नेभिगेशन
समाज

राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की ३ ठूला दलका शीर्ष नेतासँग राष्ट्रपति निवासमा छलफल सुरु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् ।

Ncell
Extreme Energy

जसमा पहिलो पटक प्रधानमन्त्री कार्की पनि सहभागी भएकी छिन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन्। यस अघि प्रधानमन्त्रीसँगको छलफलमा तीन ठूला दलका दोस्रो र तेस्रो तहका नेताहरु सहभागी हुँदै आएका थिए । 

छलफलको एजेण्डा भने खुलीसकेको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।