनआरएनएले जनाएको छ ।

त्यस्तै १२औँ महाधिवेशन पारदर्शी एवं विश्वासयोग्य रूपमा सम्पन्न गर्नका लागि आगामी महाधिवेशनमा उमेदवार नहुने व्यक्तिहरू सम्मिलित गरी एक ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गर्ने सहमति भएको छ ।

पत्रकार सम्मेलनमा संस्थापन अध्यक्ष डा उपेन्द्र महत्तोले एनआरएनएको विवादका कारण देश बाहिर रहेका ८० लाख नेपालीलाई बन्धक बनाउन नहुने बताए । उनले दुईपक्षले गल्ती महशुस गरेर एकता गर्नु निकै सकारात्मक भएकाले एनआरएनएलाई सवैको विश्वासको संस्था बनाएर अघि बढ्न आग्रह गरे ।

त्यस्तै एनआरएनएका अध्यक्ष डा. बद्री केसीले टुक्रिएको संस्थाको नेतृत्व गर्नु र एकता भएको संस्थाको नेतृत्व गर्नु फरक कुरा भएको बताए । उनले आफु निरन्तर संस्थालाई एकताबद्ध गर्न लागेको भन्दै आगामी दिनमा संस्थालाई थप बलियो बनाउदै लैजाने बताए ।

त्यस्तै एनआरएनएका अर्का अध्यक्ष महेश श्रेष्ठले २२ बर्ष पुरानो संस्थामा विवाद भएका कारण एनआरएनएको पदाधिकारी भन्न लाज लाग्ने अवस्था अव अन्त्य भएको धारणा राखेका थिए । उनले सवै पदाधिकारीहरुको निरन्तरको प्रयासका कारण एकताबद्ध हुन सफल भएको उल्लेख गरेका थिए ।

एनआरएनएले असन्तुष्टि, मतभेद र मतभिन्नताहरू हरेक संस्थाको स्वाभाविक प्रक्रिया भएको र सबैलाई सहमति र संवादको माध्यमबाट समाधान गर्दै एकताको ऐतिहासिक अध्याय लेख्न सफल भएको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार हुन सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्री शाहको आग्रह

कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार हुन सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्री शाहको आग्रह

भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै उनले करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद...
संसद् अधिवेशन भोलिदेखि अन्त्य हुने

संसद् अधिवेशन भोलिदेखि अन्त्य हुने

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि शुक्रबार राति १२ गतेदेखि लागु हुने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिवेशन अन्त्य गरेका हुन् ।
सभामुख अर्यालसँग स्विस राजदूत डानियलको शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग स्विस राजदूत डानियलको शिष्टाचार भेटवार्ता

सभामुख अर्यालले स्विट्जरल्याण्ड सहभागितामूलक लोकतन्त्रको सफल अभ्यासका लागि विश्वमै उदाहरण रहेको चर्चा गर्दै नेपालले पनि स्थानीय तहसम्म लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ बनाउन निरन्तर प्रयत्न गरिरहेको जानकारी गराए ।
श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीमा

श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीमा

अब प्रधानमन्त्री शाहले रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्ने छन् ।

भर्खरै