नेभिगेशन
मुख्य समाचार

भदौ २३ नरसंहारका जिम्मेवार काङ्ग्रेस एमाले बर्चस्वको संसद पुनर्स्थापना हुँदैनः उपसभापति स्वर्णिम वाग्ले


राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उपसभापति डा। स्वर्णिम वाग्लेले विघटित प्रतिनिधिसभा पुर्नस्थापनाको हुन नहुने बताएका छन् । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालत पुगेका काङ्ग्रेस र एमाले आफ्ना सांसदहरूको बहुमत हस्ताक्षर सङ्कलनमा लागिरहेको बेला उपसभापति वाग्लेले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहको भेटको फोटो सेयर गर्दै वाग्लेले अब अगाडिको बाटो उज्यालो रहेको पनि बताएका छन् ।

CG

उनले भदौ २३ को नरसंहारका लागि जिम्मेवार एमाले काङ्ग्रेस सरकार र तिनै दुई दलको वर्चस्व रहेको पछिल्लो संसदको वैधता पूर्णत सकिएकाले पुनर्स्थापना हुँदैन समेत भनेका छन् । 

अब फागुन २१ को आम निर्वाचनबाट चुनिने ताजा जनादेश प्राप्त संसदले अर्को पाँच वर्षका लागि स्थिर सङ्घीय सरकार बनाउने पनि उनले बताए । त्यसको नेतृत्व रास्वपाले गर्ने पर्ने उपसभापति वाग्लेको भनाई छ।

‘भदौ २३ गतेको नरसंहारका लागि जिम्मेवार एमाले काङ्ग्रेस सरकार र तिनै दुई दलको वर्चस्व रहेको पछिल्लो संसदको वैधता पूर्णत सकिएकाले त्यसको पुनर्स्थापना हुँदैन,’ वाग्लेले भनेका छन्, ‘फागुन २१ को आम निर्वाचनबाट चुनिने ताजा जनादेश प्राप्त संसद्ले अर्को पाँच वर्षका लागि स्थिर सङ्घीय सरकार बनाउनेछ । त्यसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नेछ ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र  सिडियो रिजालको स्थानहद फुकुवा

पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र सिडियो रिजालको स्थानहद फुकुवा

आयोगले एक विज्ञप्ति जारी गर्दै पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल र पूर्व प्रहरी प्रमुख चन्द्रकुवेर खापुङको स्थानहद फुकुवा गरिएको आयोगले जनाएको छ।
राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

जसमा पहिलो पटक प्रधानमन्त्री कार्की पनि सहभागी भएकी छिन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन्। यस...
पार्टी अध्यक्षलाई स्थानहद तोकिएको अवस्थामा निर्वाचनमा जान सकिदैनः एमाले

पार्टी अध्यक्षलाई स्थानहद तोकिएको अवस्थामा निर्वाचनमा जान सकिदैनः एमाले

मंगलबार पार्टी कार्यालय च्यासलमा सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिसंगको छलफलका क्रममा एमालेले नेताहरुलाई स्थानहद तोक्ने र राजनीतिक गतिविधिमा अवरोध गर्ने कार्यले निर्वाचनको वातावरण बन्न नसक्ने स्पष्ट पारेको...
पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा मृतकको सासु र नन्द पक्राउ

पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा मृतकको सासु र नन्द पक्राउ

घटनास्थलबाट जलेको शव प्रहरीले बरामद गरेको छ भने मृतकका ससुरा दुर्गामान घाइते भएका छन्। उनलाई उपचारार्थ काठमाडौँ पठाइएको छ । अभियुक्तलाई जिल्ला अदालतबाट म्याद लिएर थुनामा राखिएको छ...

भर्खरै