नेभिगेशन
समाज

भदौ २३ नरसंहारका जिम्मेवार काङ्ग्रेस एमाले बर्चस्वको संसद पुनर्स्थापना हुँदैनः उपसभापति स्वर्णिम वाग्ले


राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उपसभापति डा। स्वर्णिम वाग्लेले विघटित प्रतिनिधिसभा पुर्नस्थापनाको हुन नहुने बताएका छन् । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालत पुगेका काङ्ग्रेस र एमाले आफ्ना सांसदहरूको बहुमत हस्ताक्षर सङ्कलनमा लागिरहेको बेला उपसभापति वाग्लेले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहको भेटको फोटो सेयर गर्दै वाग्लेले अब अगाडिको बाटो उज्यालो रहेको पनि बताएका छन् ।

Ncell
Extreme Energy

उनले भदौ २३ को नरसंहारका लागि जिम्मेवार एमाले काङ्ग्रेस सरकार र तिनै दुई दलको वर्चस्व रहेको पछिल्लो संसदको वैधता पूर्णत सकिएकाले पुनर्स्थापना हुँदैन समेत भनेका छन् । 

अब फागुन २१ को आम निर्वाचनबाट चुनिने ताजा जनादेश प्राप्त संसदले अर्को पाँच वर्षका लागि स्थिर सङ्घीय सरकार बनाउने पनि उनले बताए । त्यसको नेतृत्व रास्वपाले गर्ने पर्ने उपसभापति वाग्लेको भनाई छ।

‘भदौ २३ गतेको नरसंहारका लागि जिम्मेवार एमाले काङ्ग्रेस सरकार र तिनै दुई दलको वर्चस्व रहेको पछिल्लो संसदको वैधता पूर्णत सकिएकाले त्यसको पुनर्स्थापना हुँदैन,’ वाग्लेले भनेका छन्, ‘फागुन २१ को आम निर्वाचनबाट चुनिने ताजा जनादेश प्राप्त संसद्ले अर्को पाँच वर्षका लागि स्थिर सङ्घीय सरकार बनाउनेछ । त्यसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नेछ ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षाका कारण कांग्रेस अधिवेशनका निर्वाचन कार्यक्रमको मिति सार्न थापाको आग्रह

वर्षाका कारण कांग्रेस अधिवेशनका निर्वाचन कार्यक्रमको मिति सार्न थापाको आग्रह

नेपाली कांग्रेसका सभापति गगन थापाले लगातारको वर्षाका कारण प्रभावित जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न आग्रह गरेका छन्।
नाम्सी खोलाको पहिरो हटाइयो, पोखरातर्फको यातायात खुला

नाम्सी खोलाको पहिरो हटाइयो, पोखरातर्फको यातायात खुला

अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी खोला पुलमाथि खसेको लेदोसहितको पहिरो हटाइएको छ।
पृथ्वी राजमार्गको १० ठाउँमा पहिरो, यातायात पूर्ण अवरुद्ध

पृथ्वी राजमार्गको १० ठाउँमा पहिरो, यातायात पूर्ण अवरुद्ध

असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड विभिन्न स्थानमा पहिरो र सडक भासिएपछि आज पनि पूर्ण रूपमा अवरुद्ध रहने भएको छ।
बाढीले राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइनको टावर बगायो

बाढीले राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइनको टावर बगायो

म्याग्दीको रघुगंगा गाउँपालिकामा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइनको टावर कालीगण्डकी नदीमा बाढीले बगाएर क्षति पुगेको छ।